बुटवल उप–महानगरपालिको बजेट एक अर्ब ६३ करोड

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र १३, २०७४
|
|
४२ पटक हेरिएको
Shares
बुटवल उप–महानगरपालिको बजेट एक अर्ब ६३ करोड

सारांश

  •  आचार्य प्रदीप बुटवल, १३ भदौ ।
  • बुटवल उप–महानगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि एक अर्ब ६३ करोडको बजेट तय गरेको छ ।
  • नगरसभाले चालु आर्थिक वर्षका लागि एक अर्ब ६३ करोड ३५ लाख ७८ हजार ८ सय ५ रूपैयाँको बजेट पारित गरेको हो ।

 आचार्य प्रदीप बुटवल, १३ भदौ । बुटवल उप–महानगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि एक अर्ब ६३ करोडको बजेट तय गरेको छ । नगरसभाले चालु आर्थिक वर्षका लागि एक अर्ब ६३ करोड ३५ लाख ७८ हजार ८ सय ५ रूपैयाँको बजेट पारित गरेको हो । आइतबारको नगरसभा बैठकमा नगर प्रमुख शिवराज सुवेदीले बजेट प्रस्तुत गरेका थिए ।

बजेट प्रस्तुत गर्दै प्रमुख सुवेदीले नगरबासीको विकासको चाहनालाई साधन र स्रोतले भ्याएसम्म समेट्ने प्रयास गरिएको बताए । बजेटमा आन्तरिक स्रोत तर्फबाट २३ करोड ७२ लाख ६३ हजार ९ सय ६५ अर्थात् १४ दशमलव ५२ प्रतिशत र बाह्य स्रोतबाट एक अर्ब ३९ करोड ६३ लाख १४ हजार ८ सय ४० रूपैयाँ अर्थात् ८५ दशमलव ४८ प्रतिशत प्राप्त हुने उल्लेख छ । बजेटमा चालु खर्चतर्फ २९ करोड ६१ लाख ५६ हजार रूपैंया छुट्याइएको छ । यो कुल बजेटको १८ दशमलव १३ प्रतिशत हो । यस्तै पूर्वाधर तथा सामाजिक विकासका लागि कुल एक अर्ब ३३ करोड ७४ लाख २२ हजार ८ सय ५ रूपैयाँ विनियोजन गरिएको छ ।

यो कुल बजेटको ८१ दशमलव ८७ प्रतिशत हो । चालु खर्चतर्फको बजेट मध्येबाट कर्मचारी तलब भत्ता तथा कार्यालय संचालनका लागि १५ करोड ६६ लाख ५६ हजार रूपैयाँ विनियोजन गरिएको छ । त्यस्तै सामाजिक सुरक्षा भत्तामा १३ करोड ३५ लाख छुट्याइएको छ भने क्षमता विकास कार्यक्रमका लागि ६० लाख विनियोजन गरिएको छ । बजेटमा पूर्वाधार विकास तथा सामाजिक विकास कार्यक्रमका लागि विनियोजन गरिएको कुल बजेटको मध्ये क्रमागत केन्द्रीय तथा नगर स्तरीय योजना कार्यक्रमका लागि एक अर्ब २५ करोड ७२ लाख ९७ हजार ८ सय ५ रूपैयाँ विनियोजन गरिएको छ । त्यस्तै सामाजिक विकास तथा अन्य लक्षित विकास कार्यक्रमहरूका लागि कुल ८ करोड १२ लाख ५ हजार रूपैयाँ विनियोजन गरिएको छ ।

सामाजिक विकास कार्यक्रम अन्तर्गत् महिला विकास कार्यक्रमका लागि एक करोड ५ लाख रूपैयाँ निर्धारण गरिएको छ । यसैगरी युवा तथा बालबालिका विकास कार्यक्रमका लागि सामाजिक विकासतर्फकै बजेटबाट कुल ४ करोड ४६ लाख विनियोजन गरिएको छ । यस्तै अन्य लक्षित विकास कार्यक्रमका लागि २ करोड ५० लाख २५ हजार विनियोजन गरिएको छ । साउन ३२ बाट सुरु भएको नगरसभा बैठक अर्थ विधेयक र विनियोजन विधेयक पारित गरेसँगै सकिएको नगर कार्यपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पक्राउ परे कृष्णबहादुर महरा
पक्राउ परे कृष्णबहादुर महरा
नेपाल कम्युनिष्ट पार्टी रुकुमका सेक्रेटरी सहित २५ जना नेता कार्यकर्ता पक्राउ !
नेपाल कम्युनिष्ट पार्टी रुकुमका सेक्रेटरी सहित २५ जना नेता कार्यकर्ता पक्राउ !
चिनियाँ राष्ट्रपतिको सम्मानमा रात्रिभोज, मेन्यूमा थिए यी परिकार
चिनियाँ राष्ट्रपतिको सम्मानमा रात्रिभोज, मेन्यूमा थिए यी परिकार
लकडाउन झन कडा बनाउन प्रम ओलीको निर्देशन
लकडाउन झन कडा बनाउन प्रम ओलीको निर्देशन
विस्फोटनको घटनापछि लेवनानका प्रधानमन्त्रीले दिए राजीनामा
विस्फोटनको घटनापछि लेवनानका प्रधानमन्त्रीले दिए राजीनामा
माडीबासीले  प्रचण्डलाई माफी दिए त !?
माडीबासीले प्रचण्डलाई माफी दिए त !?
ग्रामिण विकास संस्था नेपालको २३ औ स्थापना दिवस पत्रकार सम्मेलन द्वारा मनाईयो
ग्रामिण विकास संस्था नेपालको २३ औ स्थापना दिवस पत्रकार सम्मेलन द्वारा मनाईयो
प्रधानमन्त्रीले बुबा र सासुलाई चेक दिंदै भने, ‘बृद्धभत्ता बढ्छ, यो सरकार बूढाबूढीको भलो चिताउँछ’
प्रधानमन्त्रीले बुबा र सासुलाई चेक दिंदै भने, ‘बृद्धभत्ता बढ्छ, यो सरकार बूढाबूढीको भलो चिताउँछ’
रत्ननगर नगरपालिका, चितवनको ताजा मत परिणाम
रत्ननगर नगरपालिका, चितवनको ताजा मत परिणाम
सोनम कपूरकाे विहेका मुख्य गुरुसहित पुजारीविरुद्ध कारवाहीको माग गर्दै उजुरी !
सोनम कपूरकाे विहेका मुख्य गुरुसहित पुजारीविरुद्ध कारवाहीको माग गर्दै उजुरी !