प्रधानमन्त्री ओलीद्वारा बहिनीहरुबाट शुभसाइतमा टीका ग्रहण

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक १८, २०८१
|
|
५१ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीद्वारा बहिनीहरुबाट शुभसाइतमा टीका ग्रहण

सारांश

  • काठमाडौं।
  •   प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका छन्।
  • प्रधानमन्त्री ओलीले आज वालुवाटारस्थित सरकारी निवासमा बहिनीहरुबाट भाइटीका लगाएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले जनाएको छ।
काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका छन्।
प्रधानमन्त्री ओलीले आज वालुवाटारस्थित सरकारी निवासमा बहिनीहरुबाट भाइटीका लगाएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले जनाएको छ।
नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत  आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो। उत्तम साइत पछि पनि दिनभर टीका लगाउन सकिने समितिले जनाएको छ।
यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने परम्परा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?