पोप फ्रान्सिसद्वारा क्रिस्मस समारोह शुरू

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष ९, २०७६
|
|
४६ पटक हेरिएको
Shares
पोप फ्रान्सिसद्वारा क्रिस्मस समारोह शुरू

सारांश

  • बीबीसी।
  • “ईश्वरले हामीमध्येका नराम्रासहित“ सबैलाई माया गर्ने भन्दै क्याथोलिक इसाईहरूका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसले क्रिस्मस पर्वको समारोह शुरू गरेका छन्।
  • भ्याटिकन सिटीस्थित सेन्ट पिटर्स बासिलिकामा क्रिस्मसको पूर्वसन्ध्यामा आयोजित समारोहमा भेला भएका मानिसहरूलाई उनले सम्बोधन गरेका थिए।

बीबीसी। “ईश्वरले हामीमध्येका नराम्रासहित“ सबैलाई माया गर्ने भन्दै क्याथोलिक इसाईहरूका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसले क्रिस्मस पर्वको समारोह शुरू गरेका छन्।

भ्याटिकन सिटीस्थित सेन्ट पिटर्स बासिलिकामा क्रिस्मसको पूर्वसन्ध्यामा आयोजित समारोहमा भेला भएका मानिसहरूलाई उनले सम्बोधन गरेका थिए।

“तपाईँहरूले गलत विचार गरेको हुन सक्छ, तपाईँहरूले पूरै अस्तव्यस्तता निम्त्याएको हुन सक्छ, तथापि ईश्वरले माया जारी राख्नुहुन्छ,“ आर्जे्न्टिनी पोपले भने।

यसलाई धेरैले गिर्जाघरमा हुने गरेका यौन दुराचारसहितका काण्डसँग जोडेर हेर्न सक्ने बीबीसी संवाददाताहरू बताउँछन्।

सन्देश
क्रिस्मसको दिन पोप फ्रान्सिस सेन्ट पिटर्स बासिलिका फर्कने छन् जहाँबाट उनले विश्वलाई पोपबाट दिइने परम्परागत सन्देश दिने छन्।

गत हप्ता पोपले पादरीहरूको गोपनीयतासम्बन्धी एउटा नियममा महत्त्वपूर्ण परिवर्तन ल्याएका थिए।

पादरीहरूबाट हुने बाल यौन दुराचारका घटनालाई बाहिर आउनबाट रोक्ने नियम उनले हटाइदिएका थिए।

पीडितको गोपनीयता र आरोपितको प्रतिष्ठाको विषय अघि सार्दै त्यस्ता घटनाहरूलाई गिर्जाघरले विगतमा ढाकछोप गर्थ्यो।

तर पोपका नयाँ दस्तावेजहरूले यौन दुर्व्यवहारका घटना बाहिर ल्याउने अथवा पीडित व्यक्तिलाई त्यस्ता कुरा बताउनमा लगाइएका प्रतिबन्ध फुकुवा गरिदियो।

पादरीहरूबाट भएका हजारौँ यौन दुराचारका घटना र त्यसलाई ढाकछोप गर्ने वरिष्ठ धर्मगुरुहरूको प्रयासका कारण विश्वभरि गिर्जाघर विवादमा पर्दै आएका छन्।

नेतृत्व प्रदान गर्न तथा यो सङ्कटसँग जुझ्ने प्रभावकारी समाधान दिन भन्दै पोप फ्रान्सिसले गम्भीर दबावको सामना गरेका छन्।

भ्याटिकन सिटीमा आयोजित समारोहमा भेनेजुएला, इराक र युगाण्डासहितका बालबालिका पनि सहभागी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?