सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दबाब

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ ८, २०८०
|
|
६० पटक हेरिएको
Shares
सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दबाब

सारांश

  • काठमाडौं ।
  • आइसीसी विश्वकप छनोट–२०२३ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालभोलि नेदरल्यान्ड्ससँग खेल्दैछ ।
  • जिम्बाबेको हरारे स्पोर्ट्स क्लबको मैदानमा हुने खेलमा नेपाल जीतको लक्ष्यसहित नेदरल्यान्ड्ससँग भिड्दैछ ।

काठमाडौं । आइसीसी विश्वकप छनोट–२०२३ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालभोलि नेदरल्यान्ड्ससँग खेल्दैछ ।

जिम्बाबेको हरारे स्पोर्ट्स क्लबको मैदानमा हुने खेलमा नेपाल जीतको लक्ष्यसहित नेदरल्यान्ड्ससँग भिड्दैछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार दिउँसो १२ः४५ बजे हुनेछ । प्रतियोगिताको सुपर सिक्समा पुग्ने सम्भावना जीवितै राख्नका लागि नेपाललाई नेदरल्यान्ड्सविरुद्धको खेल जित्नैपर्ने हुन्छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र नेदरल्यान्ड्स हालसम्म दुई पटक भिडे्का छन् । दुवै टोलीले समान एक÷एक जीत हासिल गरेका छन् ।

जारी प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् । अमेरिका लगातार तीन खेलमा पराजित हुँदै सुपरसिक्सको सम्भावनाबाट बाहिरिएको छ । त्यसैगरी जिम्बावे र वेस्ट इन्डिज प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्दै सुपर सिक्समा स्थान करिब सुनिश्चित गरिसकेका छन् ।

अब समूह ‘ए’ बाट तेस्रो टोलीको रुपमा नेपाल र नेदरल्यान्ड्समध्ये एक सुपर सिक्समा प्रवेश गर्नेछन् । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो ।

नेदरल्यान्ड्स पहिलो खेलमा जिम्बाबेसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । यससँगै तीन खेलपछि नेपालको दुई अङ्क छ भने दुई खेलेको नेदरल्यान्ड्सको पनि समान दुई अङ्क नै छ । नेपाल अङ्क तालिकाको चौथो स्थान र नेदरल्यान्ड्स तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शरण खोज्ने र कागजपत्रविहिनलाई देशनिकाला गर्ने कानुन बनाउन संसदसँग ट्रम्पको माग
इलामको ढापपोखरीलाई नमूना पर्यटनस्थल बनाइने
इलामको ढापपोखरीलाई नमूना पर्यटनस्थल बनाइने
बस पल्टँदा १३ घाइते
बस पल्टँदा १३ घाइते
कर्मचारीको भरमा चलिरहेको गृह मन्त्रालय , गृहमन्त्रीसँग समय छैन !
कर्मचारीको भरमा चलिरहेको गृह मन्त्रालय , गृहमन्त्रीसँग समय छैन !
यस्तो छ भर्खरै प्राप्त इटहरी उपमहानगर र बराह नगरपालिकाको मतपरिणाम, एमालेलेको अग्रता कायमै
यस्तो छ भर्खरै प्राप्त इटहरी उपमहानगर र बराह नगरपालिकाको मतपरिणाम, एमालेलेको अग्रता कायमै
अब बिहे नगरी बच्चा जन्माउन पाउने !
भारतीय जनताले २०२० डिसेम्बरभित्र कोरानाविरुद्धको भ्याक्सिन लगाउन पाउने, नेपालमा कहिले होला ?
मध्यराति बिस्केट जात्रामा ढुंगा हान्ने १३ पक्राउ
मध्यराति बिस्केट जात्रामा ढुंगा हान्ने १३ पक्राउ
कोहलपुर महोत्सवमा रक गायिका लामाले कपडा फाल्दै जाँदा..
कोहलपुर महोत्सवमा रक गायिका लामाले कपडा फाल्दै जाँदा..
वामदेव गाैतम सासंद बन्नबाट बञ्चित : वाम गठबन्धनले गुमायाे दुर्इ ‘हभिवेट’ नेता !
वामदेव गाैतम सासंद बन्नबाट बञ्चित : वाम गठबन्धनले गुमायाे दुर्इ ‘हभिवेट’ नेता !

तपाईंले छुटाउनुभयो कि?