प्रदेश नं १ का १४ जिल्लामा आजदेखि हर्न बजाउन नपाइने

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १, २०७४
|
|
३१ पटक हेरिएको
Shares
प्रदेश नं १ का १४ जिल्लामा आजदेखि हर्न बजाउन नपाइने

सारांश

  • प्रदेश नं १मा पर्ने ताप्लेजुङसहित १४ जिल्लामा आजदेखि अनावश्यकरुपमा सवारीसाधनका हर्न बजाउन नपाइने भएको छ ।
  • प्रदेश नं १का १४ वटा जिल्लामा स्थानीय प्रशासनको निर्णयानुसार पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले हर्न निषेधित क्षेत्र बनाएको हो ।
  • ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा र उदयपुरमा हर्न बजाउन नपाइने नियम आजदेखि लागू गरिएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश नं १मा पर्ने ताप्लेजुङसहित १४ जिल्लामा आजदेखि अनावश्यकरुपमा सवारीसाधनका हर्न बजाउन नपाइने भएको छ ।

प्रदेश नं १का १४ वटा जिल्लामा स्थानीय प्रशासनको निर्णयानुसार पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले हर्न निषेधित क्षेत्र बनाएको हो ।

ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा र उदयपुरमा हर्न बजाउन नपाइने नियम आजदेखि लागू गरिएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यी जिल्लामा हर्न बजाउन नपाइने नियम लागू गर्न यसअघि पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले मातहतका ट्राफिक प्रहरी कार्यालयमा पत्राचार गरेको थियो । सोहीअनुरुप सबै जिल्लामा हर्न निषेधित क्षेत्र लेखिएका बोर्ड राखिएको छ भने यातायात व्यवसायीलाई समेत पत्राचार गरी कार्यान्वयनका लागि अनुरोध गरिएको छ । यस्तै यो नियम लागू गर्नका लागि सबै जिल्लामा ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रमसहितको अभियान नै सञ्चालन गरेको छ ।

यातायात व्यवस्था विभाग, सडक विभाग, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त निर्णयमा हर्न निषेधित क्षेत्र बनाउने यसअघि निर्णय भएको थियो । सामान्य अवस्थामा पनि चालकले अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण गर्ने गरेकाले यसलाई निषेध गर्न लागिएको हो ।

(http://rxreviewz.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?