खोजी सूचीमा रहेका एमाले सचिव रायमाझीको घरमा प्रहरीको खानतलासी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख २६, २०८०
|
|
४८ पटक हेरिएको
Shares
खोजी सूचीमा रहेका एमाले सचिव रायमाझीको घरमा प्रहरीको खानतलासी

सारांश

  • काठमाडौं ।
  • नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग मिलेमतो रहेको आरोप लागेपछि प्रहरीको खोजी सूचीमा रहेका नेकपा ९एमाले० का सचिव एवं पूर्वउपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीको घरमा आज प्रहरीले खानतलासी लिएको छ ।
  • जिल्ला प्रहरी परिसर काठमाडौँबाट गएको प्रहरी टोलीले ललितपुर महानगरपालिका–१५ सातदोबाटो नजिक रहेको रायमाझीको घरमा खानतलासी लिएको हो ।

काठमाडौं । नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग मिलेमतो रहेको आरोप लागेपछि प्रहरीको खोजी सूचीमा रहेका नेकपा ९एमाले० का सचिव एवं पूर्वउपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीको घरमा आज प्रहरीले खानतलासी लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट गएको प्रहरी टोलीले ललितपुर महानगरपालिका–१५ सातदोबाटो नजिक रहेको रायमाझीको घरमा खानतलासी लिएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरको सहयोगमा काठमाडौँबाट गएको टोलीले उनको घरमा खानतलासी लिएको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।

नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणमा जोडिएपछि रायमाझीलाई एक साताअघि नै प्रहरीले पक्राउ पुर्जीको अनुमति लिएर खोजी गरिरहेको छ । त्यसपछि रायमाझी सम्पर्कमा नभएकाले खोजी जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उक्त प्रकरणमा रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले तत्कालै पक्राउ गरिसकेको छ ।

उक्त घटनामा प्रहरीले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरिसकेको छ । यस्तै प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा इन्द्रजित राईलगायत आठ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रहरीमा शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाएर एक सय छ जनाले कूल रु २३ करोड २५ लाख ठगी भएको भन्दै २० वटा जाहेरी दिएका छन् । प्रहरीका अनुसार गिरोहले २०७६ देखिनै गृहका अधिकारीसँगको मिलेमतोमा काम गरेको पाइएको छ ।

कतिपयलाई भने नक्कली शरणार्थी बनाइसकेको फेला परेको छ । यसरी शरणार्थी बनाएबापत उनीहरूबाट प्रतिव्यक्ति लाखौँ रकम उठाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाेरञ्जन समाचार : हेमा मालिनी हेलिकप्टरबाट उत्रिन्…अनि गहुँ काट्न थालिन्
मनाेरञ्जन समाचार : हेमा मालिनी हेलिकप्टरबाट उत्रिन्…अनि गहुँ काट्न थालिन्
बार्सिलोनाको ला लिगामा लगातार छैटौं जित
बार्सिलोनाको ला लिगामा लगातार छैटौं जित
छोराको नाममाथि उठेको विवादमा सैफले मुख खोले
छोराको नाममाथि उठेको विवादमा सैफले मुख खोले
बदलिँदो शक्ति सन्तुलन: रास्वपाभित्रको नयाँ समीकरण ​वैकल्पिक राजनीतिमा नेतृत्वको संकट कि कार्यविभाजन?
बदलिँदो शक्ति सन्तुलन: रास्वपाभित्रको नयाँ समीकरण ​वैकल्पिक राजनीतिमा नेतृत्वको संकट कि कार्यविभाजन?
चीनलाई उछिनेर भारत बन्दै छ विश्कै सबैभन्दा बढी जनसंख्या भएको देश
चीनलाई उछिनेर भारत बन्दै छ विश्कै सबैभन्दा बढी जनसंख्या भएको देश
आजको मौसमः गण्डकी र लुम्बिनिमा पानी पर्ने
मुक्तिनाथ विकास बैंकको खुद नाफा घट्यो, खराब कर्जा बढ्यो
मुक्तिनाथ विकास बैंकको खुद नाफा घट्यो, खराब कर्जा बढ्यो
टेलिकमले ल्याये दशैँ अफर, ४९ रुपैयाँमा अनलिमिटेड डाटा र भ्वाइस, रिचार्ज गर्दा बोनस
टेलिकमले ल्याये दशैँ अफर, ४९ रुपैयाँमा अनलिमिटेड डाटा र भ्वाइस, रिचार्ज गर्दा बोनस
हेर्नुस : आज सुनको मूल्य ५३ हजारमुनि, यतिमा हुदैछ कारोबार….
हेर्नुस : आज सुनको मूल्य ५३ हजारमुनि, यतिमा हुदैछ कारोबार….
रित्तो जिन्दगी
रित्तो जिन्दगी

तपाईंले छुटाउनुभयो कि?