धादिङमा ट्रक बल्यो, काठमाडौंबाट २ घण्टापछि दमकल पुग्यो

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख ३०, २०७५
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • धादिङ, ३० वैशाख-  पृथ्वी राजमार्गअन्तर्गत धादिङ धुनिबेशी चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रकमा आगो लागेको छ ।
  •  आगलागी भएको २ घण्टापछि काठमाडौँबाट दमकल पुगेर आगो निभाएको थियो ।
  • सडक नजिकै रोकिराखेको आरजे ४२ जिए ५०२१-आरजे ४२ जिए ०७५६ नम्बरको २२ चक्के भारतीय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रकमा आगो नेकपा बिप्लव नेतृत्वले आगो लगाएको आशंका गरिएको छ ।

धादिङ, ३० वैशाख-  पृथ्वी राजमार्गअन्तर्गत धादिङ धुनिबेशी चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रकमा आगो लागेको छ । आगलागी भएको २ घण्टापछि काठमाडौँबाट दमकल पुगेर आगो निभाएको थियो ।

सडक नजिकै रोकिराखेको आरजे ४२ जिए ५०२१-आरजे ४२ जिए ०७५६ नम्बरको २२ चक्के भारतीय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रकमा आगो नेकपा बिप्लव नेतृत्वले आगो लगाएको आशंका गरिएको छ । आगो लागेर दुईवटा ट्रक ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिएका छन् ।

आज बिहान करीब ३ बजेदेखि आगो लागेपछि चार वटा डोजरको सहयोगमा ट्रक वरिपरि माटो हालेर आगो दायाँबायाँ जान नदिने प्रयास भएको थियो ।  आगलागीबाट कुनै मानवीय क्षति भएको छैन ।

बस्ती, पेट्रोल पम्प र ग्यास उद्योग नजिकै रोकिराखेको ट्रकमा आगलागी भएपछि स्थानीयवासी त्रसित भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?