क्यान्सरसँग जुधेका संजयलाई एकपछि अर्को सफलता

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष २७, २०८०
|
|
३८ पटक हेरिएको
Shares
क्यान्सरसँग जुधेका संजयलाई एकपछि अर्को सफलता

सारांश

  • मुम्बई ।
  • कोरोना अघि अभिनेता सँजय दत्त क्यान्सरबाट निकै ग्रस्त थिए ।
  • जब उनलाई क्यान्सर भएको थियो ।

मुम्बई । कोरोना अघि अभिनेता सँजय दत्त क्यान्सरबाट निकै ग्रस्त थिए । जब उनलाई क्यान्सर भएको थियो । त्यतिबेला अब आफु सिनेमामा फर्कन सक्ने अबस्था नआउला जस्तो लागेको थियो । तर उनको क्यान्सरमा सुधार हुँदै गएपछि आफ्नो मानसिकता भएको पनि यी अभिनेताले बताएका छन् ।

क्यान्सरपछि आफुले झन उत्कृष्ट फिल्म दिन सकेको यी अभिनेताको कथन रहेको छ । सन् २०२२ मा रिलिज भएको ‘केजीएफ च्याप्टर २’ मा संजय दत्तले खलनायक अधिराको भूमिका निर्वाह गरेका थिए । यो फिल्म बक्स अफिसमा सर्वाधिक सफल भएको थियो । सुपरस्टार यशको यो फिल्मले विश्वभर १२ सय करोडको व्यापार गरेको थियो । सो फिल्मको सफलताले आफुलाई अझ धेरै उर्जात थपेको यी कलाकारले बताए ।

केजीएफ च्याप्टर २ पछि सञ्जय दत्तको ‘सम्राट पृथ्वीराज’ र ‘शमशेरा’ थिएटरमा आए । यी दुवै फिल्मको व्यापार बक्स अफिसमा मध्यम रह्यो । यी फिल्मले बक्स अफिसमा १५४ करोड कमाए ।

तर आफुलाई सन २०२३ राम्रो बर्ष सावित भएको उनले बताएका छन् । सन् २०२३ मा सञ्जय दत्तले सुपरस्टार थालापथी विजयको फिल्म ‘लियो’ मा काम गरे । पछिल्लो समय खलनायकको रुपमा प्रस्तत हुँदै आएका उनले यो फिल्ममा पनि खलनायकको भूमिका निर्वाह गरे । यो फिल्मले विश्वभर ६०७ करोडको व्यापार गरेको छ ।

यसपछि सन् २०२३ मा रिलिज भएको शाहरुख खानको फिल्म ‘जवान’ मा पनि सञ्जय दत्तले काम गरे । यो फिल्ममा उनको केमियो मात्रै थियो । रिलिजपछि यो फिल्मले विश्वभर ११५० करोडको व्यापार गरेको थियो । यी सबै फिल्मको कलेक्शनको आँकडा जोड्ने हो भने उनले अभिनय गरेका फिल्मले ३ हजार करोडभन्दा बढी ब्यापार गरेको छ । यसरी क्यान्सरसँगै लडेर पनि सञ्जय दत्तले धेरै राम्रा फिल्ममा काम गरे र यो सफलता हाँसिल गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीमा दावी गर्न राष्ट्रपति भेट्दै ओली
प्रधानमन्त्रीमा दावी गर्न राष्ट्रपति भेट्दै ओली
मोदीले भने– उत्पीडित जनताको हितमा ल्याइएको संशोधन विधेयक पारित गर्नुपर्छ
मोदीले भने– उत्पीडित जनताको हितमा ल्याइएको संशोधन विधेयक पारित गर्नुपर्छ
फ्रान्सको आन्दोलन हिंसात्मक बन्दै, संकटकाल घोषणाको तयारी
फ्रान्सको आन्दोलन हिंसात्मक बन्दै, संकटकाल घोषणाको तयारी
ब्याक गियरमा मात्रै गाडी चलाउने एकमात्र चालक
ब्याक गियरमा मात्रै गाडी चलाउने एकमात्र चालक
नेपाली काँग्रेसकाे पहलमा सडक निर्माण शुरु !
नेपाली काँग्रेसकाे पहलमा सडक निर्माण शुरु !
काँकडभिट्टा–लौकही सडक विस्तार: पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति, १६.५  किलोमिटर कालोपत्रे सम्पन्न
काँकडभिट्टा–लौकही सडक विस्तार: पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति, १६.५ किलोमिटर कालोपत्रे सम्पन्न
विश्व प्रेस स्वतन्त्रता दिवसमा महासंघको प्रभातफेरी
विश्व प्रेस स्वतन्त्रता दिवसमा महासंघको प्रभातफेरी
विश्वकप फुटबल २०१८: कीर्तिमानी गोल र चर्चामा रहेका खेलाडीहरु
विश्वकप फुटबल २०१८: कीर्तिमानी गोल र चर्चामा रहेका खेलाडीहरु
न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिनभित्र बनाउने सत्ता साझेदार दलको निर्णय
न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिनभित्र बनाउने सत्ता साझेदार दलको निर्णय
ओलीको सुरक्षाको जिम्मा एमालेकाे भूपू सैनिक, प्रहरी र युवा संघलाई
ओलीको सुरक्षाको जिम्मा एमालेकाे भूपू सैनिक, प्रहरी र युवा संघलाई

तपाईंले छुटाउनुभयो कि?