साफ यू-१७: श्रीलंकामाथि नेपालको फराकिलो जित

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन ७, २०८१
|
|
५२ पटक हेरिएको
Shares
साफ यू-१७: श्रीलंकामाथि नेपालको फराकिलो जित

सारांश

  • काठमाडौं।
  • साफ यू-१७ च्याम्पियनसिप अन्तर्गत नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित हासिल गर्न सफल भएको छ।
  • भुटानको चाङ्लिमिथाङ रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ४-० गोल अन्तरले पराजित गरेको हो।

काठमाडौं। साफ यू-१७ च्याम्पियनसिप अन्तर्गत नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित हासिल गर्न सफल भएको छ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ४-० गोल अन्तरले पराजित गरेको हो।

नेपालको जितमा सुजन डंगोलले ह्याट्रिक गरेका थिए भने विज्ञान खड्काले एक गोल गरेका थिए।

प्रतियोगितामा नेपालले यसअघि शनिबार सम्पन्न खेलमा पाकिस्तानसँग १-० गोलको हार बेहोरेको थियो। अब नेपालले अर्को खेल भुटानसँग बुधबार खेल्ने तालिका रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?