समलिङ्गी भएकै कारण नागरिकता नबनेको भन्दै गुनासो

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन १५, २०७५
|
|
४९ पटक हेरिएको
Shares
समलिङ्गी भएकै कारण नागरिकता नबनेको भन्दै गुनासो

सारांश

  • काठमाडौं ।
  • सांसदहरुले लैङ्गिक पहिचानको आधारमा महिला तथा पुरुषको समानताको विषयमा भने संविधानले स्पष्ट रुपमा लिपिवद्ध गरेको बताएका छन् ।
  • आगामी दिनमा समलिङ्गी समुदायको नागरिकता, विवाह दर्ता, सम्बन्ध विच्छेद, पहिचान, अंश जस्ता संवेदनशील समस्या समाधान गर्नु राज्यको दायित्व भएकोले त्यसलाई समाधान गर्न सांसदहरुले आ–आफ्नो क्षेत्रबाट पहल कदमी चलाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

काठमाडौं । सांसदहरुले लैङ्गिक पहिचानको आधारमा महिला तथा पुरुषको समानताको विषयमा भने संविधानले स्पष्ट रुपमा लिपिवद्ध गरेको बताएका छन् ।

आगामी दिनमा समलिङ्गी समुदायको नागरिकता, विवाह दर्ता, सम्बन्ध विच्छेद, पहिचान, अंश जस्ता संवेदनशील समस्या समाधान गर्नु राज्यको दायित्व भएकोले त्यसलाई समाधान गर्न सांसदहरुले आ–आफ्नो क्षेत्रबाट पहल कदमी चलाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मितिनी नेपालको आयोजनामा भएको ‘सांसदहरुको अन्तरक्रिया’ कार्यक्रममा उपस्थितले समलिङ्गी भएकै कारण नागरिकता बन्न नसकेकाले कानुनी हक अधिकारबाट बञ्चित भएको भन्दै निराकण गर्नु अनिवार्य भएको बताएका छन् ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रामकुमारी झाँक्रीले आफ्नो पहिचान जरुरी रहेको बताएकी छिन् । मानिसको हक, अधिकार रक्षाको पहिलो काम नागरिकता भएकाले लैङ्गिक पहिचान स्पष्ट खुलाउँदै महिला मन्त्रालय माध्यमबाट कानुनी उपचारको लागि आवश्यक साथ र सहयोग गर्न तयार रहेको बताइन् ।

त्यस्तै नेकपाका सांसद मनाकुमारी जिसीले समलिङ्गी समुदायका लागि जस्तोसुकै पहल कदमी चाल्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले यौनिक तथा अल्पसंख्यकमा लिङ्गका आधारमा मात्र नभई समलिङ्गीलाई समेत समानताको वातावरण बनाउन आवश्यक कदम चाल्नुपर्ने बताइन् ।

अन्य सांसद लगायतले समेत कानुनको मस्यौदा समयमै महिला मन्त्रालयको माध्यमबाट प्रक्रिया अघि बढाई संसदमा प्रस्तुत गराउन पहल कदमीका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?