भारतमा देखाउन १६ लाख मा ‘मेला’

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
४८ पटक हेरिएको
Shares
भारतमा देखाउन १६ लाख  मा ‘मेला’

सारांश

  • २०७४-आउँदो कात्तिक २४ गते देशभर रिलिज हुने तरखरमा रहेको ‘मेला’ लाई भारतमा प्रदर्शन गर्ने अधिकार भोजपुरी फिल्मका नायक प्रदेशी साहले किनेका छन् ।
  • उनले प्रदर्शन अधिकार १६ लाख रुपैयाँमा किनेका हुन् ।
  • ‘मैले यो फिल्मका तीनवटै गीत र ट्रेलर हेरेको छु,’ प्रदेशीले भने, ‘यो फिल्ममा म आफैंले पनि महत्त्वपूर्ण भूमिका निभाएको छु ।

२०७४-आउँदो कात्तिक २४ गते देशभर रिलिज हुने तरखरमा रहेको ‘मेला’ लाई भारतमा प्रदर्शन गर्ने अधिकार भोजपुरी फिल्मका नायक प्रदेशी साहले किनेका छन् । उनले प्रदर्शन अधिकार १६ लाख रुपैयाँमा किनेका हुन् ।

‘मैले यो फिल्मका तीनवटै गीत र ट्रेलर हेरेको छु,’ प्रदेशीले भने, ‘यो फिल्ममा म आफैंले पनि महत्त्वपूर्ण भूमिका निभाएको छु । फिल्म समग्रमा अत्यन्त राम्रो र समयसापेक्ष बनेको छ, त्यसकारण मैले यसको भारतमा प्रदर्शनको अधिकार सुरक्षित पारेको हुँ । दिल्ली र मुम्बईमा प्रशस्त नेपाली छन्, त्यहाँका हलहरूमा प्रदर्शन गर्छु । दार्जिलिङ, सिक्किम, सिलिगुडीलगायत नेपालीभाषीहरूको बाक्लो बसोबास रहेका ठाउँहरूमा पनि सम्भावना राम्रो छ ।’

भारतमा प्रदर्शनको अधिकार बिक्रीसँगै राम्रो रकम हात परेकाले लगानीकर्ताका दृष्टिले आफूलाई सुरक्षित महसुस गरेको पन्तले बताए । ‘यो नेपाली फिल्मको बजारको दायरा पनि फराकिलो हुँदै गएकाले यो अत्यन्त सकारात्मक लक्षण पनि हो,’ उनले भने ।

यसअघि राजेश हमाल र कोमल ओली अभिनीत ‘राजनीति’ बनाएका पन्तले आफ्नो दोस्रो फिल्म थप स्तरीय बनेको दाबी गरे ।

वीरगन्जमा मंगलबार प्रदेशीले ‘मेला’ का निर्माता, लेखक तथा सहनिर्देशक हरि पन्तलाई त्यसबापत् चेक हस्तान्तरण गरे ।

वसन्त निरौला निर्देशित ‘मेला’ मा सलोन बस्नेत, अशिष्मा नकर्मी, आमेश भण्डारी मुख्य भूमिकामा छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?