फलफूलका बिरुवा बेचेर मनग्य आम्दानी

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ १२, २०७६
|
|
५३ पटक हेरिएको
Shares
फलफूलका बिरुवा बेचेर मनग्य आम्दानी

सारांश

  • फलफूलका बिरुवा बैतडीका किसानका लागि आम्दानीको स्रोत बन्दै गएको छ ।
  • जिल्लाको सुर्नया र दशरथचन्द नगरपालिकाका किसानले फलफूलका बिरुवाबाट मनग्य आम्दानी गरिरहेका हुन् ।
  • दशरथचन्द नगरपालिका–१ गुरुखोला र सुर्नया गाउँपालिका–२ बासुलिङ्गका किसानले हिउँदे तथा बर्खे फलफूलका बिरुवा रोपेर किसानले आम्दानी गर्न थालेका हुन् ।

फलफूलका बिरुवा बैतडीका किसानका लागि आम्दानीको स्रोत बन्दै गएको छ । जिल्लाको सुर्नया र दशरथचन्द नगरपालिकाका किसानले फलफूलका बिरुवाबाट मनग्य आम्दानी गरिरहेका हुन् ।

दशरथचन्द नगरपालिका–१ गुरुखोला र सुर्नया गाउँपालिका–२ बासुलिङ्गका किसानले हिउँदे तथा बर्खे फलफूलका बिरुवा रोपेर किसानले आम्दानी गर्न थालेका हुन् । निजी नर्सरीमा फलफूलका बिरुवा उत्पादन गरेर यहाँका किसानले आम्दानी गर्ने गरेका हुन् । प्रत्येक वर्ष आफूले निजी नर्सरीबाट वार्षिक रु छ लाखभन्दा बढी कमाउने गरेको किसान देवदत्त भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो निजी नर्सरीबाट हिउँदे तथा बर्खे फलफूलका बिरुवाहरु बिक्री हुने गरेको छ ।”

निजी नर्सरी नै परिवार पाल्ने माध्यम बनेको दशरथचन्द नगरपालिका–१ कलौनका किसान परमानन्द भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो निजी नर्सरीबाट बर्से्नि देशका विभिन्न स्थानमा फलफूलका बिरुवा बिक्री हुने गरेको छ ।” दशरथचन्द नगरपालिका–१ मा १९ र सुर्नया गाउँपालिका–२ मा तीनवटा निजी नर्सरी रहेका सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्राविधिक सहायक अर्जुन खड्काले जानकारी दिनुभयो ।

“किसानले निजी नर्सरीबाटै लाखौँ आम्दानी गर्ने गरेको छ”, उहाँले भन्नुभयो, “सुख्खा फलफूल विकास केन्द्र र किसानका निजी नर्सरीबाट बर्से्नि लाखौँका बिरुवा बिक्री हुने गरेको छ ।” हिउँदे फलफूलका बिरुवा रोप्ने समय शुरु भएकाले अहिले निजी नर्सरी तथा सुख्खा फलफूल विकास केन्द्रबाट फलफूलका बिरुवा बिक्री भइरहेको सुख्खा फलफूल विकास केन्द्र सतबाँझका निमित्त प्रमुख डम्मर भाटको भनाइ छ ।

सतबाँझमा जैतुन, कागजी बदाम, काजुलगायत फलफूलका बिरुवा उत्पादन गर्न थालिएको बताइएको छ । किसानलाई ८० प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण गर्ने गरिएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामध्ये बैतडीमा मात्रै फलफूलका निजी नर्सरी रहेका छन् ।

विसं २०१९ मा स्थापना भएको बागबानी विकास केन्द्र २०६२ सालदेखि सुख्खा फलफूल विकास केन्द्रको नामले परिचत छ । सतबाँझमा पहिला देशभरिकै बढी स्याउका जात फल्ने गरेको भए पनि पछिल्लो समयमा हिउँ पर्न छोडेपछि स्याउ फल्न छोडेको छ ।

जलवायु परिवर्तनको असरले स्याउ फल्न छोडेपछि केन्द्रले अहिले फलफूलका बिरुवा उत्पादन तथा तरकारी खेती गर्न थालेको हो । केन्द्रको २९ हेक्टर जमीनमध्ये अहिले १२ हेक्टरमा फलफूल तथा तरकारी खेती गरिँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुरा हुनै नसक्ने माग ‘मोट्रेक्स’ले राखेपछि नेपालमा गाडी बन्ने अनिश्चित
पुरा हुनै नसक्ने माग ‘मोट्रेक्स’ले राखेपछि नेपालमा गाडी बन्ने अनिश्चित
देश सृमद्ध होस्, जनता समृद्ध हुन्, फेरियास् यो जमाना ! विजय दशमी २०७६ को हार्दिक मंगलयमय शुभकामना !
देश सृमद्ध होस्, जनता समृद्ध हुन्, फेरियास् यो जमाना ! विजय दशमी २०७६ को हार्दिक मंगलयमय शुभकामना !
ठूलो आन्दोलनका माझ बंगलादेशकी प्रधानमन्त्री भागिन् तर देशमै किन अडिएका थिए गद्दीच्युत राजा ज्ञानेन्द्र शाह?
ठूलो आन्दोलनका माझ बंगलादेशकी प्रधानमन्त्री भागिन् तर देशमै किन अडिएका थिए गद्दीच्युत राजा ज्ञानेन्द्र शाह?
राष्ट्रपति भण्डारीद्धारा संसदको बजेट अधिवेशन अन्त्य
राष्ट्रपति भण्डारीद्धारा संसदको बजेट अधिवेशन अन्त्य
आँशु लुकाई यसरी हाँस्छन् युवराज (भिडियो)
आँशु लुकाई यसरी हाँस्छन् युवराज (भिडियो)
राष्ट्रपति र प्रधानमन्त्रीले नछाडेसम्म दरबार कब्जा गर्छौंः प्रदर्शनकारी
राष्ट्रपति र प्रधानमन्त्रीले नछाडेसम्म दरबार कब्जा गर्छौंः प्रदर्शनकारी
Disney v the LA Times: What’s the story?
Disney v the LA Times: What’s the story?
गाउँ घुम्न आउने पाहुनालाई दुई किलो स्याउ निःशुल्क
गाउँ घुम्न आउने पाहुनालाई दुई किलो स्याउ निःशुल्क
माेदीकाे गृह प्रदेश का ठग पाेखरामा पक्राउ
माेदीकाे गृह प्रदेश का ठग पाेखरामा पक्राउ
दशैँ उत्सव मनाइरहँदा भयानक दुर्घटना, कम्तिमा ६२ को मृत्यु !
दशैँ उत्सव मनाइरहँदा भयानक दुर्घटना, कम्तिमा ६२ को मृत्यु !

तपाईंले छुटाउनुभयो कि?