चीन जाने गैंडाको नामाकरण भयाे – भालेको ‘सोल्टी’ र पोथीको ‘मितिनी’

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण १०, २०७५
|
१
|
६६ पटक हेरिएको
Shares
चीन जाने गैंडाको नामाकरण भयाे  – भालेको ‘सोल्टी’ र पोथीको ‘मितिनी’

सारांश

  • चितवन, १० साउन ।
  • सरकारले जनवादी गणतन्त्र चीनलाई उपहार दिन लागेको अर्काे एक जोडी गैंडाको पनि नामाकरण गरेको छ ।
  • सौराहामा रहेको एक जोडी गैंडामध्ये भालेको नाम सोल्टी’ र पोथीको नाम ‘मितिनी’ राखिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए ।

चितवन, १० साउन । सरकारले जनवादी गणतन्त्र चीनलाई उपहार दिन लागेको अर्काे एक जोडी गैंडाको पनि नामाकरण गरेको छ । सौराहामा रहेको एक जोडी गैंडामध्ये भालेको नाम सोल्टी’ र पोथीको नाम ‘मितिनी’ राखिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए ।

ढकालले केन्द्रबाटै ती गैंडाको नामकरण भएर चितवन निकुञ्जमा एसएमएस प्राप्त भएको बताए । गैंडा लैजानै मिति भने यकिन भएको छैन । हाल चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको परिसरमा रहेको ‘पिट बोमा’ (सानो खोर) मा ती दुई वटा गैंडा छन् । “सकेसम्म छिटो लैजान हामीले भनिरहेका छौँ, साउनमा नभए भदौमा जान्छ,” राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका प्रमुख रामकुमार अर्यालले भने । ‘मितिनी’ लाई चितवन निकुञ्जको पश्चिम सेक्टरबाट गएको वैशाखमा नियन्त्रणमा लिएर सौराहामा राखिएको हो । ‘सोल्टी’ चाहिँ अघिल्लो वर्ष बाढीले बगाएर भारतीय सीमा नवलपरासीको त्रिवेणीबाट उद्धार गरेर ल्याइएको हो ।

गत चैत २८ गते चीनलाई उपहार दिइएको एक जोडी गैंडाको नाम ‘रुपसी र भद्र’ राखिएको थियो । रुपसी र भद्र हाल चीनको चिमे लङसफारीमा रमाइरहेका ती गैंडाको रेखदेखमा रहनुभएका वन्यजन्तु प्राविधिज्ञ तीर्थ लामाले जानकारी दिए । सरकारले हालसम्म १० देशलाई २६ गैंडा उपहार दिइसकेको छ । विश्वमै दुर्लभ मानिएको एकसिंगे गैंडा संख्याका हिसाबले चितवन राष्ट्रिय निकुञ्ज विश्वकै दोस्रो संरक्षित क्षेत्र हो । सरकारले एकसिंगे गैंडाको बाह्य बासस्थान संरक्षणको सिद्धान्त अनुसार मित्रराष्ट्रलाई समयसमयमा गैंडा उपहार दिँदै आएको छ ।

भारतलाई सन् १९८४ मा चार तथा १९८७ र १९९० मा दुईचोटी गरेर अमेरिकालाई ६ वटा गैंडा उपहार दिएको थियो । सन् १९९० देखि २००६ सम्म जर्मनी, बंगलादेश, बेलायत, जापान, अष्ट्रियामा दुई÷दुई वटाका दरले १० गैंडा उपहार दिइयो । थाइल्याण्ड, बर्मा र पाकिस्तानलाई पनि दुई÷दुई वटाका दरले ६ गैंडा पठाइएको चितवन निकुञ्जको तथ्यांकमा उल्लेख छ । पछिल्लो गणनामा चितवन निकुञ्जमा ६०५ गैंडा छन् । नेपालमा गैंडाको संख्या ६४५ छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Paudel JL

    Haina aru k hi bechna napaera gaida taskar huna thaleo ki kasoho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आपसी एकता र सामाजिक सद्भाव कायम गर्न तीज पर्वको महत्वपूर्ण भूमिका छ : राष्ट्रपति पौडेल
आपसी एकता र सामाजिक सद्भाव कायम गर्न तीज पर्वको महत्वपूर्ण भूमिका छ : राष्ट्रपति पौडेल
राजनीतिक प्रतिवेदन फिर्ता नलिने प्रचण्डको भनाई, ओली बहुमतको खेलमा लागेको आरोप
राजनीतिक प्रतिवेदन फिर्ता नलिने प्रचण्डको भनाई, ओली बहुमतको खेलमा लागेको आरोप
यस्तो छ मंसीर ३ गतेको राशिफल
यस्तो छ मंसीर ३ गतेको राशिफल
विश्वकप फुटबल २०१८: सट्टेबाजको धन्दा साँझ ५ बजेबाट शुरु हुन्छ बिहान ८ बजेसम्म हिसाब किताब क्लियर हुन्छ
विश्वकप फुटबल २०१८: सट्टेबाजको धन्दा साँझ ५ बजेबाट शुरु हुन्छ बिहान ८ बजेसम्म हिसाब किताब क्लियर हुन्छ
प्रदीप खड्काकाे लभ स्टेसन’ पशुपति मन्दिरमा सुरू
प्रदीप खड्काकाे लभ स्टेसन’ पशुपति मन्दिरमा सुरू
सोमबार भगवानको शिवको नाममा व्रत बस्ने चलन कसरी सुरु भयो ?
सोमबार भगवानको शिवको नाममा व्रत बस्ने चलन कसरी सुरु भयो ?
सबैभन्दा बढी प्रदेश नं ३ मा श्रमिक सूचीकृत
सबैभन्दा बढी प्रदेश नं ३ मा श्रमिक सूचीकृत
राउटेका नेताले भने, ‘यहाँका जुन्तासँग दिवस मनाउन आया हौँ’
राउटेका नेताले भने, ‘यहाँका जुन्तासँग दिवस मनाउन आया हौँ’
युद्ध अन्त्यका लागि पुटिनका मागहरू के हुन्?
युद्ध अन्त्यका लागि पुटिनका मागहरू के हुन्?
आत्मघाती गोलमा चेल्सीको पराजय
आत्मघाती गोलमा चेल्सीको पराजय

तपाईंले छुटाउनुभयो कि?