राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्वपूर्ण : अध्यक्ष यादव

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण ५, २०८०
|
|
४३ पटक हेरिएको
Shares
राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्वपूर्ण : अध्यक्ष यादव

सारांश

  • काठमाडौँ ।
  • जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
  • सङ्घीय कानुन व्यवसायी सङ्घको पहिलो राष्ट्रिय सम्मेलनको उदघाटनमा उनले नेपालमात्रै नभई संसारभर ठूला–ठूला परिवर्तनमा कानुन व्यवसायीको नेतृत्वदायी भूमिका रहेको उल्लेख गरे ।

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

सङ्घीय कानुन व्यवसायी सङ्घको पहिलो राष्ट्रिय सम्मेलनको उदघाटनमा उनले नेपालमात्रै नभई संसारभर ठूला–ठूला परिवर्तनमा कानुन व्यवसायीको नेतृत्वदायी भूमिका रहेको उल्लेख गरे । अध्यक्ष यादवले सङ्घीय प्रणालीको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै मुलुकको न्याय प्रणाली निष्पक्ष र स्वतन्त्र बनाइनुपर्नेमा जोड दिए ।

उनले सङ्घीयताको वास्तविक कार्यान्वयनका लागि संविधान संशोधन आवश्यक भएको दाबी समेत गरे । पार्टीलाई विधि र बौद्धिक दिशा दिनेतर्फ लैजान सङ्घले भूमिका खेल्नुपर्ने भन्दै अध्यक्ष यादवले न्यायालय समावेशी हुनुपर्ने माग गरे ।

सो अवसरमा पूर्वमन्त्री एवं जसपाका कार्यकारिणी सदस्य राजेन्द्रप्रसाद श्रेष्ठले कानुन व्यवसायीको दायित्व निर्वाह गर्दै स्वतन्त्र र निष्पक्ष न्यायालायको पक्षमा वकालत गर्नुपर्ने आवश्यकता औल्याए । 
  
सङ्घका अध्यक्ष दीपक राईले कानुन व्यवसायीको हकहितको साथै स्वतन्त्र र पारदर्शी न्यायालयको पक्षमा खबरदारी गर्न संस्थाले भूमिका खेल्ने प्रतिबद्धता जनाए । दुई दिनसम्म चलने सम्मेलनले नयाँ कार्यसमितिका लागि नेतृत्व चयन गर्नेछ । 

(https://ctlsites.uga.edu/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइएफआरसीको महासचिवमा पुनः चापागाईं
आइएफआरसीको महासचिवमा पुनः चापागाईं
युट्युबर अर्जुन भूषालमार्फत बालक रुदिक परियारका लागि दुई दिनमै झण्डै २८ लाख संकलन
युट्युबर अर्जुन भूषालमार्फत बालक रुदिक परियारका लागि दुई दिनमै झण्डै २८ लाख संकलन
एयरपोर्टमा सुवासको सिन्डिकेट, बामदेवको आडमा यसरी गर्छन डलर र सुनको तस्करी  !
एयरपोर्टमा सुवासको सिन्डिकेट, बामदेवको आडमा यसरी गर्छन डलर र सुनको तस्करी !
अर्को साता बिस्तार हुने मन्त्रिपरिषद्मा मन्त्री बन्ने सम्भावनामा को को ???
अर्को साता बिस्तार हुने मन्त्रिपरिषद्मा मन्त्री बन्ने सम्भावनामा को को ???
तीन बजे ओली नेतृत्वको मन्त्रिपरिषद्को दोस्रो बैठक
तीन बजे ओली नेतृत्वको मन्त्रिपरिषद्को दोस्रो बैठक
​के यो प्रचण्ड विचारधाराको हत्या होइन ?
​के यो प्रचण्ड विचारधाराको हत्या होइन ?
अरुका नामका भएका सिमकार्ड प्रयोग गर्न नपाउने
अरुका नामका भएका सिमकार्ड प्रयोग गर्न नपाउने
“खुला आकाश” प्रतिरक्षा सन्धिबाट अमेरिका बाहिरियो
“खुला आकाश” प्रतिरक्षा सन्धिबाट अमेरिका बाहिरियो
प्रधानमन्त्रीको राजिनामा माग्न वालुवाटार पुगे ओली र प्रचण्ड, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे पनि छलफल चल्दै
प्रधानमन्त्रीको राजिनामा माग्न वालुवाटार पुगे ओली र प्रचण्ड, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे पनि छलफल चल्दै
दक्षिण एसियामै नेपाल पहिलो खुला दिसामुक्त मुलुक
दक्षिण एसियामै नेपाल पहिलो खुला दिसामुक्त मुलुक

तपाईंले छुटाउनुभयो कि?