वाम गठबन्धनको सम्पर्क कार्यालयमा बम विष्फोट !

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर ९, २०७४
|
|
५७ पटक हेरिएको
Shares
वाम गठबन्धनको सम्पर्क कार्यालयमा बम विष्फोट !

सारांश

  • सिरहा : निर्वाचन नजिकिएपछि सिरहामा सुरक्षा चुनौती बढेको छ ।
  • मिर्चैया नगरपालिका ५ स्थित वाम गठबन्धनको सम्पर्क कार्यालयमा बम विष्फोट भएको छ ।
  • धनगढीमाई नगरपालिका ७ स्थित फुलकहामा राखिएको फोरमको प्रचार गाडीमा समेत बम भेटिएपछि सुरक्षा चुनौती बढेको हो ।

सिरहा : निर्वाचन नजिकिएपछि सिरहामा सुरक्षा चुनौती बढेको छ । मिर्चैया नगरपालिका ५ स्थित वाम गठबन्धनको सम्पर्क कार्यालयमा बम विष्फोट भएको छ । धनगढीमाई नगरपालिका ७ स्थित फुलकहामा राखिएको फोरमको प्रचार गाडीमा समेत बम भेटिएपछि सुरक्षा चुनौती बढेको हो ।

सिरहा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार अजयशंकर नायकले खोलेको गठबन्धनको सम्पर्क कार्यालयमा शुक्रबार दिउँसै बम विष्फोट भएको छ । कार्यालयको नवनिर्मित माथिल्लो तल्लामा कुकर बम विस्फोट भएको सिरहाका एसपी शेखर कोइरालाले जानकारी दिए ।

उनका अनुसार विष्फोटबाट कुनै किसिमको क्षति भएको छैन् । विष्फोट गराएको ठाउँमा जयकृष्ण गोइतको हस्ताक्षर रहेको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा फेला परेको छ ।

यस्तै बम विष्फोट घटनाको एक घण्टा नबित्दै फुलकहामा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको तर्फबाट सिरहा क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका पूर्वमन्त्री शत्रुधन सिंहको प्रचार गाडीमा कुकर बम फेला परेको हो । उम्मेदवार सिंहको प्रचार गाडी बा ३ च ७६६१ नम्बरको गाडीमा कुकर बम फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर राजेश सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार उम्मेदवार सिंहसहितका नेता तथा कार्यकर्ता गाउँमा घरदैलो गर्न गएको र फर्केर गाडीमा चढ्न लाग्दा झोला राखिएको चालकले देखेका थिए । गाडीको पछाडी सिटमा राखिएको उक्त झोला बाहिर निकालेर हेर्दा कुकर बम भेटियो । इन्सपेक्टर सुवेदीले भेटिएको बम डिस्पोज गर्नका लागि नेपाली सेनाको टोलीलाई खबर गरेको बताए ।

एकैदिन एक उम्मेदवारको कार्यालयमा बम विष्फोट र अर्का उम्मेदवारको प्रचार गाडीमा बम भेटिएपछि अन्य उम्मेदवार त्रसित बनेका छन् । सुरक्षा निकायका लागि उम्मेदवार र निर्वाचन प्रचार अभियन्ताको सुरक्षा गर्न हम्मेहम्मेको स्थिति पैदा भएको छ ।

सिरहा प्रशासले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता अर्थात् चुनाव विरोधी गतिविधिमा संलग्न व्यक्तिलाई जहाँ भेटिन्छ, त्यही समात्न निर्देशन जारी गरेको छ । तर, अहिलेसम्म सिरहामा विप्लवका एउटै कार्यकर्ता पक्राउ परेका छैन् । अर्कोतिर विष्फोट भएको ठाउँमा मधेसका भूमिगत समूहको पर्चा पम्पलेट भेटिएपछि सुरक्षा चुनौती झन बढेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?