कोरोनाबाट आज थप १५ जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक २७, २०७७
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २७ कात्तिक ।
  • कोरोना संक्रमणबाट आज थप १५ जनाको मृत्यु भएको छ ।
  • योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ११८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं, २७ कात्तिक । कोरोना संक्रमणबाट आज थप १५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ११८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा नयाँ संक्रमित १९ सय १३ थपिएका छन् ।

आज २३ सय ४९ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ४ हजार ४ सय ४२ संक्रमित भएपनि १ लाख ६४ हजार ५ सय ९२ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ३८ हजार ४ सय ६१ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १५ लाख ८४ हजार ३ सय १७ जनाको पिसीआर परिक्षण भएको छ भने ३८ हजार ४ सय ६१ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ९ सय ७४ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?