मानिसलाई यसकारण दुख्छ कम्मर

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन २०, २०७४
|
|
६१ पटक हेरिएको
Shares
मानिसलाई यसकारण दुख्छ कम्मर

सारांश

  • धेरै मानिसमा ढाड दुख्ने समस्या दीर्घ रोग जस्तै बनिरहेको छ ।
  • के कारणले दुखेको हो भन्ने थाहै नपाइ उनीहरू पीडा सहिरहेका हुन्छन् ।
  • विशेषगरी असामान्य अवस्थामा, चोटपटक लागेको अवस्थामा, कम्मरमा विभिन्न रोग र कम्मर बाहिरका अन्य रोगले गर्दा कम्मरको दुखाइ हुन्छ ।

धेरै मानिसमा ढाड दुख्ने समस्या दीर्घ रोग जस्तै बनिरहेको छ ।

के कारणले दुखेको हो भन्ने थाहै नपाइ उनीहरू पीडा सहिरहेका हुन्छन् । विशेषगरी असामान्य अवस्थामा, चोटपटक लागेको अवस्थामा, कम्मरमा विभिन्न रोग र कम्मर बाहिरका अन्य रोगले गर्दा कम्मरको दुखाइ हुन्छ ।

असामान्य अवस्था

असामान्य अवस्था भन्नाले कहिलेकाहीँ हाम्रो पेट बढेमा कम्मर अगाडि लच्कन्छ । यो लच्काइले कम्मर क्षमताभन्दा बढी तन्कन जान्छ र दुख्न थाल्छ । भुँडी बढ्नुका कारण मोटाएर, बोसो जमेर वा गर्भास्थामा, भुँडीमा पानी जमेर वा ट्युमर पलाएर पनि हुन सक्छ । यसको कारण पत्तालगाएर उपचार गर्नु राम्रो हुन्छ

कम्मरको चोटपटक

कम्मरमा चोटपटक लाग्दा सामान्य रेसा तन्केको वा मासु फाटेको दुवै हुन सक्छ । यी दुवै अवस्थालाई कम्मर मर्केको भनिन्छ । तर, चोट धेरै लागेको छ भने हाड भाँचिएको पनि हुन सक्छ । या थिचिने वा खुस्कने समेत हुन्छ । यी सबै कारणले सामान्यदेखि धेरै दुखाइ हुन सक्छ । त्यस्तैं, कम्मरको हाड भाँचिएको कारणले पनि कम्मर दुख्छ । यदि यसको कारण चोट नै हो भने चिकित्सकस“ग सल्लाह लिई आराम गर्ने, औषधि खाने, पेटीको प्रयोग गर्ने वा शल्यक्रियासमेत गर्नुपर्ने हुन सक्छ ।

कम्मर सम्बन्धी रोग

– ढाडको हड्डीमा कुनै संक्रमण भएमा पनि कम्मर दुख्छ । त्यस्तो अवस्थामा ज्वरो आउने, जिउ सिथिल हुने हुन्छ । विशेषगरी हड्डीमा क्षयरोगका किटाणुले संक्रमण गरे यस्तो समस्या देखिने गरेको छ ।

– यसैगरी रजस्वला बन्द भएपछि अधबैँसे महिलामा पनि ढाड दुख्ने समस्या देखिन्छ । त्यस्तै, ढल्कदो उमेरमा शरीरभित्र हुने हर्मोनको परिवर्तन, पोषणमा कमी र शारीरिक गतीविधिले पनि ढाडको समस्या हुन्छ । यी कुराले हाडको क्याल्सियम र कडापना दिने पदार्थ गुम्न गई दुखाइ बढ्छ ।

– ढाडको हाड दायाँ या बायाँ बांगो भयो भने पनि कसैकसैलाई कम्मर दुख्ने गर्छ । विशेष गरी किशोर अवस्थामा केटीमा यो समस्या देखिने गरेको छ ।

– कम्मरको हाडको पछाडिको भाग छुट्टिएको अवस्थामा पनि ढाडको दुखाइ हुन सक्छ । प्रायःगरी खेलाडी, गह्रो भारी उठाउनेमा यो समस्या बढी हुन्छ । यो कारणले ढाडमा मात्र नभएर खुट्टासम्म दुखाइ हुन सक्छ ।

– हाडभित्रको ढुंग्रो साँघुरियो भने त्यहाँ रहने नसालाई ठाउँ सानो हुन्छ, त्यस अवस्थामा कम्मर दुख्ने, साथै खुट्टा पनि दुख्छ । ५० वर्ष नाघेका मानिसमा यस्तो समस्या देखिन सक्छ । समतल ठाउँमा हिँड्दा दुख्ने, खुट्टा झमझमाउने गर्छ भने आराम गर्दा केहीछिनमा आफैँ ठीक हुन्छ र पुनः हिँड्दा दुख्न थाल्छ ।

– ट्युमर भएको अवस्थामा पनि कम्मरको दुखाइ हुन्छ । यस्तो समस्या १० हजारमा १ जनालाई हुन्छ भनिन्छ । ट्युमर दुई किसिमका हुन्छन्, हानि गर्ने र नगर्ने । हानि गर्ने चाँडो बढ्छ र दुखाउँछ, यसबाट उत्पन्न हुने कम्मरको दुखाइ लगातार भइरहन्छ । यसको उपचार शल्यक्रिया मात्र हो ।

