लाखौँ खर्चेर बनाएका प्रसूति गृह प्रयोगविहीन

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन २१, २०७७
|
|
३६ पटक हेरिएको
Shares
लाखौँ खर्चेर बनाएका प्रसूति गृह प्रयोगविहीन

सारांश

  • सुर्नया गाउँपालिका–३ बिजुलस्थित प्रसूति सेवा केन्द्र कर्मचारी र आवश्यक उपकरणको अभावमा प्रयोगमा ल्याउन नसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताउनुभयो ।
  • उहाँले भन्नुभयो, “भवन मात्रै बनेको छ, आवश्यक उपकरण र कर्मचारीको अभावमा प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याउन सकेका छैनौँ ।
  • ” गाउँमा बनेका प्रसूति सेवा केन्द्र प्रयोगमा नआएपछि स्थानीय बासिन्दालाई भने समस्या भएको छ ।

सुर्नया गाउँपालिका–३ बिजुलस्थित प्रसूति सेवा केन्द्र कर्मचारी र आवश्यक उपकरणको अभावमा प्रयोगमा ल्याउन नसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताउनुभयो । उहाँले भन्नुभयो, “भवन मात्रै बनेको छ, आवश्यक उपकरण र कर्मचारीको अभावमा प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याउन सकेका छैनौँ ।”

गाउँमा बनेका प्रसूति सेवा केन्द्र प्रयोगमा नआएपछि स्थानीय बासिन्दालाई भने समस्या भएको छ । कोरोना महामारीका कारण बाहिर जानसमेत अप्ठ्यारो भइरहेका बेला गाउँमा बनेका प्रसूति सेवा केन्द्र सञ्चालनमा नआउँदा समस्या भएको स्थानीयवासीले बताएका छन् ।

पाटन नगरपालिका वडा नं १ र ८ मा निर्माण भएका शहरी स्वास्थ्य केन्द्र र प्रसूति सेवा केन्द्र पनि सञ्चालनमा आएका छैनन् । आर्थिक वर्ष २०७५÷७६ मा प्रदेश सरकारको रु १२ देखि रु २० लाखको लागतमा बनेका ती भवन अझै पनि सञ्चालन गर्न नसकिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताउनुभयो । उहाँले भन्नुभयो “कर्मचारीको अभाव र उपकरण औजारको अभावमा शहरी स्वास्थ्य केन्द्र र प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याउन सकिएको छैन् ।”

यस्तै पञ्चेश्वर गाउँपालिका–४ निङलाडस्थित सामुदायिक स्वास्थ्य एकाइ पनि सञ्चालनमा आएको छैन । स्थानीयवासीको आधारभूत स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले निर्माण भएका संरचना प्रयोगमा नआउँदा स्थानीयवासीलाई समस्या भएको छ ।

सो सामुदायिक स्वास्थ्य एकाइमा शौचालय, खानेपानीको अभाव रहेको छ भने उपकरण र कर्मचारीको समेत अभाव हुँदा सञ्चालनमा आउन नसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई धेरै कुरा थाहा छैन्, तर बनेका संरचना प्रयोगमा आएका छैनन्, प्रदेश सरकारको पैसाले बनेको हो, कर्मचारी र उपकरणको अभावले सो भवन प्रयोगविहीन भएको छ ।”

पुर्चौँडी नगरपालिका–४ भटनामा बनेको प्रसूति सेवा केन्द्र पनि सञ्चालनमा आउन सकेको छैन । विभिन्न विवादका कारण सो भवन सञ्चालनमा आउन नसकेको भटना स्वास्थ्यचौकीका इन्चार्ज रोहित धानुकले बताउनुभयो ।

(https://picklelicious.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दैलेखका कार्यालय प्रमुखसहित ४ जना अख्तियारको नियन्त्रणमा
दैलेखका कार्यालय प्रमुखसहित ४ जना अख्तियारको नियन्त्रणमा
देशभरका ज्येष्ठ कम्युनिष्टलाई एमालेले सम्मान गर्ने
देशभरका ज्येष्ठ कम्युनिष्टलाई एमालेले सम्मान गर्ने
विप्लवको नेकपाका पोलिट्व्युरो सदस्य ओमप्रकाश गिरफ्तार
विप्लवको नेकपाका पोलिट्व्युरो सदस्य ओमप्रकाश गिरफ्तार
नीति, सिद्धान्त र विचारमा मेल नभै राजपासँग पार्टी एकता हुन सक्दैन : फोरम सहअध्यक्ष श्रेष्ठ
नीति, सिद्धान्त र विचारमा मेल नभै राजपासँग पार्टी एकता हुन सक्दैन : फोरम सहअध्यक्ष श्रेष्ठ
‘शेरबहादुरजीबाट पार्टी चल्दैन’
‘शेरबहादुरजीबाट पार्टी चल्दैन’
जतिकुटाइ खाएपनी पापालाई कारबाहीहुने कुरा आउँदा मीना यादव भन्छिन्- पापालाई कारबाही नहोस्
जतिकुटाइ खाएपनी पापालाई कारबाहीहुने कुरा आउँदा मीना यादव भन्छिन्- पापालाई कारबाही नहोस्
बँधुवा मजदुर हकहितको आन्दोलन ढाँचा परिवर्तन गर्न आवश्यक
बँधुवा मजदुर हकहितको आन्दोलन ढाँचा परिवर्तन गर्न आवश्यक
महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन सकेनन् : सभापति देउवा
महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन सकेनन् : सभापति देउवा
गठबन्धनलाई हराउँदै चैनपुरमा एमालेले जित्यो मेयर–उपमेयर
गठबन्धनलाई हराउँदै चैनपुरमा एमालेले जित्यो मेयर–उपमेयर
ढुंगाले टाउकोमा हानेर मारेपछि पानी खुवाउने यी कस्ता श्रीमान ?
ढुंगाले टाउकोमा हानेर मारेपछि पानी खुवाउने यी कस्ता श्रीमान ?