नेकपाका प्रमुख सचेतक भट्टराई लाई जापान प्रवेशमा राेक

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण २४, २०७५
|
|
३७ पटक हेरिएको
Shares
नेकपाका प्रमुख सचेतक भट्टराई लाई जापान प्रवेशमा राेक

सारांश

  • काठमाडौं, २४ साउन ।
  • सत्तारुढ दल नेपाल कमयुनिस्ट पार्टी (नेकपा)का युवा नेता खिमलाल भट्टराईलाई जापान सरकारले विमानस्थलबाटै फर्काइदिएको छ ।
  • जापानको हिरोसिमामा आयोजित निशस्त्रीकरणसम्बन्धी कार्यक्रममा भाग लिन पुगेका राष्ट्रिय सभाका सांसद एवम् मुख्य सचेतक भट्टराईलाई जापानले विमानस्थलबाट प्रवेश अनुमति नदिएको हो ।

काठमाडौं, २४ साउन । सत्तारुढ दल नेपाल कमयुनिस्ट पार्टी (नेकपा)का युवा नेता खिमलाल भट्टराईलाई जापान सरकारले विमानस्थलबाटै फर्काइदिएको छ । जापानको हिरोसिमामा आयोजित निशस्त्रीकरणसम्बन्धी कार्यक्रममा भाग लिन पुगेका राष्ट्रिय सभाका सांसद एवम् मुख्य सचेतक भट्टराईलाई जापानले विमानस्थलबाट प्रवेश अनुमति नदिएको हो । जापानले नेकपाका नेता भट्टराईलाई किन प्रवेशको अनुमति दिइएन केही बताइएको छैन ।

भट्टराईसँगैको भ्रमण टोलीमा नेकपाका अर्का युवा नेता एवम् अनेरास्ववियूका पूर्वअध्यक्ष किशोर मल्ल, दुर्गा शर्मा लगायत रहेको स्रोतले जनाएको छ । भट्टराई लगायतको टोलीलाई हिरोसिमामा आयोजित कार्यक्रम स्थलसम्म पु¥याउन नेपालबाट बासु गौतम लगायतको टोलीले सहयोग गरेको थियो । गौतमले हिरोसिमामा कार्यक्रम तय भएको स्वीकार गरेका छन् ।
गौतमले नेकपाका नेता भट्टराईलाई जापानले रोकेको भन्ने विषयमा आफूलाई कुनै जानकारी नरहेको दाबी गरे । हिरोसिमामा निशस्त्रीकरण सम्बन्धी कार्यक्रम आयोजना गरिएको र नेपालबाट नेकपाका नेता भट्टराईसहितका युवा नेताहरूको टोली पठाइएको बताए ।

यसअघि जापानले नेपालीहरूलाई कडा निगारनीमा राख्दै आएको थियो । जापानमा मान्छे छाडेर आउने गरेको भन्दै निगरानी बढाएको हुन सक्ने एक नेपालीले बताए । नेविसंघका पूर्वअध्यक्ष एवम् कांग्रेस नेता प्रदीप पौडेलसहितका सञ्चारकर्मी र नेताहरूलाई पनि यसअघि जापाने विमानस्थलबाटै फिर्ता पठाइदिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश ४ः पर्यटन, ऊर्जा र उद्योग प्राथमिकतामा
प्रदेश ४ः पर्यटन, ऊर्जा र उद्योग प्राथमिकतामा
मन्त्री देबेन्द्र दाहालको आतिथ्यमा अटोमोटिभ व्यवसाय सुधारको लागी NABA को पहिलो साधारण सभा भोलि सम्पन्न हुँदै ।
मन्त्री देबेन्द्र दाहालको आतिथ्यमा अटोमोटिभ व्यवसाय सुधारको लागी NABA को पहिलो साधारण सभा भोलि सम्पन्न हुँदै ।
रवीन्द्र अधिकारीको विषयमा केपी ओलीले किन यसो भने ?
रवीन्द्र अधिकारीको विषयमा केपी ओलीले किन यसो भने ?
नेपालकाे लगातार दाेस्राे जित, दिपेन्द्रकाे सतकिय पारी र सागरकाे अलराउण्ड प्रदर्शन महत्वपूर्ण !
नेपालकाे लगातार दाेस्राे जित, दिपेन्द्रकाे सतकिय पारी र सागरकाे अलराउण्ड प्रदर्शन महत्वपूर्ण !
यी हुन केपी ओली सरकारलाई आइलाग्ने सम्भावित खतराहरू !
यी हुन केपी ओली सरकारलाई आइलाग्ने सम्भावित खतराहरू !
प्रधानमन्त्री प्रचण्ड र प्रमुख दलका प्रमुख सचेतकबीच छलफल
प्रधानमन्त्री प्रचण्ड र प्रमुख दलका प्रमुख सचेतकबीच छलफल
परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता
परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता
संसदीय समिति बैठक बस्दै, प्रधानन्यायाधीशमा जोशीको नाम अनुमोदन होला ?
संसदीय समिति बैठक बस्दै, प्रधानन्यायाधीशमा जोशीको नाम अनुमोदन होला ?
कुनैपनि बहानामा ओली प्रवृत्तिलाई काँध थाप्ने गल्ती नगरौं : डा. भट्टराई
कुनैपनि बहानामा ओली प्रवृत्तिलाई काँध थाप्ने गल्ती नगरौं : डा. भट्टराई
काठमाडौँमा निषेधााज्ञा थपिने

तपाईंले छुटाउनुभयो कि?