क्युवामा विमान दुर्घटना, १ सय भन्दा बढीको मृत्यु

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ ५, २०७५
|
१
|
४७ पटक हेरिएको
Shares
क्युवामा विमान दुर्घटना, १ सय भन्दा बढीको मृत्यु

सारांश

  • एजेन्सी- ल्याटिन अमेरिकी मुलुक क्युबाको हवाना अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको एउटा विमान दुर्घटनामा सय जनाभन्दा बढी मानिसको मृत्यु भएको छ।
  • बोइङ ७३७ विमान क्युबाको उत्तरी शहर ओल्गीनतर्फ गइरहेको बिबिसीले जनाएको छ ।
  • प्रत्यक्षदर्शीहरूका अनुसार उड्ने बित्तिकै विमानमा समस्या उत्पन्न भएको थियो र विमानस्थल नजिकैको खेतमा जोतिन पुगेको थियो।

एजेन्सी- ल्याटिन अमेरिकी मुलुक क्युबाको हवाना अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको एउटा विमान दुर्घटनामा सय जनाभन्दा बढी मानिसको मृत्यु भएको छ।

बोइङ ७३७ विमान क्युबाको उत्तरी शहर ओल्गीनतर्फ गइरहेको बिबिसीले जनाएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार उड्ने बित्तिकै विमानमा समस्या उत्पन्न भएको थियो र विमानस्थल नजिकैको खेतमा जोतिन पुगेको थियो।

दुघैटनामा तीन जना मात्रै बाँच्न सफल भएका छन् । बाँच्न सफल भएकाहरू गम्भीर घाइते छन्। बिबिसीका अनुसार मृत्यु हुनेमध्ये ६ जना चालक दलका सदस्य रहेका छन्। दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको अधिकारीहरूले बताएका छन्।

क्युबाको सरकारी कम्पनी क्युबन डे एभिएशनले मेक्सिकन वायुसेवा कम्पनीबाट भाडामा लिएर सञ्चालन गर्दै आएको विमान दुर्घटनामा परेको हो।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Sabi Giri

    RIP??????️?️?️?️?️?️?️?️?️?️?️?️?️?️?️?️?️?️?️?️?️?️?️

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?