पुनःनिर्माणको काम तीव्र, ६५ प्रतिशत घर बने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २६, २०७६
|
|
८१ पटक हेरिएको
Shares
पुनःनिर्माणको काम तीव्र, ६५ प्रतिशत घर बने

सारांश

  • जिल्लामा भूकम्पबाट क्षति भएका ६५ दशमलव ४४ प्रतिशत घरको पुनःनिर्माण सम्पन्न भएको छ ।
  • पहिलो किस्ता लिएका पाँच हजार १९१ मध्ये हालसम्म तीन हजार ७६२ घरको पुनःनिर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।
  • पछिल्लो समय कार्यालयले स्थानीय तहस्तरीय कार्यक्रम सञ्चालन गर्दै वडास्तरमा रहेका समस्याका विषयमा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षसँग पुनःनिर्माणसम्बन्धी गोष्ठी सञ्चालन गर्न थालेसँगै कामले तीव्रता पाएको कार्यालयको भनाइ छ ।

जिल्लामा भूकम्पबाट क्षति भएका ६५ दशमलव ४४ प्रतिशत घरको पुनःनिर्माण सम्पन्न भएको छ । पहिलो किस्ता लिएका पाँच हजार १९१ मध्ये हालसम्म तीन हजार ७६२ घरको पुनःनिर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

पछिल्लो समय कार्यालयले स्थानीय तहस्तरीय कार्यक्रम सञ्चालन गर्दै वडास्तरमा रहेका समस्याका विषयमा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षसँग पुनःनिर्माणसम्बन्धी गोष्ठी सञ्चालन गर्न थालेसँगै कामले तीव्रता पाएको कार्यालयको भनाइ छ । भूकम्पले क्षति भएका पाँच हजार ४४९ घरमध्ये हालसम्म पाँच हजार १९१ पीडितले पहिलो किस्ता र चार हजार ३८९ ले दोस्रो किस्ता लिएका छन् । पाँच हजार ४४९ घर पूर्णरुपमा क्षति भए पनि पाँच हजार १९१ जनाले मात्र सम्झौता गरेका थिए ।

त्यस्तै जिल्लाभर ४५३ प्रवलीकरणका लाभग्राही रहेकामा अहिलेसम्म २६५ लाभग्राहीले सम्झौता गरेर पहिलो किस्ता लगेका छन् । कार्यालय प्रमुख राजनराज रेड्डीले जतिसक्दो चाँडो पुनःनिर्माणको सक्ने काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी स्थानीयस्तरसम्म पुगेर त्यहाँका समस्याका विषयमा जानकारी लिँदै सरोकारवाला पक्षसँग छलफलसमेत गरिरहेका छौँ, यसले काम चाँडो सम्पन्न गर्न निकै मद्दत गरेको छ, जिल्लामा अहिले पुनःनिर्माणले निकै राम्रो गति लिएको छ ।”

कार्यालय प्रमुख रेड्डीका अनुसार पहिलो किस्ता लिन बाँकी रहेका लाभग्राहीका लागि आगामी पुस मसान्तसम्मको म्याद थपिएको छ भने दोस्रो र तेस्रो किस्ताको रकम माघ मसान्तसम्म लिनुपर्नेछ । छ सय २८ ले लाभग्राही सूचीमा नाम दर्ता गरेर पनि पहिलो किस्ता नलिएको कार्यालयले जनाएको छ ।

(https://conversionwise.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापामा बम विस्फोट !
झापामा बम विस्फोट !
आज सूर्य ग्रहण : नेपालबाट नदेखिने, बार्नु पनि नपर्ने
आज सूर्य ग्रहण : नेपालबाट नदेखिने, बार्नु पनि नपर्ने
बिहानै राँगोले काठमाडौँको न्यूरोड कालीमाटी क्षेत्रमा मच्चायो आतंक
बिहानै राँगोले काठमाडौँको न्यूरोड कालीमाटी क्षेत्रमा मच्चायो आतंक
लोकसेवा आयोगले बुधबार खरिदार पदको विज्ञापन खोल्ने: एसएलसीमा सी ग्रेडभन्दा कम ल्याउने अयोग्य
लोकसेवा आयोगले बुधबार खरिदार पदको विज्ञापन खोल्ने: एसएलसीमा सी ग्रेडभन्दा कम ल्याउने अयोग्य
दुई ठूला नयाँ सहर निर्माण गर्दै प्रदेश १ सरकार
दुई ठूला नयाँ सहर निर्माण गर्दै प्रदेश १ सरकार
सरकार गठनको गृहकार्यमा ओली र प्रचण्ड, प्रचण्डलाई राष्ट्रपति बनाएर थन्क्याउनेसम्मका प्रयास एमालेभित्र चल्दै
सरकार गठनको गृहकार्यमा ओली र प्रचण्ड, प्रचण्डलाई राष्ट्रपति बनाएर थन्क्याउनेसम्मका प्रयास एमालेभित्र चल्दै
तथ्यांकमा काठमाडौं : जनघनत्व र जनसङ्ख्या सबैभन्दा बढी
तथ्यांकमा काठमाडौं : जनघनत्व र जनसङ्ख्या सबैभन्दा बढी
व्यक्ति हत्या आरोपमा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वाेच्चमा रिट दर्ता, बिहीबार सुनुवाइ
व्यक्ति हत्या आरोपमा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वाेच्चमा रिट दर्ता, बिहीबार सुनुवाइ
हिमालमा पुगेर  टू पिसमा तस्वीर खिचाउने युवतीको चिसोले मृत्यु
हिमालमा पुगेर टू पिसमा तस्वीर खिचाउने युवतीको चिसोले मृत्यु
ओलीलाई भित्रैबाट भयः एकता हुँदा किन गाह्रो ?
ओलीलाई भित्रैबाट भयः एकता हुँदा किन गाह्रो ?

तपाईंले छुटाउनुभयो कि?