वैदेशिक रोजगारमा जानेहरुकाे समस्यालाई लिएर सांसदद्वारा सरकारको ध्यानाकर्षण !

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन १, २०७५
|
|
५२ पटक हेरिएको
Shares
वैदेशिक रोजगारमा जानेहरुकाे समस्यालाई लिएर सांसदद्वारा सरकारको ध्यानाकर्षण !

सारांश

  • काठमाडौँ, १ असोज ।
  • वैदेशिक रोजगारमा जाने कामदार तथा व्यवसायीको पीडा राजदूतावासका कर्मचारीले नसुनेको भन्दै सांसदहरुले चासो देखाएका छन् ।
  • प्रतिनिधिसभाको आजको बैठकमा विशेष र शून्य समयमा बोल्ने सांसदहरुले वैदेशिक रोजगारीका नाममा छवटा कम्पनीले १६ जना युवा कतारमा अलपत्र पारेकोलगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

काठमाडौँ, १ असोज । वैदेशिक रोजगारमा जाने कामदार तथा व्यवसायीको पीडा राजदूतावासका कर्मचारीले नसुनेको भन्दै सांसदहरुले चासो देखाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष र शून्य समयमा बोल्ने सांसदहरुले वैदेशिक रोजगारीका नाममा छवटा कम्पनीले १६ जना युवा कतारमा अलपत्र पारेकोलगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले पूँजीको ठूलो हिस्सा भौतिक पूर्वाधारमा खर्च गरिए पनि समयमा काम नगर्नेलाई कारवाही नभएको, नेपाल वायुसेवा निगममा दुई जना कार्यकारी प्रमुख नियुक्त गरिएको र मध्यपहाडी लोकमार्गमा भदौ ३० गतेको बाढीले एक जनाको निधन भई सडक अवरुद्ध भएको विषयमा सरकारको ध्यानाकर्षण गराए ।

उनीहरुले सामान्य मानिसले लगाउने कपडाको भन्सार महसुल बढाई सुती कपडाको दर घटाइएको, वर्षाले बिगारेको सडक चाडबाड अगावै मर्मतसम्भार गरिनुपर्ने, मुक्त हलिया पुनस्र्थापना कार्यक्रममा रु १० करोडभन्दा बढी भ्रष्टाचार भएको विषयमा पनि सरकारले ध्यान दिनुपर्दछ भने।

यसरी विचार राख्नुहुने सांसदहरुमा बिमला विक, भरतकुमार शाह, भवानीप्रसाद खापुङ, भूपेन्द्रबहादुर थापा, मायादेवी न्यौपाने, मीनबहादुर विश्वकर्मा, मनकुमारी जीसी, महेश्वरजङ्ग गहतराज, मैनाकुमारी भण्डारी, यज्ञबहादुर बोगटी, यज्ञराज सुनुवार, राधाकुमारी ज्ञवाली, राजेन्द्रकुमार राई, रेणुका गुरुङ, प्रेम सुवाल, सञ्जयकुमार गौतम, सरिताकुमारी गिरी, मीना सुब्बा, लालबहादुर थापा, सूर्यप्रसाद पाठक, प्रेमप्रसाद तुलाचन, लीलानाथ श्रेष्ठ, प्रेम आले, उमा रेग्मी, ऐकलाल मिया, शेरबहादुर तामाङ, उमाशङ्कर अरबरिया, कल्याणी खड्का, हितबहादुर तामाङ, घनश्याम खतिवडा, अमृता अग्रहरिलगायतले आफ्ना धारणा राखेका थिए ।

सांसदत्रय मीनाक्षी झा, मीना पाण्डे र राजेन्द्रकुमार केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले अरिँगालको गोलो जस्तै आक्रमण गर्न भनी दिएको निर्देशन आपत्तिजनक रहेको बताए । सांसद मोहन बानियाँले संसदकै शौचालयमा पानी नभएको, चमेना गृहमा चिया खाँदा हावाहुरी र धुलोको सामना गर्नुपर्ने अव्यवस्था हटाउन सभामुखसँग माग गरे । सांसद पम्फा भुसालले यातायात एकाधिकार अन्त्य भएको अवस्थामा छिटो नयाँ यातायात नीति ल्याइनुपर्ने, प्रधानमन्त्री ओलीले कार्यकर्तालाई लक्ष्यित गरेर दिनुभएको अभिव्यक्तिलाई प्रतिपक्षीले उचालेको बताए ।

सांसद अञ्जना बिसङ्खेले ललितपुरको गोदावरी नगरपालिकाको गौदामचौरमा सामूहिक बलात्कार गरी किशोरीको टाउको ढुङ्गामा ठोकाएर मरणासन्न बनाएको घटनामा पक्राउ परेका व्यक्ति अदालतबाट छुट्नु दुःखद् रहेको उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बन्दै गरेको रङ्गशाला हेर्न आउनेको घुइँचो
बन्दै गरेको रङ्गशाला हेर्न आउनेको घुइँचो
प्रधानमन्त्री ओलीले भिक्षु अश्वघोषलाई अस्पतालमै पुगी भेट, खर्च सरकारले व्यहोर्ने
प्रधानमन्त्री ओलीले भिक्षु अश्वघोषलाई अस्पतालमै पुगी भेट, खर्च सरकारले व्यहोर्ने
अभियुक्तलाई उन्मुक्ती दिन अदालत र प्रहरीमा चलखेल !
अभियुक्तलाई उन्मुक्ती दिन अदालत र प्रहरीमा चलखेल !
Rubina Dilaik’s wedding festivities begin, here’s the first pic of her Mehendi ceremony!
Rubina Dilaik’s wedding festivities begin, here’s the first pic of her Mehendi ceremony!
खेतमा युवासंघ, मुलुकको समृद्धिका लागि कृषिमा आत्मनिर्भरता आवश्यक: अध्यक्ष पौडेल
खेतमा युवासंघ, मुलुकको समृद्धिका लागि कृषिमा आत्मनिर्भरता आवश्यक: अध्यक्ष पौडेल
घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीन घाइते
घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीन घाइते
गोरखामा धनसार भत्किँदा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो
गोरखामा धनसार भत्किँदा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो
निर्मला पन्त प्रकरण: आफूलाई राजा साहेब ठानेका विष्टले अन्य प्रहरीलाई पनि आफूसँगै अनुसन्धानमा ताने !
निर्मला पन्त प्रकरण: आफूलाई राजा साहेब ठानेका विष्टले अन्य प्रहरीलाई पनि आफूसँगै अनुसन्धानमा ताने !
प्रदेशसभा सदस्य मनाङ्गे स्वयम्भुबाट पक्राउ
प्रदेशसभा सदस्य मनाङ्गे स्वयम्भुबाट पक्राउ
तिलोत्तमा नगरपालिकाको सय दिने काम
तिलोत्तमा नगरपालिकाको सय दिने काम

तपाईंले छुटाउनुभयो कि?