केन्याविरुद्धको टी–२० सिरिजमा नेपालको शान्दार जीत ।

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र १४, २०७९
|
|
५६ पटक हेरिएको
Shares
केन्याविरुद्धको टी–२० सिरिजमा नेपालको शान्दार जीत ।

सारांश

  • काठमाडौ ।
  • केन्याविरुद्धको टी–२० सिरिजमा नेपालले जीत हात पारेको छ ।
  • आज भएको अन्तिम खेलमा केन्यालाई ३१ रनले पराजित गर्दै नेपालले ३(२ ले सिरिज कब्जा गरेको हो।

काठमाडौ । केन्याविरुद्धको टी–२० सिरिजमा नेपालले जीत हात पारेको छ । आज भएको अन्तिम खेलमा केन्यालाई ३१ रनले पराजित गर्दै नेपालले ३(२ ले सिरिज कब्जा गरेको हो।

जितका लागि नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको घरेलु टोली केन्या निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १४४ रनमा समेटियो। केन्याका नेहेम्याह ओधियाम्बोले सर्वाधिक ३७ तथा शेम नेगोचेले अविजित ३३ रनको योगदान गरे। इर्फान करिमले २८ रन जोडे।

बलिङतर्फ सन्दीप लामिछाने र बासिर अहमदले २र२ विकेट लिए। करण केसी, दिपेन्द्र सिंह ऐरी र मोहम्मद अदिल आलमले १र१ विकेट हात पारे। यसअघि नैरोबीस्थित जिमखाना मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो।

ओपनर ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५९ रन जोडे। ४४ बलको सामना गरेका उनले ५ चौका र २ छक्का प्रहार गरे। टी–२० अन्तरराष्ट्रियमा ज्ञानेन्द्रले प्रहार गरेको यो दोस्रो अर्धशतक हो।

रोहित पौडेलले ४७ रनको योगदान गरे। २५ बलको सामना गरेका उनले ७ चौका प्रहार गरे। अर्जुन साउदले २९ तथा दिपेन्द्र सिंह ऐरीले २२ रनको योगदान गरे। बलिङतर्फ केन्याका बार्च पटेल, शेम नेगोच र नेहेम्याह ओधियाम्बोले २र२ तथा लुकास ओलुओचले १ विकेट हात पारे।

यो शृंखलापछि नेपालले केन्यासँग त्यहीँ ३ खेलको एकदिवसीय शृंखला खेल्नेछ। पहिलो खेल आगामी शुक्रबार, दोस्रो खेल आगामी शनिबार र अन्तिम खेल आगामी सोमबार हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चट्याङ लागेर एकै घरका तीन जना घाइते
चट्याङ लागेर एकै घरका तीन जना घाइते
चिनियाँ राष्ट्रपतिलाई यसरी सम्मान गरियो विमानस्थलमा
चिनियाँ राष्ट्रपतिलाई यसरी सम्मान गरियो विमानस्थलमा
सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री दाहाल
सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री दाहाल
भारतीय पर्यटकको भीरबाट लडेर निधन
भारतीय पर्यटकको भीरबाट लडेर निधन
फरार पूर्वसभासद् कार्की जेल चलान
फरार पूर्वसभासद् कार्की जेल चलान
प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद बैठक निष्कर्षविहीन
प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद बैठक निष्कर्षविहीन
नाबालिकासँगको सम्बन्ध बाहिरिएपछि पल शाहले मेरो तलब ५० हजार पु¥याए : जोशी
नाबालिकासँगको सम्बन्ध बाहिरिएपछि पल शाहले मेरो तलब ५० हजार पु¥याए : जोशी
डोजरले पल्टाएको ढुंगाले लागेर गुल्मीमा एक व्यक्तिको ज्यान गयो
डोजरले पल्टाएको ढुंगाले लागेर गुल्मीमा एक व्यक्तिको ज्यान गयो
मलेसियामा दिलबहादुर बचाउ आर्थिक संकलन अभियानको समापन, जम्मा साढे ६ लाख सहयोग
मलेसियामा दिलबहादुर बचाउ आर्थिक संकलन अभियानको समापन, जम्मा साढे ६ लाख सहयोग
बालेनको टिप्पणी- देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्
बालेनको टिप्पणी- देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्

तपाईंले छुटाउनुभयो कि?