दोस्रो टेस्ट क्रिकेटः अष्ट्रेलिया १४६ रनले विजयी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष ३, २०७५
|
|
४१ पटक हेरिएको
Shares
दोस्रो टेस्ट क्रिकेटः अष्ट्रेलिया १४६ रनले विजयी

सारांश

  • काठमाडौँ,३ पुस ।
  • भारतविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा अष्ट्रेलिया १४६ रनले विजयी बनेको छ।
  • २८७ रन पछ्याएको भारतले पाँचौ दिनको पहिलो सत्रमा १४० रनमा समेटिएपछि श्रृंखला अष्ट्रेलियाले १–१ को बराबरी गर्न पनि सफल भएको थियो ।

काठमाडौँ,३ पुस । भारतविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा अष्ट्रेलिया १४६ रनले विजयी बनेको छ। २८७ रन पछ्याएको भारतले पाँचौ दिनको पहिलो सत्रमा १४० रनमा समेटिएपछि श्रृंखला अष्ट्रेलियाले १–१ को बराबरी गर्न पनि सफल भएको थियो ।

अष्ट्रेलियाले पहिलो पारिमा ३२६, दोस्रो पारिमा २४३ रन बनाउँदै २८७ रनको लक्ष्य दिन सफल भएको थियो । भारतले पहिलो पारिमा २८३ रन बनाउँदै सुुरुमै ४३ रनले पछि परेको थियो । २८७ रन पछ्याएको भारतका लागि सुरुका व्याट्सम्यानहरु चल्न नसक्दा ५५ रन बनाउँदा ४ विकेट गुमाएको थियो ।

    यो पनि पढ्नुहोस्

भारतका हुनमान बिहारी र अजिंक्या रहानेले सर्वाधिक ४३ रनको साझेदारी गरेका थिए । भारतका लागि रहाने र ऋषभ पन्तले सर्वाधिक तीस तीस रन बनाउँदा हनुमान विहारीले २८ रन जोडेका थिए । मुरली विजयले २० तथा विराट कोहली १७ रनमा आउट भएका थिए । मुरली विजयले ४ तथा उमेश यादवले २ रन मात्र जोडेका थिए । अरु केएल राहुल, इशान्त शर्मा, जसप्रित बुमराह र मोहम्मद सामीले खातानै खोल्न सकेनन् । अब तेस्रो टेस्ट २६ गतेदेखि सुरु हुने जनाईएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?