महेन्द्र र चमेरे गुफामा फ्रि वाइफाइ

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन ८, २०७६
|
|
५१ पटक हेरिएको
Shares
महेन्द्र र चमेरे गुफामा फ्रि वाइफाइ

सारांश

  • प्रविधिसँग शहरलाई जोड्ने क्रमसँगै पोखराको पर्यटकीय क्षेत्र महेन्द्र गुफा तथा चमेरे गुफामा निःशुल्क वाइफाइ सेवा शुरु गरिएको छ ।
  • आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने उक्त गुफा घुम्न आउने पर्यटकको सहजताका लागि वाइफाइ सुविधा राखिएको महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक गुरुदत्त भट्टराईले जानकारी दिए ।
  • विन्ध्यवासिनी माविको संरक्षण तथा स्वामित्वमा रहेका दुवै गुफामा सेवा शुरु गरेको उहाँले बताउनुभयो ।

प्रविधिसँग शहरलाई जोड्ने क्रमसँगै पोखराको पर्यटकीय क्षेत्र महेन्द्र गुफा तथा चमेरे गुफामा निःशुल्क वाइफाइ सेवा शुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने उक्त गुफा घुम्न आउने पर्यटकको सहजताका लागि वाइफाइ सुविधा राखिएको महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक गुरुदत्त भट्टराईले जानकारी दिए ।

विन्ध्यवासिनी माविको संरक्षण तथा स्वामित्वमा रहेका दुवै गुफामा सेवा शुरु गरेको उहाँले बताउनुभयो । पोखरा महानगरपालिका–१६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले वाइफाइ सेवाले गुफा क्षेत्रको थप प्रचार हुने र बढीभन्दा बढी पर्यटकका बीचमा पुग्न सकिने विश्वास व्यक्त गरे । उनले गुफाको गुरुयोजनालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै थप आर्कषण बढाउन सके पर्यटकको सङ्ख्यामा वृद्घि हुने धारणा राखे ।

गुरुयोजना निर्माण उपसमितिका सल्लाहकार उदयबहादुर बस्नेतले पर्यटकीयस्थलमा प्रविधिको प्रयोग आवश्यक हुने बताए । प्रविधिमैत्री वातावरणले नै पर्यटकलाई आकर्षण गर्ने उनको भनाइ थियो । गुरुयोजना निर्माण उपसमितिका सल्लाहाकार सुशील वस्नेतले प्रविधिमार्फत गुफा क्षेत्रको प्रचारप्रसार हुने विश्वास व्यक्त गरे ।

समितिले गुफा क्षेत्रको गतिविधिलाई व्यवस्थित र सुरक्षित बनाउन यसअघि नै सिसी क्यामेरा जडान गरिसकेको अप्रेशन म्यानेजर शिशिर पौडेलले जानकारी दिए । वाइफाइ सेवा शुरु भएसँगै अब गुफा घुम्न आउने आन्तरिक तथा बाहृय पर्यटकले तत्स्थानबाटै फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेर गुफाको प्रचारप्रसार गर्न सक्ने उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जापानबाट लाखैलाख पठाउने छोरीलाई कस्तो ज्वाईं खोज्ने !
जापानबाट लाखैलाख पठाउने छोरीलाई कस्तो ज्वाईं खोज्ने !
आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर
वनले जग्गा उपलब्ध नगराएपछि मोदीको नेपाल भ्रमण रोकियो
वनले जग्गा उपलब्ध नगराएपछि मोदीको नेपाल भ्रमण रोकियो
साकार हुँदै जित्नैपर्ने दबाब
साकार हुँदै जित्नैपर्ने दबाब
सिन्डिकेट विरुद्ध विद्यार्थी बोक्ने बसले यात्रु ओसारे
सिन्डिकेट विरुद्ध विद्यार्थी बोक्ने बसले यात्रु ओसारे
पाँचथर हत्याकाण्ड : मृतक परिवारलाई केहीदिन अघि मात्र नुनमा शिशा हालेर खुवाईएको तथ्य बाहिरियो
पाँचथर हत्याकाण्ड : मृतक परिवारलाई केहीदिन अघि मात्र नुनमा शिशा हालेर खुवाईएको तथ्य बाहिरियो
भूमिहीनको सुखद दिन: इच्छाकामना र कनकाईका ३९ परिवारले पाए वर्षौँपछि जग्गाको लालपुर्जा
भूमिहीनको सुखद दिन: इच्छाकामना र कनकाईका ३९ परिवारले पाए वर्षौँपछि जग्गाको लालपुर्जा
पुरुष नपुंसकताविरुद्ध भियग्रालाई अनुमति देखि ५८३ जना मृत्यु भएको त्यो हवाई दुर्घटना
पुरुष नपुंसकताविरुद्ध भियग्रालाई अनुमति देखि ५८३ जना मृत्यु भएको त्यो हवाई दुर्घटना
ट्राफिक प्रहरी नायव निरीक्षक  अख्तियारकाे फन्दामा
ट्राफिक प्रहरी नायव निरीक्षक अख्तियारकाे फन्दामा
सलमान खानले जम्मु कश्मिर आक्रमणको निन्दा गर्दै पाकिस्तानी गायकलाई हटाए
सलमान खानले जम्मु कश्मिर आक्रमणको निन्दा गर्दै पाकिस्तानी गायकलाई हटाए

तपाईंले छुटाउनुभयो कि?