काठमाडौँको सनसिटी अपार्टमेन्टमा बस्ने ३ जनामा कोरोनाको आशंका
सारांश
- काठमाडौँ( काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा एकै परिवारका तीनजनालाई कोरोना भाइरस संक्रमणको आशंकामा पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ।
- पाटन अस्पतालका निर्देशक बिष्णुप्रसाद शर्माले एकै परिवारका बुबा, आमा र छोरालाई र्यापिड टेस्ट किटबाट परीक्षण गर्दा कोरोना भाइरस संक्रमणको आशंका गरिएपछि थप पुष्ट्याइँका लागि पीसीआर विधिबाट परीक्षण गर्न टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ।
- शर्माले देशसञ्चारसँग भने, ‘पीसीआर विधिबाट अन्तिम निर्क्यौल नआउँदासम्म पोजेटिभ भन्न मिल्दैन।
काठमाडौँ( काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा एकै परिवारका तीनजनालाई कोरोना भाइरस संक्रमणको आशंकामा पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ।
पाटन अस्पतालका निर्देशक बिष्णुप्रसाद शर्माले एकै परिवारका बुबा, आमा र छोरालाई र्यापिड टेस्ट किटबाट परीक्षण गर्दा कोरोना भाइरस संक्रमणको आशंका गरिएपछि थप पुष्ट्याइँका लागि पीसीआर विधिबाट परीक्षण गर्न टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ।
शर्माले देशसञ्चारसँग भने, ‘पीसीआर विधिबाट अन्तिम निर्क्यौल नआउँदासम्म पोजेटिभ भन्न मिल्दैन।’ पाटन अस्पतालबाट ती तीनैजनाको स्वाब परीक्षणका लागि आइतबार अपराह्न टेकु पठाइएको छ। उक्त परिवार चैत ५ गते लण्डनबाट फर्केको थियो।
प्रतिक्रिया