फुटको संघारमा जसपा !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ १८, २०७८
|
|
५८ पटक हेरिएको
Shares

सारांश

  • जनता समाजवादी पार्टी फुटेको छ ।
  • अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरमाथि कारबाही गरेपछि फुटेको हो ।
  • फुटको औपचारिक घोषणा हुनमात्र बाँकी छ ।
जनता समाजवादी पार्टी फुटेको छ । अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरमाथि कारबाही गरेपछि फुटेको हो ।

फुटको औपचारिक घोषणा हुनमात्र बाँकी छ । यादव समूहको कारबाहीमा परेकाहरुमा अध्यक्ष महन्थ ठाकुरसहित ४ नेताहरु छन् । निष्काशित गरिएकाहरुमा वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण छन् ।

जसपाको ठाकुर समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको र सरकारका सहभागी हुन लागेपछि निष्काशन गरिएको बुझिएको छ । यसअघि यादव समूहले अध्यक्ष ठाकुरलाई निष्काशन गरेको थियो ।

उपेन्द्र यादवलाई पनि अध्यक्ष ठाकुरले स्पष्टिकरण सोधेका छन् । उनले पनि निष्काशनको निर्णय लिन लागेको बुझिएको छ ।
एक अर्कामाथि स्पष्टिकरण हुँदै निष्काशनको निर्णय सम्म पुगेपछि जसपा फुटेको हो । औपचारिक फुटपछि जसपा पुरानै अवस्थामा फर्कने निश्चित जस्तै भएको छ । ठाकुर समूहले राजपा र यादव समूहले जसपा नै चलाएर बढ्ने तयारी गरिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज शनिबार, कस्तो छ तपाईंको राशिफल?
आज शनिबार, कस्तो छ तपाईंको राशिफल?
श्रीलंकाकाे राजनीति थप अन्याेलता तर्फ, नवनियुक्त प्रधानमन्त्री विरूद्ध अविश्वासकाे प्रस्ताव पारित
श्रीलंकाकाे राजनीति थप अन्याेलता तर्फ, नवनियुक्त प्रधानमन्त्री विरूद्ध अविश्वासकाे प्रस्ताव पारित
उरुग्वेको रोनाल्डोलाई रोक्ने चुनौती, स्वरेज र रोनाल्डोको असली परीक्षा
उरुग्वेको रोनाल्डोलाई रोक्ने चुनौती, स्वरेज र रोनाल्डोको असली परीक्षा
झण्डै २३ लाखको लागतमा घोराही उपमहानगरको १३ र १९ का जनता जोडिए
झण्डै २३ लाखको लागतमा घोराही उपमहानगरको १३ र १९ का जनता जोडिए
एकाएक किन अशान्त बन्यो नेपालगन्ज ?
एकाएक किन अशान्त बन्यो नेपालगन्ज ?
गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच  विवाद
गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच विवाद
हेर्ने होइन त आजको राशिफल कस्तो छ !
सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछ : अध्यक्ष नेपाल
प्रथम शहीद राजीव राउतकी श्रीमती नीलमदेवी राउतलाई प्रदेश सरकारले दियो रोजगारी
प्रथम शहीद राजीव राउतकी श्रीमती नीलमदेवी राउतलाई प्रदेश सरकारले दियो रोजगारी
नगरपालिका सङ्घमा ब्याञ्जु, कुन प्रदेशमा कसको नेतृत्व?
नगरपालिका सङ्घमा ब्याञ्जु, कुन प्रदेशमा कसको नेतृत्व?

तपाईंले छुटाउनुभयो कि?