देउवालाई हटाउन पौडेल पक्षको भेला प्रकाशमानको घरमा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन २१, २०७५
|
|
५२ पटक हेरिएको
Shares
देउवालाई हटाउन पौडेल पक्षको भेला प्रकाशमानको घरमा

सारांश

  • फागुन २१, काठमाण्डौ ।
  • नेपाली कांग्रेसको आन्तरिक किचलोले तिब्र गतिमा उचाई लिइरहेको छ ।
  • प्रमुख प्रतिपक्षी दल आफँैभित्र अलमलिरहेको छ ।

फागुन २१, काठमाण्डौ । नेपाली कांग्रेसको आन्तरिक किचलोले तिब्र गतिमा उचाई लिइरहेको छ ।
प्रमुख प्रतिपक्षी दल आफँैभित्र अलमलिरहेको छ । लामो समयको विवादबीच गएसाता केन्द्रीय समिति बैठकबाट बहुमतको आधारमा विधान पास भएपछि चर्किएको विवाद कायमै छ । आफूलाई लोकतन्त्रको मियो ठान्ने कांग्रेस पार्टीभित्रै लोकतन्त्रको अभ्यास खट्किएको छ ।

गुटगत राजनीतिकै कारण कमजोर बन्दै गएको कांग्रेसलाई बलियो बनाउने फर्मुला अझै फेला परेको छैन ।

आज पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको गुटगत भेला सम्पन्न भएको छ । नेता प्रकाशमान सिंहको निवासमा भएको छलफलमा सभापति शेरबहादुर देउवालाई कसरी ठिक पार्ने भन्ने विषयमा केन्द्रित थियो ।

बहुमत केन्द्रिय सदस्यको बलमा देउवाले निर्णयहरु गरेपछि पौडेल पक्ष अब के गर्ने भन्ने रणनीतिमा लागेको हो । आजको भेलामा पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, कोषध्यक्ष सितादेवी यादवलगायतको सहभागि थियो ।

नेताहरुले सकेसम्म आगामी फागुनभित्रै महाधिवेशन गराएर देउवालाई फाल्ने उपायका बारेमा पनि छलफल गरेको बुझिएको छ ।

आजको छलफलमा छुट्टै चलाइरहेका कृष्ण सिटौला भने उपस्थित थिएनन् ।

महासमिति बैठकको एजेण्डाविपरीत केन्द्रिय समितिले विधान संशोधन नगरी पुरानै शैलीमा विधान पास गरेपछि कांग्रेसभित्रको विवाद केन्द्रिय स्तरमा मात्र होइन तल्लो तहसम्म पुगेको छ । यति मात्र होइन पार्टीको भ्रातृसंगठन विघटन भएको यतिका दिन वितिसक्दा समेत पार्टीले कुनै निर्णय लिन नसक्दा नेता कार्यकर्ता निराश भएका छन् । केन्द्रीय समितीको बैठक चलिरहँदा पार्टी कार्याालयबाहिर नेविसंघका नेता कार्यकर्ताहरु आ–आफै हानाहान समेत गरे । चर्को विरोधका बावजुद पनि पार्र्टी सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा विधान पास गरेपछि धेरै नेताहरु रुष्ट बनेका छन ।

पौडेल मात्र होइन, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, अर्जुननरसिंह केसी लगायतले त केन्द्रिय समितीको बैठकले गरेको निर्णयविरुद्ध फरक मत नै लेखेका थिए ।

कांग्रेसभित्र विधानमा केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउने कि वडा तहबाटै निर्वाचित भएर आउने तथा आरक्षणमा दोहोरिन पाउने वा नपाउने भन्नेमा तिव्र विवाद थियो । पार्टी सभापति एकलौटी ढंगले अघि बढीरहे पार्टीले ठुलो मूल्य चुकाउनपर्ने भन्दै सभापति देउवालाई सचेत गराउँदै आएका छन् ।

निर्वाचनमा लज्जास्पद हार व्यहोरेका कांग्रेसले राष्ट्रिय राजनितिमा प्रतिपक्षीको भुमिका समेत राम्ररी निभाउन नसकेको भन्दै आलोचना हँुदै आएको छ । आफुलाई लोकतन्त्रको पहरेदार मान्ने कांग्रेस आफैभित्रै यसरी रुमल्लिरहँदा लोकतन्त्रमाथि प्रहार भयो भनेर दोहो¥याइरहनुको के औचित्य ?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फिलिपिन्सबिरुद्धको खेलः नेपालको चिन्ता रक्षापंक्तिमा
फिलिपिन्सबिरुद्धको खेलः नेपालको चिन्ता रक्षापंक्तिमा
अमेरिकासँगको सम्बन्धमा कुनै फरक आउँदैन – डा भट्टराई
अमेरिकासँगको सम्बन्धमा कुनै फरक आउँदैन – डा भट्टराई
सङ्घीयताको सुखद अनुभूत: बागमती प्रदेशका सरकारी अस्पतालमै विशिष्टीकृत र सहुलियतपूर्ण उपचार सेवा
सङ्घीयताको सुखद अनुभूत: बागमती प्रदेशका सरकारी अस्पतालमै विशिष्टीकृत र सहुलियतपूर्ण उपचार सेवा
सय मेगावाट माथिका आयोजनामा विदेशी लगानी
सय मेगावाट माथिका आयोजनामा विदेशी लगानी
इटलीमा ६ करोड मानिसलाई घरमै बस्न निर्देशन
इटलीमा ६ करोड मानिसलाई घरमै बस्न निर्देशन
साउन लागेसँगै रङ्गीन चुरापोते र मेहेन्दीको व्यापार वृद्धि
साउन लागेसँगै रङ्गीन चुरापोते र मेहेन्दीको व्यापार वृद्धि
सन्दिप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले २० लाखमा खरिद गर्यो
सन्दिप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले २० लाखमा खरिद गर्यो
सामुदायिक विद्यालयमा सूचना प्रविधिको प्रयोग
महिला उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु , २७ राष्ट्रका उद्यमी महिलाहरुको सहभागिता
महिला उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु , २७ राष्ट्रका उद्यमी महिलाहरुको सहभागिता
ज्योतिष शास्त्र अनुसार यी राशि बीचको प्रेम र विवाह कहिल्यै सफल हुँदैन
ज्योतिष शास्त्र अनुसार यी राशि बीचको प्रेम र विवाह कहिल्यै सफल हुँदैन

तपाईंले छुटाउनुभयो कि?