गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिलाई वार्तामा आउन प्रधानमन्त्रीको आग्रह

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण १९, २०८०
|
|
३२ पटक हेरिएको
Shares
गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिलाई वार्तामा आउन प्रधानमन्त्रीको आग्रह

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिलाई वार्ताका लागि बोलाएका छन् ।
  • प्रधानमन्त्री दाहालले गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न माग गर्दै अनसनरत समितिका संयोजक रुपसागर देवी उपाध्यायलाई आन्दोलनको कार्यक्रम फिर्ता गरेर वार्तामा आउन आग्रह गरेका हुन् ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिलाई वार्ताका लागि बोलाएका छन् ।

प्रधानमन्त्री दाहालले गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न माग गर्दै अनसनरत समितिका संयोजक रुपसागर देवी उपाध्यायलाई आन्दोलनको कार्यक्रम फिर्ता गरेर वार्तामा आउन आग्रह गरेका हुन् ।

वार्ताका लागि शनिबारको समय तय गरिएको प्रधानमन्त्रीको नीजि सचिवालयले जानकारी दिएको छ । सचिवालयले भनेको छ, “संयोजक रुपसागर देवी उपाध्यायलाई वार्ताका लागि आग्रहपत्र पठाएको छ । आग्रह पत्रमा सङ्घर्ष समितिको आन्दोलनबारे सरकारको ध्यानआर्काषण भएको छ ।” पीडितको मागबारे वार्ता सम्वादका माध्यमबाट तत्काल समाधान गर्न आग्रह गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?