नेकपाले बनायो नियमावलीका लागि यस्तो शक्तिकाली कार्यदल
सारांश
- काठमाडौं, २३ असार ।
- नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिले पार्टीको विधान अन्तर्गतको नियमावलीलाई अन्तिम रुप दिन तीन सदस्यीय शक्तिशाली कार्यदल गठन गरेको छ ।
- सचिवालय सदस्यहरु बामदेब गौतम, रामबहादुर थापा र महासचिव बिष्णु पौडेल सदस्य रहेको कार्यदल स्थायी समितिको बैठकले बनाएको हो ।
काठमाडौं, २३ असार । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिले पार्टीको विधान अन्तर्गतको नियमावलीलाई अन्तिम रुप दिन तीन सदस्यीय शक्तिशाली कार्यदल गठन गरेको छ । सचिवालय सदस्यहरु बामदेब गौतम, रामबहादुर थापा र महासचिव बिष्णु पौडेल सदस्य रहेको कार्यदल स्थायी समितिको बैठकले बनाएको हो ।
यसअघि पार्टी महासचिव बिष्णु पौडेलको नेतृत्वमा नियमावली बनाउन ४ सदस्यीय समिति बनाएको थियो । महासचिव पौडेलको नेतृत्वमा निर्माण गरिएको समितिले पेश गरेको नियमावलीको मस्यौदामाथि २१ असारको स्थायी समिति बैठकमा पनि छलफल भएको थियो ।
स्थायी समितिबाट आएका सुझावसमेत समावेश हुने गरी गौतमको नेतृत्वमा गठन गरिएको कार्यदललाई ३ दिनको समय दिइएको छ । कार्यदलले २६ असारमा नियमावलीको मस्यौदा पेश गर्नेछ । ‘त्यसै दिन फेरि सचिवालयको बैठक बसेर त्यसलाई अन्तिम रुप दिने निर्णय आजको बैठकले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
Thapa Kalps
Jate j neyamabale Banaya pane khe hune wala xaina,soach tehi ho,Neta tehi ho,karmachare uhe ho ra e sabai puratan manorogi haru,matra sacho kura yo ho ke hame janata lea aajhai badhe dukha bhognu parxa….swarthe Buddhi hatos e Neta haru ko……Thankyou…….