बङ्गलादेशमा बनेपालीको एकल चित्रकला प्रदर्शनी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर १०, २०७६
|
|
५८ पटक हेरिएको
Shares
बङ्गलादेशमा बनेपालीको एकल चित्रकला प्रदर्शनी

सारांश

  • भक्तपुरका चित्रकार दीपेन्द्रमान बनेपालीले बङ्गलादेशको राजधानी ढाकामा ‘एकल चित्रकला प्रदर्शनी’ गर्नुभएको छ ।
  • ढाकामा आयोजित ‘अन्तरराष्ट्रिय चित्रकला तथा हस्तकला प्रदर्शनी’का अतिथि कलाकार बनेपालीले नेपालको संस्कृतिसँगै पुरातात्विक, ऐतिहासिक तथा धार्मिक क्षेत्रको पहिचान झल्कने चित्र समावेश गरेर चित्रकला प्रदर्शनी गरिएको जानकारी दिनुभयो ।
  • प्रदर्शनीसँगै उहाँले नेपाल भ्रमण वर्ष २०२० मा “नेपाल घुम्न जाऔँ” भन्दै अतिथिहरुलाई नेपाली ढाकाटोपी लगाएर स्वागत गर्नुभएको थियो ।

भक्तपुरका चित्रकार दीपेन्द्रमान बनेपालीले बङ्गलादेशको राजधानी ढाकामा ‘एकल चित्रकला प्रदर्शनी’ गर्नुभएको छ । ढाकामा आयोजित ‘अन्तरराष्ट्रिय चित्रकला तथा हस्तकला प्रदर्शनी’का अतिथि कलाकार बनेपालीले नेपालको संस्कृतिसँगै पुरातात्विक, ऐतिहासिक तथा धार्मिक क्षेत्रको पहिचान झल्कने चित्र समावेश गरेर चित्रकला प्रदर्शनी गरिएको जानकारी दिनुभयो ।

प्रदर्शनीसँगै उहाँले नेपाल भ्रमण वर्ष २०२० मा “नेपाल घुम्न जाऔँ” भन्दै अतिथिहरुलाई नेपाली ढाकाटोपी लगाएर स्वागत गर्नुभएको थियो । बनेपालीले नेपाल भ्रमण वर्षको प्रवद्र्धन गर्ने उद्देश्यले नेपालका मठमन्दिर, लुम्बिनी, काठमाडौँ, पोखरालगायत विभिन्न पर्यटकीय क्षेत्रका बारेमा सहभागीलाई जानकारी गराइएको बताउनुभयो ।

बङ्गलादेशका वरिष्ठ कलाकार प्रा हमिद उदजमान खानले अन्तरराष्ट्रिय चित्रकला तथा हस्तकला प्रदर्शनी ढाकामा पहिलो पटक भएको बताउँदै आपसी सम्बन्ध विस्तारमा यस्ता कार्यक्रमले पुलको काम गर्ने उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा बनेपालीले देशदेशबीच सम्बन्ध थप प्रगाढ बनाउन कला महत्वपूर्ण माध्यम हुने उल्लेख गर्नुभयो । नेपाल, भारत र बङ्गलादेशको सहभागिता रहेको प्रदर्शनीमा चित्रकलातर्फ २० र हस्तकलातर्फका २६ कलाकारले सहभागिता जनाएका छन् । शनिबारदेखि शुरु भएको प्रदर्शनी सात दिनसम्म चल्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोस्रो हारसँगै नेपालको एएफसी कपमा छनोट हुने सम्भावना सकियो
दोस्रो हारसँगै नेपालको एएफसी कपमा छनोट हुने सम्भावना सकियो
एन्फा निर्वाचनः शेर्पा र कुँवरकाे फरक मत !
एन्फा निर्वाचनः शेर्पा र कुँवरकाे फरक मत !
आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध समापन गरिँदै
आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध समापन गरिँदै
शाहरूखको ‘डंकी’को भन्दा प्रभासको ‘सालार’काे टिकट बढी बुकिङ
शाहरूखको ‘डंकी’को भन्दा प्रभासको ‘सालार’काे टिकट बढी बुकिङ
सुत्केरी ब्यथाले छटपटिएकी महिलाको २२ घण्टा पछि सेनाको हेलिकप्टरबाट उद्धार
सुत्केरी ब्यथाले छटपटिएकी महिलाको २२ घण्टा पछि सेनाको हेलिकप्टरबाट उद्धार
हामी आफ्नो आङ्मा भैसी हिडेको नदेखने तर अर्काको आङ्गमा जुम्रा हिडेको पनि देख्ने – भिडियो सहित
हामी आफ्नो आङ्मा भैसी हिडेको नदेखने तर अर्काको आङ्गमा जुम्रा हिडेको पनि देख्ने – भिडियो सहित
दुईवटी  स्वास्नीका दमन रुपाखेतीलाई ज्यान जोगाउन पर्यो गारो (भिडियो सहित )
दुईवटी स्वास्नीका दमन रुपाखेतीलाई ज्यान जोगाउन पर्यो गारो (भिडियो सहित )
ट्रम्पका पूर्वसल्लाहकारलाई जेलसजाय, यस्तो छ कारण
ट्रम्पका पूर्वसल्लाहकारलाई जेलसजाय, यस्तो छ कारण
गाँजाको व्यवसायिक उत्पादनको कानूनी बाधा तत्काल हटाउन संसदीय समितिको निर्देशन
गाँजाको व्यवसायिक उत्पादनको कानूनी बाधा तत्काल हटाउन संसदीय समितिको निर्देशन
पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै
पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

तपाईंले छुटाउनुभयो कि?