रास्वपा नेता र सांसद विरुद्धको अवहेलना : प्रमाण पेश गर्न सर्वोच्चको आदेश

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर ११, २०८१
|
|
५६ पटक हेरिएको
Shares
रास्वपा नेता र सांसद विरुद्धको अवहेलना : प्रमाण पेश गर्न सर्वोच्चको आदेश

सारांश

  • काठमाडौं।
  • सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारी एवं सांसदहरुविरुद्ध दायर अदालतको अवहेलना निवेदनमा सम्बन्धित प्रमाणहरु पेश गर्न आदेश दिएको छ ।
  • न्यायाधीशहरु डा.

काठमाडौं। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारी एवं सांसदहरुविरुद्ध दायर अदालतको अवहेलना निवेदनमा सम्बन्धित प्रमाणहरु पेश गर्न आदेश दिएको छ ।

न्यायाधीशहरु डा. मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले निवेदनका साथ उल्लेखित विवरणहरुसँग सम्बन्धित कागजात र प्रमाणहरु पेश गर्न आदेश दिएको हो । आदेशको प्रति भने सार्वजनिक भइसकेको छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ भएपछि रास्वपाका केन्द्रिय पदाधिकारी एवं सांसदहरुले पोखरामा प्रदर्शन गर्दै आएका थिए ।

प्रहरीले पक्राउ गरेको र अदालतको अनुमतिमा म्याद थप भइसकेको व्यक्तिलाई रिहा गराउन दवाव स्वरुप सडक आन्दोलन गरेकोमा प्रश्न उठाइ अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

निवेदनमा उनले लेखेका छन्, ‘अदालतमा विचाराधिन रहेको मुद्दालाई प्रभावित पार्ने गरी न्याय प्रक्रियालाई दुष्चक्रमा पार्ने गरी रास्वपाका सांसद र पार्टीका सदस्यहरु लाग्दा विधायिकाले नै कानूनी प्रक्रिया र फौजदारी न्याय प्रणालीमा अवरुद्ध गर्ने काम गर्दै आएका छन् ।’

त्यही निवेदनको प्रारम्भिक सुनुवाईपछि सर्वोच्च अदालतले प्रमाण र कागजात बुझाउन आदेश दिएको हो ।

रास्वपाका सबै केन्द्रीय पदाधिकारीसहित बाग्मती प्रदेशका सभापति डा.अच्युतम लामिछाने, कार्यबाहक प्रवक्ता मनिष झा, लगायत रवि लामिछाने बाहेक २० जना सांसदलाई नै विपक्षी बनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जन्मदरको लक्ष्य पूरा गर्न चिनियाँ सरकारले दोस्रो सन्तान जन्माउने जोडीलाई आर्थिक प्रोत्साहन
जन्मदरको लक्ष्य पूरा गर्न चिनियाँ सरकारले दोस्रो सन्तान जन्माउने जोडीलाई आर्थिक प्रोत्साहन
चिनी पकाएर वनाइएको १५ क्विन्टल चिनीमह वरामद , दुई महिला पक्राउ.
चिनी पकाएर वनाइएको १५ क्विन्टल चिनीमह वरामद , दुई महिला पक्राउ.
ताप्लेजुङमा असईसहित ६ जना प्रहरी निलम्बन
ताप्लेजुङमा असईसहित ६ जना प्रहरी निलम्बन
भारतको महाराष्ट्रमा माओवादीको भिषण आक्रमण, १६ सुरक्षाकर्मीको मृत्यु
भारतको महाराष्ट्रमा माओवादीको भिषण आक्रमण, १६ सुरक्षाकर्मीको मृत्यु
आज काठमाडौँ उपत्यकामा भोटो जात्रा मनाइदै
आज काठमाडौँ उपत्यकामा भोटो जात्रा मनाइदै
प्रधानमन्त्रीलाई बाबुरामको प्रश्न : भ्रष्टाचारको छानबिन गर्न कसले रोकेको हो त ?
प्रधानमन्त्रीलाई बाबुरामको प्रश्न : भ्रष्टाचारको छानबिन गर्न कसले रोकेको हो त ?
महाभियोग प्रस्तावबारे कांग्रेस–माओवादीका आ–आफ्नै दाबी
महाभियोग प्रस्तावबारे कांग्रेस–माओवादीका आ–आफ्नै दाबी
नयाँ वर्षमा बन्दीपुर आन्तरिक पाहुनाले भरिभराउ
नयाँ वर्षमा बन्दीपुर आन्तरिक पाहुनाले भरिभराउ
कोशी प्रदेश विवाद ‘हेर्न नमिल्ने’ मा
कोशी प्रदेश विवाद ‘हेर्न नमिल्ने’ मा
आज शनिबार, यस्तो छ तपाईंको राशिफल
आज शनिबार, यस्तो छ तपाईंको राशिफल

तपाईंले छुटाउनुभयो कि?