वामगठबन्धन लाइ उम्मेद्वारकाे टुंगाे लगाउन कठिन। अब के हुन्छ ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक १२, २०७४
|
|
४८ पटक हेरिएको
Shares
वामगठबन्धन लाइ उम्मेद्वारकाे टुंगाे लगाउन कठिन।  अब के हुन्छ ?

सारांश

  • वामगठबन्धन  पछि देशका अिधकांश जिल्लामा उम्मेद्वारकाे टुंगाे गठबन्धनले नै लगायाे ।
  • तर कुनै ठाउमा भने  उम्मेद्वारकाे टुंगाे  लगाउन   वामगठबन्धन लाइ सकस परेकाे सहजै अनुमान लगाउन सकिनछ ।
  • त्यस्तै सकस अहिले ५ जिल्लामा भएकाे छ ।

वामगठबन्धन  पछि देशका अिधकांश जिल्लामा उम्मेद्वारकाे टुंगाे गठबन्धनले नै लगायाे । तर कुनै ठाउमा भने  उम्मेद्वारकाे टुंगाे  लगाउन   वामगठबन्धन लाइ सकस परेकाे सहजै अनुमान लगाउन सकिनछ । त्यस्तै सकस अहिले ५ जिल्लामा भएकाे छ ।सल्यान, चितवन, झापा, उदयपुर र सुनसरी जिल्लामा   दुवै पार्टीका नेताहरुको समान रुपमा दावी गरेका क्षेत्र भएका कारण जिल्लामा टिकट कस्ले पाउने भनने अन्तिम टुंगो लगाउन कठिन भएको नेताहरुले बताएका छन् ।

विवाद ?
माओवादीनेता राम कार्कीका लागि छुट्टयाउन आग्रह गरियकाे झापाका पाँचवटै क्षेत्रमा नेकपा एमालेले दावी रहेको छ । अन्तिममा झापा २ माओवादी केन्द्रलाई छाड्ने गरी सहमति हुने गरि छलफल भइरहेको बताइएकाे छ ।
सुनसरिमा पनि सहमति जुट्रन सकिरहेकाे छैन । वामपन्थीहरुको वलियो पकड रहेको सुनसरी क्षेत्र नं १ मा एमाले र माओवादी केन्द्र दुवैले दावी गरेपछि सहमति जुट्न नसकेको हो। एमाले सुनसरीका पाँच वटै सिट दावी गरिरहेको छ।

झापा नपाउने स्थिति बनेमा नेता कार्कीलाई उदयपुरबाट उठाउने माओवादी केन्द्रको तयारी रहेको बुझिएको छ । तर उदयपुरमा पनि एमालेले आफ्नो दावी कायम राखेको छ। झापाको विवाद समाधान भएसँगै उदयपुरको टिकट टुंगो लाग्ने नेताहरुले बताएका छन् ।
चितवन–२ मा बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ लाई प्रतिस्पर्धा गराउने माओवादी केन्द्रको तयारी छ । एमाले जिल्ला अध्यक्ष समेत रहेका कृष्णभक्त पोखरेलपनि सोही क्षेत्रमा प्रतिस्पर्धा गर्ने मनसायमा छन् । दुवै पक्षले आ–आफ्नो प्रतिष्ठाको विषय बनाएकाले यो क्षेत्रमा सहमति जुट्न नसकेको हो ।

सल्यानमा पनि सहमतिका लागि सकस परेकाे छ ।
एमाले पोलिटव्यूरो सदस्य प्रकाश ज्वाला र माओवादी केन्द्रका टेकबहादुर बस्नेत दुवैले सल्यान छोड्न मानिरहेका छैनन् ।दुई नेताले सशक्त रुपमा आफ्नो दावी गरेकाले टुंगो लगाउन समस्या देखियकाे हो।

(https://www.banucciteam.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?