प्रदेश नम्बर ५ मा कसको कति सिट आउला ?
सारांश
- छिमेकी भारतसँग सीमा जोडिएको तर उत्तरमा चीनसंग सीमा नजोडिएको प्रदेस नम्वर ५ राजनीतिका हिसावले सधै चर्चामा रहने क्षेत्रका रुपमा पर्छ ।
- पाहाड र तराई मधेस जोडिएको प्रदेश नम्बर ५ मा उच्च तहका नेताहरु पनि प्रतिस्पर्धामा छन् ।
- पहाडी जिल्ला रोल्पा र रुकुमका मतदाताले प्रतिनिधि र प्रदेसशभा सदस्यका लागी मंसीर १० गते मतदान गरिसकेका छन् ।
छिमेकी भारतसँग सीमा जोडिएको तर उत्तरमा चीनसंग सीमा नजोडिएको प्रदेस नम्वर ५ राजनीतिका हिसावले सधै चर्चामा रहने क्षेत्रका रुपमा पर्छ । पाहाड र तराई मधेस जोडिएको प्रदेश नम्बर ५ मा उच्च तहका नेताहरु पनि प्रतिस्पर्धामा छन् । पहाडी जिल्ला रोल्पा र रुकुमका मतदाताले प्रतिनिधि र प्रदेसशभा सदस्यका लागी मंसीर १० गते मतदान गरिसकेका छन् । बाँकी जिल्लाका मतदाताले मंसीर २१ गते मतदान गर्नेछन् ।
प्रदेश नम्बर पाँचमा १२ जिल्ला छन् । रुकुमको पुर्वी भाग र रोल्पाका मतदाताले मंसीर १० गते प्रतिनिधि र प्रदेशसभा सदस्य चयनको निर्वाचनमा मतदान गरेका छन् । बर्दिया, बाँके दाङ, प्युठान, अर्घखाँची, कपिलवस्तु,गुल्मी,पाल्पा, रुपन्देही र नवलपरासीको पश्चिम भागमा भने २१ गते निर्वाचन हुनेछ । २६ जना प्रतिनिधिसशा सदस्यका लागी ३ सय २२ जना र ५२ जना प्रदेसशभा सदस्यका लागी ६ सय ०२ जना चुनावी मैदानमा छन् । प्रतिनिधि र प्रदेशसभा गरी ९ सय २४ जना मध्ये २ सय ३७ स्वतन्त्र उम्मेदवारले प्रदेश नम्वर पाँचमा प्रतिस्पर्धा गर्दैछन् ।
पाँच नम्बर प्रदेशको बलियो पक्षलाई चुनावी मुद्धा बनाएर उम्मेदवारहरु भोट बटुल्ने अभियानमा छन् । यो प्रदेशमा स्थानीय तहको निर्वाचनमा ४३ तह जित्दै एमाले पहिलो दल बनेको थियो भने ३३ स्थानीय तह जित्दै कांग्रेस दोस्रो बन्यो । माओवादी केन्द्रले भने १९ वटा स्थानीय तहमा जितेको थियो ।
स्थानीय तहको निर्वाचनमा दलहरुले प्राप्त गरेको मतको आधारमा २५ वटा निर्वाचन क्षेत्र मध्ये २० वटामा वाम गठबन्धन र कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन ५ वटा क्षेत्रमा अगाडी छ । यो आँकडाले वाम गठबन्धले कम्तिमा प्रतिनिधिसभाको १७ सिट र प्रदेशसभाको ४४ सिटमामा वागठबन्धन जित्ने आकलन गरिएको छ ।
प्रदेश नम्वर पाँचका २७ लाख ४० हजार ८ सय ६४ मतदाता छन् । शान्तिका प्रतिक गौतम वुद्धको जन्मभुमी र माओवादी जनयुद्धको उद्गमथलो दुइटै प्रदेश नम्बर ५ मा नै परेको छ । त्यस हिवासले पनि यो प्रदेशको निर्वाचनलाई विशेष चासोको रुपमा हेरिएको छ । पश्चिम नवलपरासी सहित प्रदेस नम्वर ५ का ६ जिल्लाको सिमाना भारतसँग जोडिएको छ ।
प्रतिक्रिया