– उमेर ढल्कँदै जाँदा कम्मरको हाडको जोर्नी र डिक्स बीचको प्रयोगले बाथका रूपमा देखिन्छ र दुखाउन थाल्छ । तर, यस्तो दुखाइ सबैलाई नहुन पनि सक्छ । विशेष गरी बिहान उठ्नसाथ र पछि बिस्तारै चाल बढ्दै जाँदा आफैँ ठीक हुन्छ ।

– ढाडको प्रज्वलन भएर बिस्तारै ढाड नै एकढिक्का भएर कुप्रो पर्न जाने हुन्छ । विशेष गरी २० देखि ३० वर्षका युवामा यसको समस्या हुन सक्छ । यसको दुखाइ कम्मरको तल्लो भाग, नितम्ब र तिघ्राको पछाडिसम्म पनि फैलिने हुन्छ । विशेषगरी बिहानीपख बढी दुख्छ ।

– बाथका कारणले पनि ढाड दुखाइ हुन्छ । शरीरको आन्तरिक गडबडीले यसलाई प्रभाव पार्छ ।

– कसैकसैलाई ३० वर्षको उमेरपछि डिक्समा पानीको भाग घट्छ र लचिलो हुन्छ । ४० वर्षपछि क्याल्सीयम पनि थपिन जान्छ र डिक्स नै हाड बन्न सक्छ । यस्तो हुँदा कसैलाई दुख्छ भने कसैलाई केही पनि हुँदैन ।

– कहिलेकाही अगाडी निहुरीएको अवस्थामा एकापटी बढी निहुँरीदा अकस्मात झड्का पर्यो वा धेरै वजन उठायो भने डिक्स कुचिन गई उछिटिन्छ र दुख्छ । तर, कसैकसैलाई विस्तारै अलिअलि गर्दै डिक्स उछिटिन्छ । यस्तो चाही प्रायः हुने धपेडी, भारी उचाल्दा, स–साना चोट थुप्रिएर हुन सक्छ । यस्तो हँुदा सुरुमा कम्मर ज्यादै दुख्छ पछि खोक्दा, हाच्छ्यु गर्दा वा दिसामा कन्दा दुखाइ खुट्टा सम्मै सर्छ ।

कम्मरको बाहिरको

रोग ठूलो आन्द्रा, प्यांक्रियाज तथा अन्य ग्रन्थीमा हुने रोग, मिर्गाैला मुत्रथैलीका रोगले पनि कम्मर दुखाउँछ । तर, यस्तो हुँदा ढाड दुख्नुको साथै संक्रमित अंग पनि दुख्छ त्यसका साथै पिसाब पोल्ने दुख्ने, रङ्ग गाढा हुने, गन्हाउने आदी पनि हुन्छ । पुरुष मुत्रग्रन्थीका रोग र महिलामा महिनावारीमा पनि कम्मर दुखाइ हुन्छ । डिम्ब नली, पाठेघर आदी महिला रोगका कारण पनि दुखाइ हुन्छ । यसैगरी जाँघका रोगहरू, रक्तनलीमा रगत प्रभावहमा हुने अवरोध र खुट्टाको लामोछोटोपनाले पनि कम्मरमा दुखाइ हुन्छ । हाम्रोडाक्टर बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 202 大田区蒲田 牧田総合病院 社会医療法人財団 仁医
आदिवासी/जनजाति पत्रकार महासंघको छैठौं महाधिवेशन चैतमा
आदिवासी/जनजाति पत्रकार महासंघको छैठौं महाधिवेशन चैतमा
प्रचण्डकाे पहलमा मुसहर बालबालिकाकाे लागि रकम निकासा
प्रचण्डकाे पहलमा मुसहर बालबालिकाकाे लागि रकम निकासा
कम्युनिष्टहरुले मुलुकलाई आर्थिक विकासतिर जान दिँदैनन्ः विश्वप्रकाश
कम्युनिष्टहरुले मुलुकलाई आर्थिक विकासतिर जान दिँदैनन्ः विश्वप्रकाश
तपाईको आज :कात्तिक १५ गतेको राशिफल यस्तो छ
तपाईको आज :कात्तिक १५ गतेको राशिफल यस्तो छ
कांग्रेस र फोरम लोकतान्त्रिकबीच एकीकरण !
कांग्रेस र फोरम लोकतान्त्रिकबीच एकीकरण !
मतदाताले ध्यान दिनुपर्ने कुरा के के हुन् ?
मतदाताले ध्यान दिनुपर्ने कुरा के के हुन् ?
कुचो लिएर राजनीति कुचिकार बनेर राष्ट्रिय राजनीतिलाई नै सफा पार्नेछु ।’ -ढुंगाना ।
कुचो लिएर राजनीति कुचिकार बनेर राष्ट्रिय राजनीतिलाई नै सफा पार्नेछु ।’ -ढुंगाना ।
पोप फ्रान्सिसद्वारा क्रिस्मस समारोह शुरू
पोप फ्रान्सिसद्वारा क्रिस्मस समारोह शुरू
जीवाश्म इन्धनलाई कम वा अन्त्य गर्न कोप२८ मस्यौदाको आह्वान
जीवाश्म इन्धनलाई कम वा अन्त्य गर्न कोप२८ मस्यौदाको आह्वान

तपाईंले छुटाउनुभयो कि?