राप्रपालाई राष्ट्रिय राजनीतिमा स्थापित गराएरै छाड्ने प्रण : कमल थापा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र २९, २०७४
|
|
५० पटक हेरिएको
Shares
राप्रपालाई राष्ट्रिय राजनीतिमा स्थापित गराएरै छाड्ने प्रण : कमल थापा

सारांश

  • पोखरा ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल कहिल्यै हिन्दूराष्ट्र नहोस् भन्ने चाहने र नेपालमा राजसंस्थाको पुनस्र्थापना नहोस् भन्ने आत्मसमर्पणवादी मानसिकता भएकाहरुले पार्टी विभाजन गराएको बताएका छन् ।
  • पश्चिमाञ्चलका स्थानीय तहका अध्यक्षहरुको सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपालाई कमजोर बनाउन लागि परेकाहरुलाई परास्त गर्दै राप्रपालाई नेपालको राष्ट्रिय राजनीतिमा जबर्जस्त ढंगबाट स्थापित गराएरै छाड्ने प्रण गरे ।

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल कहिल्यै हिन्दूराष्ट्र नहोस् भन्ने चाहने र नेपालमा राजसंस्थाको पुनस्र्थापना नहोस् भन्ने आत्मसमर्पणवादी मानसिकता भएकाहरुले पार्टी विभाजन गराएको बताएका छन् ।

पश्चिमाञ्चलका स्थानीय तहका अध्यक्षहरुको सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपालाई कमजोर बनाउन लागि परेकाहरुलाई परास्त गर्दै राप्रपालाई नेपालको राष्ट्रिय राजनीतिमा जबर्जस्त ढंगबाट स्थापित गराएरै छाड्ने प्रण गरे ।

पार्टी विभाजनमा पशुपति शमसेर राणा केवल मोहरा मात्र भएको बताउँदै अध्यक्ष थापाले पार्टी एकिकरणसँगै आएका केही भ्रष्ट र सत्ता लोभीहरूको क्षणीक स्वार्थपूर्ति भएपनि त्यो दिगो नहुने बताए ।

पार्टी विभाजनबाट विचलीत नभइ आगामी प्रदेशसभा र प्रतिनिधीसभाको निर्वाचनलाई मध्यनजर गरेर संगठन निर्माणमा लाग्न उनले कार्यकर्ताहरुलाई आग्रह गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तोरणबहादुर गुरुङ, हेमजंग गुरुङ, डा. भिमसेन गुरुङ, दिलविकास राजभण्डारी, कुलबहादुर गुरुङ ‘कुलु’, गिता गुरुङ, इन्द्रबहादुर मल्ल लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

राप्रपा कास्कीका जिल्ला अध्यक्ष जयलाल पुनको सभापतित्वमा सम्पन्न उक्त उद्घाटन सत्रमा विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रवेश गर्ने दर्जनौं व्यक्तित्वहरुलाई पार्टी सदस्यता प्रदान गरी अध्यक्ष कमल थापाले स्वागत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनको सुरक्षा तयारीमा लाग्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन
निर्वाचनको सुरक्षा तयारीमा लाग्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन
राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्ने गरी संविधान संसोधनको तयारी, बामदेव गौतम प्रम बन्न सक्ने !
राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्ने गरी संविधान संसोधनको तयारी, बामदेव गौतम प्रम बन्न सक्ने !
शेरबहादुर देउवालाई केपी ओलीको प्रश्नै प्रश्न
शेरबहादुर देउवालाई केपी ओलीको प्रश्नै प्रश्न
उदयपुर बेल्टार तनावग्रस्तः दर्जनौ सेल अश्रुग्यास प्रहार
उदयपुर बेल्टार तनावग्रस्तः दर्जनौ सेल अश्रुग्यास प्रहार
नेपालको खराब सुरुवात, तीन जना ब्याट्सम्यान सस्तैमा आउट
नेपालको खराब सुरुवात, तीन जना ब्याट्सम्यान सस्तैमा आउट
बाबुराम र उपेन्द्रका यस्ता योजना : ११ प्रदेश र कार्यकारी राष्ट्रपतिको एजेण्डा व्युँताउने, प्रचण्डसँग सहकार्य !
बाबुराम र उपेन्द्रका यस्ता योजना : ११ प्रदेश र कार्यकारी राष्ट्रपतिको एजेण्डा व्युँताउने, प्रचण्डसँग सहकार्य !
‘मोदी सरकारको उल्टो दिन गन्ती सुरु’
कोरोनाको संन्त्रासमा ‘सात्विक’ होली !
कोरोनाको संन्त्रासमा ‘सात्विक’ होली !
बागमती प्रदेश : यस्ता छन् मन्त्रिपरिषद्को निर्णयहरु
बागमती प्रदेश : यस्ता छन् मन्त्रिपरिषद्को निर्णयहरु
उदयपुरमा बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप शुरु
उदयपुरमा बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप शुरु

तपाईंले छुटाउनुभयो कि?