लहान सडक ठेकदारको लागि दुहुनु गाई !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख २५, २०७५
|
|
५० पटक हेरिएको
Shares
लहान सडक ठेकदारको लागि दुहुनु गाई !

सारांश

  • अस्बिन खडका, २५ वैशाख ।
  • पुर्बाञ्चल सडक डिभीजन कार्यालय ५ नम्वर लहान सडकले प्रत्येक बर्ष गाईघाट कदमाहा सडक खण्डमा सडक मर्मत तथा सुघार का नाममा करीब ४० लाख बराबरको टेण्डर अाह्वान गर्छ ।
  • प्रत्येक बर्ष कामको लागी ठेक्का लगाउदाँ पनी सडक भने जस्ताको तस्तै अबस्थामा रहेको छ ।

अस्बिन खडका, २५ वैशाख । पुर्बाञ्चल सडक डिभीजन कार्यालय ५ नम्वर लहान सडकले प्रत्येक बर्ष गाईघाट कदमाहा सडक खण्डमा सडक मर्मत तथा सुघार का नाममा करीब ४० लाख बराबरको टेण्डर अाह्वान गर्छ । प्रत्येक बर्ष कामको लागी ठेक्का लगाउदाँ पनी सडक भने जस्ताको तस्तै अबस्थामा रहेको छ ।

लहान सडकले लगाएको उक्त सडक खण्ड भने सप्तरी र उदयपुर जील्लामा पर्ने गरेका कारण पनी गुणस्तरका काम नहुदाँ र कामै नगरी सबै पैसा भुक्तानी हुदाँसम्मपनी सो काम हेर्नका लागी सबन्धित निकाय अहिले सम्म माैन रहेकाे देख्न सकिन्छ । उक्त कामको ठेक्का रकम कर्मचारी र ठेकदारले कामै नगरी बिलमात्र बनाएर खाने गरेका छन ।

गाईघाट सम्म सडक बनाउने ठेक्का लाई ठेकदारले देखाउनका लागी बिच बिचमा साधारण पिच बाटो मर्मत गरेर जान्छन उक्त सडक बिभाग ले बाटोमा पर्ने बिभीन्न ठाउँमा तारजाली लगाउनको लागी प्रत्येक बर्ष सोही ठेक्कामा खुलाएको भएतापनी ठेकदार कम्पनी ले कामै नगरी  रकम सकाउने गरेका छन ।

स्थानीय सप्तरी भेडीया का ज्योती यादब भन्छन  नाम कदमाहा गाईघाट भनीन्छ तर काम अली अली गरेजस्तो गरेर जान्छन । उनले २ दीन अगाडी काम भएको पीच देखाउदै भने यो काम हेर्नेुस त कालोपत्रे पीच भनेर यसो कालो गीटी छरदै जान्छन २ दीन अगाडी बनाएको पीच हेर्दा लगभग सबै उक्कीएर यताउता छरप्रस्ट भइसकेको छ ।

अरु त जसोतसो काम चलाउने भएता पनी जलजले देखी लालपता सम्मको जंगलको ४/५ वटा यस्ता ठाँउ छन जुन यसपालीको ठेकदारबाट काम नगर्दा बर्षा लागेपछी यातायात नै बन्द हुने अबस्थामा छ।

सो रुटमा दिनैपीच्छे बस चलाउने गणेश खत्री भन्छन ‘अहिले नै त्यो ठाँउमा पहिरो गएर एउटा गाडी बल्ल बल्ल पास हुने गरेकोमा अब १ मीटर मात्र सडक पहीरोमा परेमा उदयपुर जील्लाको सदरमुकाम र त्रीयुगा नगर क्षेत्र नै सडक संजालमा नजोडीने ,यातायात ठप्प रहने र त्यसको मार सबै जिल्ला बासीले भोग्नुपर्ने स्थितिकाे सृजना हसन्छ ।सो कामको ठेक्का लगाउदाँ सीरहाको बजरग निमार्ण सेवा ले २४ लाखमा काम पारेको लहान सडक डीभीजन कार्यालय ले बताएको छ।

