साँफे मार्तडी सडकको भाडादर घट्यो

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर २३, २०७६
|
|
५६ पटक हेरिएको
Shares
साँफे मार्तडी सडकको भाडादर घट्यो

सारांश

  • मार्तडीदेखि अछामको साँफे बगरसम्मको नयाँ भाडादर निर्धारण गरिएको छ ।
  • कूल ५७ किलोमिटर सो सडक खण्डको भाडादर रु १६५ कायम गरिएको छ यस अघि जीपले रु ६०० र बसले रु ५०० भाडा लिँदै आएका थिए ।
  • यातायात व्यवस्था विभागकै परिपत्रअनुसार नयाँ भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

मार्तडीदेखि अछामको साँफे बगरसम्मको नयाँ भाडादर निर्धारण गरिएको छ । कूल ५७ किलोमिटर सो सडक खण्डको भाडादर रु १६५ कायम गरिएको छ यस अघि जीपले रु ६०० र बसले रु ५०० भाडा लिँदै आएका थिए ।

यातायात व्यवस्था विभागकै परिपत्रअनुसार नयाँ भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अब यात्रुले मार्तडीदेखि साँफेबगरसम्म रु १६५ भाडा तिरे पुग्छ । नयाँ भाडादरअनुसार यात्रु नबोकेमा र भाडा पुरानै लिइएको पाइएमा कारवाही गर्छाै ।”

जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण व्यवसायी सम्बद्ध संस्थाका प्रतिनिधिलाई भाडादरबारे जानकारी गराई कार्यान्वयन गर्न निर्देशन दिइसकेको छ ।

बाइस वर्षपछि निर्माण सम्पन्न भएको सो सडकमा कालोपत्रे भइसक्दा पनि महँगो भाडा तिर्न बाध्य थिए । अव साँफेसम्मको भाडा घटेसँगै रु एक हजार ३०० रहेको धनगढीसम्मको भाडामा रु ३३५ झर्ने भएको छ । मार्तडी साँफेसम्मको ५७ किलोमिटर र साँफेदेखि धनगढीसम्मको २६० किलोमिटर सडकमा बराबरी भाडा थियो । कच्ची बाटोकै बाहनामा व्यवसायीले मार्तडी कोल्टी ४३ किलोमिटरमा रु ८००, मार्तडी डोगडी करिब ३६ किलोमिटरमा रु ७०० भाडा उठाउँदै आएका छन् ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतदाता परिचयपत्र बनाउनेको भीड
राप्तीको सर्वाङ्गीण विकासमा सबै क्षेत्रका राप्तीवासी एकजुट हुनुपर्छ : निलाम्बर आचार्य
राप्तीको सर्वाङ्गीण विकासमा सबै क्षेत्रका राप्तीवासी एकजुट हुनुपर्छ : निलाम्बर आचार्य
एक लाख घुस सहित पक्राउ
एक लाख घुस सहित पक्राउ
सरकार परिवर्तनको अध्याय सकियो : रक्षामन्त्री पोखरेल
सरकार परिवर्तनको अध्याय सकियो : रक्षामन्त्री पोखरेल
  नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा
  नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा
“म चुनाव जित्न होइन, विकासको मोडल पस्किन आएको हुँ” : भुषण कुमार श्रेष्ठ (मेयर उम्मेद्वार, पनौती नगरपालिका)
“म चुनाव जित्न होइन, विकासको मोडल पस्किन आएको हुँ” : भुषण कुमार श्रेष्ठ (मेयर उम्मेद्वार, पनौती नगरपालिका)
विषादी प्रकरणमा झुक्याइएको भन्दै प्रधानमन्त्री ओलीले मागे माफी
विषादी प्रकरणमा झुक्याइएको भन्दै प्रधानमन्त्री ओलीले मागे माफी
भण्डारी दम्पत्ति हत्या काण्ड खुलासा आफ्नै छोराद्वारा शिकार
भण्डारी दम्पत्ति हत्या काण्ड खुलासा आफ्नै छोराद्वारा शिकार
काठमाडौ मल पछि बालेन शाह पुगे अरब कम्प्लेक्समा, कम्प्लेक्स अगाडि डोजर लगाउदै
काठमाडौ मल पछि बालेन शाह पुगे अरब कम्प्लेक्समा, कम्प्लेक्स अगाडि डोजर लगाउदै
सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाभित्र अन्योल
सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाभित्र अन्योल

तपाईंले छुटाउनुभयो कि?