म कुनै काम पर्दा पछाडि गर्दिन : प्रधानमन्त्री ओली

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण ८, २०७५
|
१
|
५२ पटक हेरिएको
Shares
म कुनै काम पर्दा पछाडि गर्दिन : प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आउने सानातिना समस्या सजिलै हल हुने बताएका छन् ।
  • छिन्नलता गीत पुरस्कार गुठीले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जनताले आफूलाई देश बनाउने जिम्मेवारी दिएकोले त्यसलाई इमान्दारिताका साथ पुरा गर्ने बताए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आउने सानातिना समस्या सजिलै हल हुने बताएका छन् । छिन्नलता गीत पुरस्कार गुठीले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जनताले आफूलाई देश बनाउने जिम्मेवारी दिएकोले त्यसलाई इमान्दारिताका साथ पुरा गर्ने बताए ।

“म कुनै पनि काम पर्दा पछाडि गर्दिनँ” प्रधानमन्त्री ओलीले भने, “भ्रष्टाचार गर्दिन । कसैलाई गर्न पनि दिन्न र सबै काम पारदर्शी ढंगले गर्छु ।”

समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य जसरी पनि हासिल गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले नेपाली कला र साहित्यले सरकार र आफ्नो व्यक्तिगत तर्फबाट सदैव सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा ३६ औं छिन्नलता पुरस्कार तथा सम्मानबाट गायक ज्ञानेन्द्र गदाल, वसन्त क्षेत्री, संगीता प्रधान राना, मेलिना चाम्लिङ राई पुरस्कृत भएका छन् । यसैगरी राजनराज शिवाकोटी, शान्ति ठटाल, शिवशंकर थापा र कोमल वली सम्मानित भएका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bharat Rai Rai

    गरियो बिकास कालो धम्दाको भिलेन हो किनकि ३३किलो सुन प्रकरणलाइ किन गुमनाम गरिन्दैछ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अख्तियारले गच्छेदारलाई हान्दा देउवाको पुनः पार्टी सभापति बन्ने योजनामा धक्का
अख्तियारले गच्छेदारलाई हान्दा देउवाको पुनः पार्टी सभापति बन्ने योजनामा धक्का
विदा माग्न पुगेका आदिवासी जनजाति नेताहरुलाई के भने अध्यक्ष प्रचण्डले ?
विदा माग्न पुगेका आदिवासी जनजाति नेताहरुलाई के भने अध्यक्ष प्रचण्डले ?
कन्सुलर सेवा आधा घण्टामै
कन्सुलर सेवा आधा घण्टामै
छोरा मलेसियाको जेलमा : नेपाल ल्याइदिन आमा र परिवारको आग्रह
छोरा मलेसियाको जेलमा : नेपाल ल्याइदिन आमा र परिवारको आग्रह
विहान ६ बजे सम्म बागलुङको  निर्वाचन मगणना अपडेट
विहान ६ बजे सम्म बागलुङको निर्वाचन मगणना अपडेट
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष भुसालसहित पाँच सदस्यीय टोली भारत प्रस्थान
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष भुसालसहित पाँच सदस्यीय टोली भारत प्रस्थान
आठबुँदे घोषणापत्र जारी गर्दै सकियो महिला नेतृत्व शिखर सम्मेलन
आठबुँदे घोषणापत्र जारी गर्दै सकियो महिला नेतृत्व शिखर सम्मेलन
फेसबुकले गरायो ४८ वर्षपछि परिवारसंग पुर्नमिलन
फेसबुकले गरायो ४८ वर्षपछि परिवारसंग पुर्नमिलन
चीनले थाल्यो कलंकी–चावहिल सडक विस्तारको काम
चीनले थाल्यो कलंकी–चावहिल सडक विस्तारको काम
मन्त्री यादवद्वारा मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन
मन्त्री यादवद्वारा मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन

तपाईंले छुटाउनुभयो कि?