कैलाली कञ्चनपुर रेबिजको जोखिममा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ ५, २०८०
|
|
३८ पटक हेरिएको
Shares
कैलाली कञ्चनपुर रेबिजको जोखिममा

सारांश

  • सुदूरपश्चिम ।
  • सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा रेबिज रोगको जोखिम बढेपछि रोकथामका लागि रेबिजविरुद्धको खोप अभियान थालिएको छ ।
  • रेबिज रोकथामका लागि पछिल्ला समय कैलालीमा मात्रै तीन हजारभन्दा बढी कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ ।

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा रेबिज रोगको जोखिम बढेपछि रोकथामका लागि रेबिजविरुद्धको खोप अभियान थालिएको छ ।

रेबिज रोकथामका लागि पछिल्ला समय कैलालीमा मात्रै तीन हजारभन्दा बढी कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ । ‘रोगको रोकथामका लागि सचेतना कार्यक्रमसँगसँगै खोप अभियान थालिएको छ’, भेटेरेनरी अस्पताल तथा पशुसेवा केन्द्र कैलालीका प्रमुख डा. हेमराज अवस्थीले धनगढीमा आज भएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै भने, ‘सङ्घीय सरकारले सुदूरपश्चिम प्रदेशको कैलालीसहितका जिल्लाका लागि रेबिजविरुद्धको खोप अभियान चलाउन छ हजार मात्रा खोप पठाएको छ ।’

रोग अन्वेषण प्रयोगशाला धनगढीमा गएको तीन महिनामा रेबिजको शङ्का लागेका २८ पशुचौपायाको नमूना परीक्षण गर्दा २७ को नतिजा पोजेटिभ देखिएको जनाएको छ । पछिल्लो समयमा धनगढीसहितका क्षेत्रमा कुकुरको बन्ध्याकरण गर्ने काम पनि भइरहेको छ ।

यो अवधिमा रेविज सङ्क्रमित कुकुरले झण्डै एक हजार पाँच सय चौपायालाई टोकेको बताइएको छ । रेबिज रोगका कारण गएको माघ महिनामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ का युवक ललित विष्टको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी सहर लस भेगसमा मारिने ५९ पुगे, ५२७ घाइते, इस्लामिक स्टेटले जिम्मेवारी लियो !
अमेरिकी सहर लस भेगसमा मारिने ५९ पुगे, ५२७ घाइते, इस्लामिक स्टेटले जिम्मेवारी लियो !
जापानले उत्तर कोरियामाथि थप प्रतिबन्ध गरे
जापानले उत्तर कोरियामाथि थप प्रतिबन्ध गरे
ललिता निवास प्रकरण: थप तीनजना पक्राउ
ललिता निवास प्रकरण: थप तीनजना पक्राउ
देशलाइ अन्धकारमुक्त पार्ने कुलमानलाई कार्यालय छिर्न नदिने चेतावनी (बिज्ञप्तिसहित)
देशलाइ अन्धकारमुक्त पार्ने कुलमानलाई कार्यालय छिर्न नदिने चेतावनी (बिज्ञप्तिसहित)
बिमस्टेक बैठक सम्पन्न, अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण
बिमस्टेक बैठक सम्पन्न, अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण
पुरन्धारा झरनाको विकासका लागि काम गछौँ : मुख्यमन्त्री पोखरेल
पुरन्धारा झरनाको विकासका लागि काम गछौँ : मुख्यमन्त्री पोखरेल
भारतमा पहिरोमा परी तीन नेपालीको मृत्यु
भारतमा पहिरोमा परी तीन नेपालीको मृत्यु
म्याग्दीमा पर्यटकको चहलपहल बढ्दै
म्याग्दीमा पर्यटकको चहलपहल बढ्दै
करेन्ट लागेर ट्रिफर चालक र सह-चालकको मृत्यु
करेन्ट लागेर ट्रिफर चालक र सह-चालकको मृत्यु
नेपालगन्ज डुवानमा, स्थानीय भन्छन ‘मेयर, उपमेयर साब डुङ्गा चढेर अनुगमनमा  अाउनुहाेस’
नेपालगन्ज डुवानमा, स्थानीय भन्छन ‘मेयर, उपमेयर साब डुङ्गा चढेर अनुगमनमा अाउनुहाेस’