कदमाहा गाईघाट खण्डको अर्का लापरबाही काम भनेको बगाहा खोलाको पुल समेत रहेको छ। २०७० साल असार मसान्तसम्म सकेर सरकार लाई हस्तान्तरण गर्नेुपर्ने सम्झौता अनुरुप ठेक्का प्रक्रीया सबैभन्दा कम मुल्यमा रहेको विपी र बहादुरसिह जे.भी.ले उक्त ठेक्का ३ करोड ७०लाख २०हजारमा निर्माण गर्न को लागी सरकार सँग सम्झौता गरेको थियो ।

ठेकदारका प्रतीनिधी फौदसिहं पाण्डेले काम गर्ने भनी पेश्की बापतको रकम १ करोड ६०लाख रुपैया पैसा लिएर काम नगरीे पुलको पैसाले गाडी किनेर काठमाडाैमा बसेपछी पुल अलपत्र भएको हो।

सडक डिभीजन लाहानले निरीक्षण तथा कारबाही गर्नेुपर्नेमा उल्टैै मीलोमतो गरी रकम लिदै म्याद बढाउदै गरेपछी स्थानीय जिल्ला समबन्य समीतीका प्रमुख खडग परीयार, प्रशासन,  निर्माण ब्यवसायी संघ र सरोकारवाला निकायको अनुगमन पछी अबको ३ महिना भित्रमा पुल बनाईसक्ने नभएमा फर्मलाई कालोसुचि,बैक खाता रोक्का र कारवाही समेत गरीने भनेका थीए ।

तर ३ महीना त के अनुगमनको ५ महिना बढी भईसक्दापनी पुल जस्ताको त्यस्तै छ,काम सुरुपनी भएको छैन।यसरी लहान सडकले कदमाहा गाईघाट मा लगाउने ठेक्का केबल देखाउन र कमीशन खानका लागी मात्र भएको स्थानीय भरत दाहाल ले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वस्थ समाज निर्माणमा भक्तपुरको ठूलो फड्को: १० हजारभन्दा बढी बालबालिका समेट्दै जिल्ला ‘पूर्ण खोप सुनिश्चित’
स्वस्थ समाज निर्माणमा भक्तपुरको ठूलो फड्को: १० हजारभन्दा बढी बालबालिका समेट्दै जिल्ला ‘पूर्ण खोप सुनिश्चित’
प्रियंका चोपडालाई लिन आए निक जोन्स
प्रियंका चोपडालाई लिन आए निक जोन्स
प्रत्यक्ष निर्वाचनतर्फको उम्मेदवारी दर्ता आज
प्रत्यक्ष निर्वाचनतर्फको उम्मेदवारी दर्ता आज
नेपाल कम्युनिष्ट पार्टी रुकुमका सेक्रेटरी सहित २५ जना नेता कार्यकर्ता पक्राउ !
नेपाल कम्युनिष्ट पार्टी रुकुमका सेक्रेटरी सहित २५ जना नेता कार्यकर्ता पक्राउ !
कर्णाली सरकारले जलवायु परिवर्तनको असर कम गर्न अभियान चलाउने
कर्णाली सरकारले जलवायु परिवर्तनको असर कम गर्न अभियान चलाउने
आफ्नो मालिकको हत्यारालाई कुकुरले मारेपछि……
आफ्नो मालिकको हत्यारालाई कुकुरले मारेपछि……
भेनीसमा खुलेकी सुहाना,हेर्नुहोस् हट तस्विर
भेनीसमा खुलेकी सुहाना,हेर्नुहोस् हट तस्विर
गठबन्धन दलहरुलाई सांसद संख्याका आधारमा मन्त्री
गठबन्धन दलहरुलाई सांसद संख्याका आधारमा मन्त्री
प्रधानमन्त्री ओलीलाई कठोर कदम चाल्न दवाव दिने नेकपामा तयारी
प्रधानमन्त्री ओलीलाई कठोर कदम चाल्न दवाव दिने नेकपामा तयारी
‘चपली हाइट’ की बोल्ड नायिका बिनिता बराल विवाह बन्धनमा
‘चपली हाइट’ की बोल्ड नायिका बिनिता बराल विवाह बन्धनमा

तपाईंले छुटाउनुभयो कि?