सात करोडमा आश्रयस्थल

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर ९, २०७६
|
|
५० पटक हेरिएको
Shares
सात करोडमा आश्रयस्थल

सारांश

  • काठमाडौँको उत्तरी भेग मूलपानीमा महिला हिंसामा परेकालाई संरक्षण गर्ने उद्देश्यले करिब डेढ रोपनीको क्षेत्रफलमा रु सात करोडमा आश्रयस्थल निर्माण गरिएको छ ।
  • लैङ्गिक हिंसामा परेकालाई आवास, मेडिकल, मनोसामाजिक एवं कानूनी परामर्श उपलब्ध गराउने लक्ष्य राखिएको उक्त स्थलमा तीनवटा भवन निर्माण गरिएको छ ।
  • एपेरियन नामक गैरसरकारी संस्थाले आजदेखि सञ्चालनमा ल्याएको उक्त भवन डेढ वर्षमा निर्माण गरिएको हो ।

काठमाडौँको उत्तरी भेग मूलपानीमा महिला हिंसामा परेकालाई संरक्षण गर्ने उद्देश्यले करिब डेढ रोपनीको क्षेत्रफलमा रु सात करोडमा आश्रयस्थल निर्माण गरिएको छ ।

लैङ्गिक हिंसामा परेकालाई आवास, मेडिकल, मनोसामाजिक एवं कानूनी परामर्श उपलब्ध गराउने लक्ष्य राखिएको उक्त स्थलमा तीनवटा भवन निर्माण गरिएको छ ।

एपेरियन नामक गैरसरकारी संस्थाले आजदेखि सञ्चालनमा ल्याएको उक्त भवन डेढ वर्षमा निर्माण गरिएको हो । महिला हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत सञ्चालनमा ल्याइएको त्यस स्थलमा व्यावसायिक तालीम, स्वास्थ्य परीक्षण, परामर्श, आवास गरी ३० कक्ष छन् । जम्म २० महिला तथा १५ बालबालिका अटाउन सक्ने क्षमताको आश्रयस्थलमा स्थानीय तह, महिला हिंसाविरुद्ध क्रियाशील संस्था तथा प्रहरीको सिफारिसमा पीडित महिलालाई आश्रय दिइने व्यवस्था गरिएको छ ।

पीडित पक्षलाई सम्बन्धित घरपरिवारमा मेलमिलाप, व्यावसायिक तालीम र रोजगारीको प्रबन्ध गरी उनीहरुलाई आर्थिक सशक्तिकरणका कार्यक्रम सञ्चालन गरिने उद्देश्य राखिएको छ । हिंसामा परेका महिलालाई सामाजिक रुपान्तरण गर्न हाउस किपिङ, खाना पकाउने, ब्युटिसियन, सुरक्षा गार्ड, बालबालिका हेरचाह र मन्टेश्वरी तालीम सञ्चालन गरिने जनाइएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले भवनको उद्घाटन गर्दै महिला वर्गमाथि आर्थिक पहुँच नभएका कारणले अधिकांश महिला घरेलु हिंसाको सिकार हुने गरेकाले सामाजिक रुपान्तरणको महत्व रहेको बताउनुभयो । एपेरियनका प्रमुख कार्यकारी अधिकृत प्रज्ञा राईले उक्त आश्रयस्थलमा काठमाडौँ तथा त्यस वरपर क्षेत्रका पीडितलाई सहयोग गर्ने उद्देश्य राखिएको बताउनुभयो ।

उहाँले अछाम, बझाङ, बाजुरा, बैतडी, ओखलढङ, सिन्धुली र उदयपुरमा पनि यस किसिमको स्थल सञ्चालन गरिएको जानकारी दिनुभयो । –––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुर्ब प्रम भट्टराईको हिन्दु धर्म प्रतिको अभिव्यक्ति आपत्तिजनकः कमल थापा
पुर्ब प्रम भट्टराईको हिन्दु धर्म प्रतिको अभिव्यक्ति आपत्तिजनकः कमल थापा
शारीरिक सम्बन्धका लागि महिलाकाे राजाइमा पर्छन् पाका पुरुष !
शारीरिक सम्बन्धका लागि महिलाकाे राजाइमा पर्छन् पाका पुरुष !
सुन तस्करी प्रकरणमा छानबिन गर्न समिति गठन
सुन तस्करी प्रकरणमा छानबिन गर्न समिति गठन
पाल्पा,कञ्चनपुर,विराटनग को ताजा पारीणाम
पाल्पा,कञ्चनपुर,विराटनग को ताजा पारीणाम
सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राख्न अनुमति
सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राख्न अनुमति
डा. केसीसंग वार्ता गर्न सरकारद्वारा समिति गठन
डा. केसीसंग वार्ता गर्न सरकारद्वारा समिति गठन
टोटनह्याम हट्सपरको अद्धितिय पूनरागमन : आयाक्सलाई हराउँदै च्याम्पियन्स लिगको फाईनलमा प्रवेश
टोटनह्याम हट्सपरको अद्धितिय पूनरागमन : आयाक्सलाई हराउँदै च्याम्पियन्स लिगको फाईनलमा प्रवेश
आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि पाल्पामा चहलपहल
आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि पाल्पामा चहलपहल
गोली प्रहारबाट मृत्यु
गोली प्रहारबाट मृत्यु
अन्ततः बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न तयार
अन्ततः बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न तयार

तपाईंले छुटाउनुभयो कि?