पुँजी बजारमा दोहोरो अङ्कको वृद्धि

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २१, २०८०
|
|
६१ पटक हेरिएको
Shares
पुँजी बजारमा दोहोरो अङ्कको वृद्धि

सारांश

  • नेप्सेमा दोहोरो अङ्कको वृद्धि काठमाडौँ ।
  • धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ ।
  • नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर एक हजार आठ सय ६९ दशमलब ७३ मा पुगेको छ ।

नेप्सेमा दोहोरो अङ्कको वृद्धि
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर एक हजार आठ सय ६९ दशमलब ७३ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव शून्य सात अङ्कले बढेर तीन सय ५७ दशमलव ९१ अङ्कमा पुगेको छ । नेप्सेका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

विभिन्न कम्पनीका २५ लाख ३३ हजार सात सय १४ कित्ता शेयर रु ७३ करोड २६ लाख ८९ हजार आठ सय ११ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा नबिल बैंकको संस्थापक शेयर शीर्ष स्थानमा छ ।

सो बैंकको संस्थापक शेयर रु चार करोड ५० लाख मूल्यमा खरिद बिक्री भए । शिवम् सिमेन्ट रु दुई करोड २१ लाख ५५ हजार,नबिल बैंक रु एक करोड ९६ लाख १२ हजार आठ सय ५०,हिमाल दोलखा हाइड्रोपावर रु एक करोड ८४ लाख ४७ हजार चार सय ८७ र एभरेष्ट बैंक रु एक करोड ६५ लाख ७० हजार आठ सय ६६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार नबिल ग्रोथ फण्ड नौ दशमलव ८६, लक्षमी लघुवित्त नौ दशमलब १६,सयपत्री हाइड्रोपावर आठ दशमलव ३७, आत्मनिर्भर लघुवित्त आठ दशमलव २० र मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य सात दशमलव २० प्रतिशतले बढेको छ ।

यस्तै, एनएमबी ऋणपत्र पाँच दशमलव ८५, नेपाल एसबिआई बैंकको ऋणपत्र पाँच दशमलव ३८, इस्टर्न हाइड्रोपावर चार, बाराही हाइड्रोपावर तीन दशमलव शुन्य आठ र रुरु जलविद्युत् परियोजनाको शेयर मूल्य दुई दशमलव ७० प्रतिशतल घटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनीमा युरिया मल मिसिएको भेटिएपछि…
चिनीमा युरिया मल मिसिएको भेटिएपछि…
“प्रधानन्यायाधीशलाई बिदामा बस्ने वा राजीनामा दिनुको विकल्प छैन”
“प्रधानन्यायाधीशलाई बिदामा बस्ने वा राजीनामा दिनुको विकल्प छैन”
मास्क प्रयोग नगर्नेबाट एक लाख राजश्व सङ्कलन
मास्क प्रयोग नगर्नेबाट एक लाख राजश्व सङ्कलन
दिउँसो १ बजेसम्म ५३ प्रतिशत मतदान, रौतहट र सर्लाहीमा ६० प्रतिशत
दिउँसो १ बजेसम्म ५३ प्रतिशत मतदान, रौतहट र सर्लाहीमा ६० प्रतिशत
राष्ट्रपति र प्रधानमन्त्रीले नछाडेसम्म दरबार कब्जा गर्छौंः प्रदर्शनकारी
राष्ट्रपति र प्रधानमन्त्रीले नछाडेसम्म दरबार कब्जा गर्छौंः प्रदर्शनकारी
वल्र्ड कप’ फिबर:  फ्री किक चिकनमा नेमार, म्याजिक पिज्जामा मेस्सी तर रोनाल्डोको नाममा के ?
वल्र्ड कप’ फिबर: फ्री किक चिकनमा नेमार, म्याजिक पिज्जामा मेस्सी तर रोनाल्डोको नाममा के ?
चीनबाट फर्किए नेता खनाल, ऐतिहासिक पार्टी एकताबारे थाहै नदिएको गुनासो
चीनबाट फर्किए नेता खनाल, ऐतिहासिक पार्टी एकताबारे थाहै नदिएको गुनासो
प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा व्यवहारमा सरल निर्णयमा दृढ
प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा व्यवहारमा सरल निर्णयमा दृढ
नख्खुमा विस्फोट हामीले नै गराएका हौँ : हेमन्तप्रकाश ओली
नख्खुमा विस्फोट हामीले नै गराएका हौँ : हेमन्तप्रकाश ओली
सरकारी गाडी निजी बनाएर सचिव कोइरालाले लगे
सरकारी गाडी निजी बनाएर सचिव कोइरालाले लगे

तपाईंले छुटाउनुभयो कि?