सलमानले आफ्नो सुपरहिट फिल्म वान्टेडको सिक्वेल बनाउँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २२, २०७६
|
|
३५ पटक हेरिएको
Shares
सलमानले आफ्नो सुपरहिट फिल्म वान्टेडको सिक्वेल बनाउँदै

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौँ । बलिउड अभिनेता सलमान खानले संजय लिला भन्सालीसँगको फिल्म इन्शाअल्लाह नखेल्ने भएपछि आफ्नै फिल्म वान्टेड वा किकको सिक्वेल बनाउने तयारी गरेका छन् । बलिउड हंगामाका अनुसार आगमी बर्षको इदमा रिलिज हुने गरि फिल्मको तयारी शुरु भएको छ ।हरेक बर्षको इदमा सलमानको फिल्म रिलिज हुदै आएकोमा इन्शाअल्लाह नबन्ने भएपछि अब सलमानको कुन फिल्म इदमा आउछ भन्ने बारे अझै अन्योल रहेको छ । तर सलमान आफैले इदमा आफ्नो फिल्म आउने बताइसकेका छन् ।

पछिल्लो रिपोर्ट अनुसार आफ्नो २००९ को चर्चित फिल्म वान्टेडको सिक्वेल बनाउन सलमान अगाडि बढिसकेका छन् । वान्टेड फिल्मबाटै सलमानको बलिउडमा नयाँ स्टारडम शुरु भएको थियो । त्यसपछिका सलमानका कुनै पनि फिल्मले सय करोडभन्दा कमको कमाई गरेका छैनन् । अहिले वान्टेडकै सिक्वेललाई अलग्गै नाममा बनाउने तयारी भएको बताइएको छ ।

यस फिल्मलाई सलमान खान आफैले निर्माण गर्ने छन् भने प्रभुदेवाले यसको निर्देशन गर्ने बताइएको छ । वान्टेड फिल्म पनि प्रभुदेवाले नै निर्देशन गरेका थिए । सलमान अहिले आफ्नो चर्चित फिल्म दबंग(३ को अन्तिम तयारीमा जुटेका छन् । यो फिल्म प्रभुदेवा कै निर्देशनमा बनिरहेको छ भने आगामी डिसेम्बर २० मा रिलिज हुदै छ । दबंग(३ मा सलमानसहित सोनाक्षी सिन्हा, मख्खी फेम अभिनेता सुदीप, अरबाज खान, माही गील लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाल उद्योगको कर्तुत : नयाँ मिति राखेर रि–प्याकिङ्ग गरेको २० लाखको चना र ओख्खर नष्ट
दाल उद्योगको कर्तुत : नयाँ मिति राखेर रि–प्याकिङ्ग गरेको २० लाखको चना र ओख्खर नष्ट
चितवनका अस्पतालमा थपिँदै स्क्रब टाइफसका बिरामी, राप्ती र कालिका नगरपालिका बढी प्रभावित भएको प्रतिवेदन सार्वजनिक
चितवनका अस्पतालमा थपिँदै स्क्रब टाइफसका बिरामी, राप्ती र कालिका नगरपालिका बढी प्रभावित भएको प्रतिवेदन सार्वजनिक
लालबाबु पण्डित विजयी,शेखर कोइराल हारे !
प्रदेश १ को बजेटप्रति योजना आयोगकै असन्तुष्टि !
प्रदेश १ को बजेटप्रति योजना आयोगकै असन्तुष्टि !
निर्वाचनबाट नयाँ अध्यायको शुरुआत भएको छः प्रचण्ड
निर्वाचनबाट नयाँ अध्यायको शुरुआत भएको छः प्रचण्ड
‘जुत्ता बनिसकेको छ, खुट्टा मिलेन भने ताछतुछ गरेर मिलाउनुपर्छ’
अष्ट्रेलियन वायुसेवा कम्पनीहरुले पनि गरे सामसुङ ग्यालेक्सी एस सेभेन प्रतिवन्ध
नेता गिरीको आश्रममा सन्नाटा
नेता गिरीको आश्रममा सन्नाटा
सरकारी सुविधा चाहिँदैन, फिर्ता लैजानुस्: पूर्वप्रधानमन्त्रीकी छोरी
सरकारी सुविधा चाहिँदैन, फिर्ता लैजानुस्: पूर्वप्रधानमन्त्रीकी छोरी
बागलुङमै ‘डायलासिस’ सेवा शुरु
बागलुङमै ‘डायलासिस’ सेवा शुरु