पहाडी सडक खुलेपछि खाद्यन्न ढुवानी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३०, २०७६
|
|
३९ पटक हेरिएको
Shares
पहाडी सडक खुलेपछि खाद्यन्न ढुवानी

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

बर्षाका कारण भत्किएर एक महिनासम्म अबरुद्ध बनेको उदयपुर जिल्लाको मध्यउत्तरी पहाडी क्षेत्रको सडक खुलेपछी खाद्यन्न ढुवानी शुरु भएको छ ।सदरमुकाम गाइघाट बजार र रौतामाई गाउँपालिकाको ब्यापारिक केन्द्र मुर्कुची बजारबाट उदयपुरको मध्यउत्तरी पहाडी क्षेत्रका विकट गाउँहरु जाँते, लाफागाउँ, बराह, बासबोटे, बलाम्ता, ताम्लिछा, छताङ, माझखर्क, इनामेसहित गाउँ जोड्ने सडकमर्मतका साथै खसेको पहिरो हटाइएकाले सवारी साधानबाट खाद्यन्न पनि ढुवानी गरिएको लिम्चुङबुङ गाउँपालिकाका उपाध्यक्ष रमिलाकुमारी राईले जानकारी दिनुभयो ।
सडक खुलेसँगै बुधबार बिहानैदेखि ट्रयाक्टरबाट जिल्लाको सदरमुकाम गाईघाट र रौताको मुर्कुची बजारबाट झण्डै बीस ट्रयाक्टर लिम्चुङबुङको माझखर्क, बासबोटे र बराहमा खाद्यन्न ढुवानी गरिसकिएकाले ती स्थानमा खाद्यान्नको समस्या समाधान हुन थालेको उक्त गाउँपालिकाका कार्यकारी अधिकृत खम्बराज राईले बताउनुभयो ।

गत असारको अन्तिम हप्ता आएको भीषण बाढी र पहिरोका कारण सदरमुकाम गाईघाट र ब्यापारिक केन्द्र मुर्कुचीदेखि जिल्लाको मध्यउत्तरी पहाडी क्षेत्रका गाउँहरु जोड्ने सम्पूर्ण सडक ठाउँ ठाउँमा पहिरोले पुरिएको र भत्किएपछि सवारी साधन सञ्चालन हुन नसकेकाले खाद्यन्न र दैनिक उपभोग्य बस्तुको अभाव भोग्दै आउन परेको सो क्षेत्रका बासिन्दाको गुनासो थियो ।प्रदेश नम्बर १ को सरकारले हेलिकोप्टरबाट ४१ क्वीन्टल चामल सो स्थानमा ढुवानी गरेपनि अपर्याप्त हुँदा यहाँका बासिन्दा असन्तुष्ट थिए तर बल्ल एक महीनापछी सवारीसाधानले खाद्यान्न धुवानी गर्न थालेकाले जनजीवन सहज हुन पुगेको लिम्चुङबुङ बराहका कृष्णराज बरालले बताउनुभयो ।
रौतामाई गाउँपालिकाले रू पन्ध्र्र लाख, लिम्चुङबुङ गाउँपालिकाले रू पचीस लाख र प्रदेश नम्बर १ सरकारले रू बीस लाख गरेर कूल रू साठ्ठी लाखको लागतमा रौतामुर्कुची डिल्लीबर हुँदै

लिम्चुङबुङसम्मको सडक खुलाइएको सडक ब्याबस्थापन समितिका संयोजक मनोज बुढाथोकीले बताउनुभयो ।साउनको ३ गतेदेखि आधादर्जन स्काभेटर तथा जेसिभि र दैनिक पचासौं मजदुर प्रयोग गर्नाका साथै दिनरात काम गरेर ठाउँठाउँमा भत्किएको तथा पहिरोले अबरुद्ध बनाएको सडक खुलाउन आफुहरु सफल भएको उहाँको भनाइ थियो । लिम्चुङबुङ बराहका देबेन्द्र बरालले भन्नुभयो, “यस पटक फागुनदेखि खडेरी परेकाले मकैबाली सबै नष्ट हुँदा गाउँघरमा अन्य जगेडा अन्न नभएकाले अन्यत्रबाट चामल ढुवानी गर्दै ल्याउनु परेको थियो । असार अन्तिम सातादेखि बर्षाका कारण एक महिनासम्म सडक अबरुद्ध भएकाले अन्नको अभावमा कष्टपूर्ण तरिकाले दिनरात काट्दै आउनुपरेको थियो तर अब सडक सञ्चालन भएकाले चामल–दाल त किनेर ल्याई खान सकिने भयो ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?