सास गन्ध आएर दिक्क हुनहुन्छ ? यसो गर्नुहोस्

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ २७, २०७६
|
|
५४ पटक हेरिएको
Shares
सास गन्ध आएर दिक्क हुनहुन्छ ? यसो गर्नुहोस्

सारांश

  • काठमाडौं,माघ २७ ।
  • सास गन्ध आएर अरुका अगाडि राम्रोसँग कुराकानी गर्नसमेत अप्ठ्यारो स्थिति आउँदा लाजको अनुभव हुने नै भयो ।
  • साथै श्वासको गन्धले मानिसको स्वास्थ्य र खानपिनको अनुपयुक्त आनीबानीसमेत झल्काइरहेको हुन्छ ।

काठमाडौं,माघ २७ । सास गन्ध आएर अरुका अगाडि राम्रोसँग कुराकानी गर्नसमेत अप्ठ्यारो स्थिति आउँदा लाजको अनुभव हुने नै भयो । साथै श्वासको गन्धले मानिसको स्वास्थ्य र खानपिनको अनुपयुक्त आनीबानीसमेत झल्काइरहेको हुन्छ । मुख र पेटका विभिन्न रोग र सरसफाइको कमीका कारण सास गन्हाउँछ । यस्तो बेला अपनाउनुहोस् केही सजिला उपाय ।

आफ्नो सरसरफाइको बानीको मूल्याङ्कन गर्ने दाँत माझ्नु र जिब्रो सफा गर्नु श्वास गनाउने समस्याबाट मुक्ति पाउने पहिलो शर्त हो । खानेकुरा खाइसकेपछि कुल्ला गर्नु मुखको सरसफाइको लागि महत्वपूर्ण छ । यति गर्दा पनि धेरै श्वास गन्हायो भने पोषणको अनियमितताका कारण त्यसो भएको हुन सक्छ ।

प्रशस्त पानी पिउने सासको गन्धका साझा कारण डिहाइड्रेसन अर्थात् पानीको कमी पनि हुन सक्छ । धेरै मानिस चाहिनेभन्दा थोरै पानी पिउँछन् । त्यही नै श्वासबाट गन्ध आउनुको मुख्य कारण हो । माइक्रो ब्याक्टेरियालाई निष्क्रिय पार्ने थुक या-याल उत्पादनका लागि प्रशस्त स्वच्छ र फ्लोराइड नभएको पानी पिउनु पर्छ ।

काँचा खानेकुरा खाने गाँजर, स्याउजस्ता फलफूल धेरै खानु सास गनाउने समस्याका लागि फाइदाजनक हुन्छ । रेशायुक्त काँचा फलफूल तथा तरकारी सासको गन्धसँग लड्न सहयोग गर्छ । यस्ता फलफूलले शरीरलाई चाहिने पोषण र शक्तिसमेत दिन्छ ।

नूनपानीले कुल्ला गर्ने नूनपानीले कुल्ला गर्दा घाँटी र मुखबाट गन्ध उत्पादन गर्ने ब्याक्टेरिया हट्छ । सफा पानीमा नून हालेर कुल्ला गर्नु सजिलो र सुलभ तरिका पनि हो ।

धूमपान नगर्ने धूमपानका कारण क्यान्सर हुनाका अलावा गिजालाई समेत क्षति पु-याउँछ । धुमपान गर्नाले दाँत र गिजालाई फोहोर बनाउँछ । त्यसैले यसलाई त्याग्नुपर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसिसी महिला एसिया कपः नेपाल पाकिस्तानसँग पराजित
एसिसी महिला एसिया कपः नेपाल पाकिस्तानसँग पराजित
प्रिमियरमै दर्शक रुवाउन सफल ‘गौँथली’: अरुण र सिम्रनको जीवन्त अभिनयको चौतर्फी प्रशंसा
प्रिमियरमै दर्शक रुवाउन सफल ‘गौँथली’: अरुण र सिम्रनको जीवन्त अभिनयको चौतर्फी प्रशंसा
बेइजिङ, हेबेई, टियानजिनमा बाढीबाट उत्पन्न समस्या समाधान गर्न एकसट्ठी करोड डलर
बेइजिङ, हेबेई, टियानजिनमा बाढीबाट उत्पन्न समस्या समाधान गर्न एकसट्ठी करोड डलर
बुटवलमा सत्ता गठबन्धनकाे सुरुवाती अग्रता
बुटवलमा सत्ता गठबन्धनकाे सुरुवाती अग्रता
प्रदेश नं ३ का सांसदले गरे सह्रानिय काम
प्रदेश नं ३ का सांसदले गरे सह्रानिय काम
कात्तिक २ गते आइतवारको राशिफल यस्तो छ
कात्तिक २ गते आइतवारको राशिफल यस्तो छ
फूलचोकी जंगलमा हराएका १३ जनाको उद्धार
फूलचोकी जंगलमा हराएका १३ जनाको उद्धार
गगन थापाका पीए, रवीन्द्रका दाहिना !
गगन थापाका पीए, रवीन्द्रका दाहिना !
पोर्चुगलमा दूतावासको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र
पोर्चुगलमा दूतावासको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र
भारतीय जनताले २०२० डिसेम्बरभित्र कोरानाविरुद्धको भ्याक्सिन लगाउन पाउने, नेपालमा कहिले होला ?

तपाईंले छुटाउनुभयो कि?