प्रचण्ड-देउवा वन टु वन भेटपछि झस्किए ओली

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष २१, २०७६
|
|
५८ पटक हेरिएको
Shares
प्रचण्ड-देउवा वन टु वन भेटपछि झस्किए ओली

सारांश

  • काठमाडौं, २१ पौष ।
  • पछिल्लो पटक नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड र नेपाली काँग्रेसका सभापतिबीच विरलै भेट हुनेगरेको छ ।
  • संसदीय चुनावअघि माओवादीले काँग्रेससँगको गठबन्धन तोडेपछि दुई नेताबीच तीनपटक मात्र वन टु वन छलफल भएको छ ।

काठमाडौं, २१ पौष । पछिल्लो पटक नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड र नेपाली काँग्रेसका सभापतिबीच विरलै भेट हुनेगरेको छ । संसदीय चुनावअघि माओवादीले काँग्रेससँगको गठबन्धन तोडेपछि दुई नेताबीच तीनपटक मात्र वन टु वन छलफल भएको छ ।

यसपटक प्रचण्ड आफै देउवा निवास बुढानिलकण्ठ पुगे । दुई घन्टा लामो वन टु वन भेटवार्ता गरे । भेटमा विकसित राजनीतिक घटनाक्रम, संसद सुचारु हुन नसकेको, संवैधानिक आयोगमा नियुक्त, विवादास्पद विधेयकलगायतमा छलफल भएको बुझिएको छ । देउवाले सरकारको कतिपय कार्यशैलीको आलोचना गर्दै त्यसका लागि प्रधानमन्त्री ओलीमाथि दबाब सृजना गर्नुपर्नेमा जोड दिएको स्रोतले बतायो ।

देउवाले सभामुख चयनमा किन अलमल गरेर संसदलाई अनिर्णयको बन्धक बनाएको भनी प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले छिट्टै सहमति बनाएर अगाडि बढ्ने जवाफ दिएका थिए ।

विश्वस्त स्रोतका अनुसार प्रचण्डसँग देउवा अझै असन्तुष्ट छन् । विगतमा आफूसँगको गठबन्धन तोडेकोमा देउवा असन्तुष्ट छन् । प्रचण्डले त्यसबाट नोक्शानी भोगेको देउवाको बुझाई छ ।

संवैधानिक आयोगमा रिक्त आयुक्त र सदस्यहरुमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिल्न नसक्दा संवैधानिक निकायको बैठक बस्न सकेको छैन । संवैधानिक निकायको कोरम पुर्याउने संवैधानिक व्यवस्थामा संशोधन गरी अगाडि बढ्ने प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी छ । यसप्रति पनि देउवाको आपत्ती छ । दुई नेताबीच यस विषयमा पनि छलफल भएको छ ।

सभामुखमा सहमति बन्न नसकिरहँदा प्रचण्डको देउवासँगको भेट अर्थपूर्ण छ । भेट ओलीलाई झस्काउने खालको छ । ओली सरकारको कार्यकाल दुई वर्ष पूरा हुनैलाग्दा भेट हुनुले धेरैको चासो बढेको हो । पछिल्लो समय प्रचण्ड र देउवाबीच निकटता बढ्दै गएको छ ।(

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेताहरुले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पकाउने प्रवृत्तिको अन्त गरिनुपर्छ:  मुख्यमन्त्री शाही
नेताहरुले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पकाउने प्रवृत्तिको अन्त गरिनुपर्छ: मुख्यमन्त्री शाही
एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै एसपीले दिए राजीनामा
एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै एसपीले दिए राजीनामा
घन्टौं कुरेर ओली निवासमा बधाई दिनेको भीड (हेर्नुहोस् ६ तस्बिरमा)
घन्टौं कुरेर ओली निवासमा बधाई दिनेको भीड (हेर्नुहोस् ६ तस्बिरमा)
Kapil Sharma spotted with a bulging belly at a supermarket in Amsterdam, looks totally unrecognizable!
Kapil Sharma spotted with a bulging belly at a supermarket in Amsterdam, looks totally unrecognizable!
उत्पादन बिक्री वितरण बन्द
उत्पादन बिक्री वितरण बन्द
मन्त्री र सचिवहरूको कार्यशैलीप्रति प्रधानमन्त्री असन्तुष्ट
मन्त्री र सचिवहरूको कार्यशैलीप्रति प्रधानमन्त्री असन्तुष्ट
वाईड बडीमा भ्रष्टाचार भएको निश्कर्ष, दोषीमाथि हदैसम्मको कारबाही गर्न लेखा समितिको सिफारिस
वाईड बडीमा भ्रष्टाचार भएको निश्कर्ष, दोषीमाथि हदैसम्मको कारबाही गर्न लेखा समितिको सिफारिस
पैसाको लोभमा विद्यार्थीको रुचि नमार्नुहोस् : प्रधानमन्त्री ओली
पैसाको लोभमा विद्यार्थीको रुचि नमार्नुहोस् : प्रधानमन्त्री ओली
आजको राशिफल
आजको राशिफल
कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला

तपाईंले छुटाउनुभयो कि?