हुस्सु र शीतलहरसँगै तराईमा जनजीवन कष्टकर

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष ८, २०७९
|
२
|
५४ पटक हेरिएको
Shares
हुस्सु र शीतलहरसँगै तराईमा जनजीवन कष्टकर

सारांश

  • काठमाडौँ ।
  • बाक्लो हुस्सु र शीतलहरीका कारण सर्लाहीलगायत तराई मधेसको जनजीवन कष्टकर बनेको छ ।
  • आज बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ ।

काठमाडौँ । बाक्लो हुस्सु र शीतलहरीका कारण सर्लाहीलगायत तराई मधेसको जनजीवन कष्टकर बनेको छ । आज बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण सर्वसाधारणले कठ्याङ्ग्रिँदो चिसो महसुस गरिरहेका छन् ।

मङ्सिर अन्तिम सातादेखि सर्लाहीलगायत क्षेत्रमा बाक्लो हुस्सु र शीतलहर चल्न थालेको हो । एक साता अघिसम्म बिहान बाक्लो कुहिरो लागे पनि दिउँसो पारिलो घाम लाग्न थालेको थियो तर, बिहीबारदेखि बाक्लो हुस्सु लाग्न थालेको छ ।

कठ्याङ्ग्रिँदो चिसोले पराल ओछ्याएर सुत्न बाध्य मुसहर, चमार, डोम, हलखोर, पासमानलगायत दलित तथा अति विपन्न परिवार चिसोबाट बढी प्रभावित भएका छन् ।

विपन्न परिवार अहिले परालको भरमा रात बिताउन थालेका छन् । परालको आगो ताप्ने र परालकै ओछ्यान बनाएर रात बित्ने गरेको बह्मपुरी गाउँपालिका–३ भेल्हीका उपेन्द्र रामले बताउनुभयो ।

ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीकी तेतरी सदा मुसहरले जाडोका कारण दैनिकी कष्टकर बनेको बताउनुभयो । “बिहानैदेखि घर बाहिर निस्कन मुस्किल भएको छ, दैनिक गरिने कामकाजमा बाधा पुगेको छ”, उहाँले भन्नुभयो ।

चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा हालसम्म तीन जनाको ज्यान गइसकेको छ । हरिपुर नगरपालिका–६ लक्ष्मीपुर र वडा नम्बर ९ पिडारीमा उनीहरूले ज्यान गुमाएका हुन् । प्रभावितलाई चिसोबाट जोगाउन पालिका र अन्य सरोकारवाला निकायले कुनै वास्ता नगरेको सर्वसाधारणको गुनासो छ । अत्यधिक चिसो तथा शीतलहरका कारण श्वासप्रश्वास, रुघाखोकी, निमोनियाजस्ता समस्या देखिएको प्रादेशिक अस्पताल मलङ्गवाका प्रमुख डा नवलकिशोर झाले जानकारी दिनुभयो ।

विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवती शीतलहरबाट प्रभावित छन् । अत्यधिक चिसोका कारण पशु चौपायालाई समेत समस्या भएको छ । चिसोले गाई, भैँसी, बाख्रालगायत घरपालुवा जनावर मर्न थालेको बताइएको छ । चिसोबाट जोगाउन पशु चौपायाका लागि गोठमै आगो बाल्ने तथा बोरा ओढाउने गरिएको छ ।

अत्यधिक चिसोका कारण घरपालुवा जनावरमा श्वासप्रश्वास, निमोनियालगायत समस्या देखिएको पशु सेवा विज्ञ केन्द्र मलङ्गवाका प्रमुख शङ्कर साहले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    binance

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://accounts.binance.com/bg/register-person?ref=YY80CKRN

    Comment Author

    Registro en Binance

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनिया याेजना रद्द गर्दै मलेसियाका प्रधानमन्त्री महाथिर
चिनिया याेजना रद्द गर्दै मलेसियाका प्रधानमन्त्री महाथिर
तेह्रौँ साग स् गल्फमा नेपाललाई दुई स्वर्ण
तेह्रौँ साग स् गल्फमा नेपाललाई दुई स्वर्ण
रक्सीले मातेर ९० वर्षीया अपांग बृद्धालाई बलात्कार गर्नेलाई यस्तो सजाय
रक्सीले मातेर ९० वर्षीया अपांग बृद्धालाई बलात्कार गर्नेलाई यस्तो सजाय
पाल्पामा जन्ती बोकेको जिप दुर्घटनाः चारको मृत्यु, १६ जना घाइते
पाल्पामा जन्ती बोकेको जिप दुर्घटनाः चारको मृत्यु, १६ जना घाइते
रेडियोले जोड्यो ‘मित–मितिनी’ सम्बन्ध
रेडियोले जोड्यो ‘मित–मितिनी’ सम्बन्ध
जेठको पहिलो साता देउवा प्रधानमन्त्री:खनाल
जेठको पहिलो साता देउवा प्रधानमन्त्री:खनाल
आज शुक्रबार, यस्तो छ तपाईंको राशिफल
आज शुक्रबार, यस्तो छ तपाईंको राशिफल
चाकडी र घुस दिन नसक्दा बरिष्ठ न्युरो सर्जनले दिए राजिनामा
चाकडी र घुस दिन नसक्दा बरिष्ठ न्युरो सर्जनले दिए राजिनामा
हिक्मत गोठालो र नौसरालाई साँस्कृतिक महासंघको सम्मान
हिक्मत गोठालो र नौसरालाई साँस्कृतिक महासंघको सम्मान
मौलिक पर्वले आपसी सद्भाव, हार्दिकता र समतामूलक समाज निर्माणमा उत्प्रेरणा दिने मुख्यमन्त्री राउतको विश्वास
मौलिक पर्वले आपसी सद्भाव, हार्दिकता र समतामूलक समाज निर्माणमा उत्प्रेरणा दिने मुख्यमन्त्री राउतको विश्वास

तपाईंले छुटाउनुभयो कि?