नजिकका मान्छेको उदण्ड हर्कत रोक्न प्रधानमन्त्रीलाई डा. बाबुराम भट्टराईको आग्रह

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ १४, २०७७
|
|
५५ पटक हेरिएको
Shares
नजिकका मान्छेको उदण्ड हर्कत रोक्न प्रधानमन्त्रीलाई डा. बाबुराम भट्टराईको आग्रह

सारांश

  • बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संविधान संशोधनमा राष्ट्रिय सहमति सिर्जना गर्न सुझाव दिएका छन्।
  • भट्टराईले सीमाको विषयमा कुनै दलबीच मतभिन्नता नभएको भन्दै उनले यस्तो सुझाव दिएका हुन्।
  • ‘भौगोलिक अखण्डता र सीमारक्षाको विषयमा दलबीच कुनै मतभिन्नता छैन र हुनुहुन्न।

बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संविधान संशोधनमा राष्ट्रिय सहमति सिर्जना गर्न सुझाव दिएका छन्। भट्टराईले सीमाको विषयमा कुनै दलबीच मतभिन्नता नभएको भन्दै उनले यस्तो सुझाव दिएका हुन्।

‘भौगोलिक अखण्डता र सीमारक्षाको विषयमा दलबीच कुनै मतभिन्नता छैन र हुनुहुन्न। संविधान संशोधन बहुमतबाट होइन सर्वसम्मतिबाट गर्नुपर्छ’, बाबुरामले भने, ‘‘त्यसनिम्ति संविधान जारी हुने बेलादेखि नै असहमति राख्दै आएका मधेसी, थारू, आदिवासी जनजातिलगायत सबैको विश्वास जित्नुपर्छ।’

त्यसैगरी बाबुरामले रेशम चौधरीलाई रिहा गरेर विश्वासको वातावरण बनाउन माग गरेका छन्। सँगै नेता भट्टराईले विपक्षीलाई जिउँदै श्रद्धाञ्जली भन्ने उदण्ड हर्कत रोकेर दलबीच सौहार्दपूर्ण वातावरण बनाउन प्रधानमन्त्री निकटका मान्छेलाई सुझाव दिएका छन्।

‘प्रम निकटका मान्छेले विपक्षीलाई जिउँदै ‘श्रद्धान्जली’ भन्ने जस्तो उदण्ड हरकत रोकेर दलहरूबीच सौहार्द्रपूर्ण वातावरण बनाउनुपर्छ’, बाबुरामले सर्वदलीय बैठकमा आफूले दिएको सुझाव सामाजिक सञ्जालमा सार्वजनिक गर्दै भनेका छन्, ‘संविधान संशोधनलाई सर्वसम्मतिबाट पारित गर्न सबै इच्छुक र तत्पर छौं।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?