हवल्दारले समेत लाखौं घुस खान थालेपछि…
सारांश
- काठमाडौं ।
- नेपाल प्रहरीका एक हवल्दारलाई १ लाख घुससहित पक्राउ गरेको छ ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडाबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत प्रहरी हवल्दार सुदामा हजरालाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
काठमाडौं । नेपाल प्रहरीका एक हवल्दारलाई १ लाख घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडाबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत प्रहरी हवल्दार सुदामा हजरालाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
प्रहरी हवल्दार हजारलाई कलैया उपमहानगरपालिकाको देवकीलाल धर्मशालाबाट पक्राउ गरिएको हो । पान तथा मसलाजन्य पदार्थ अन्य ठाउँमा पठाउन सजिलो पठाइदिन्छु भन्दै घुस मागेका थिए ।
सेवाग्राहीसित घुस रकम मागिरहेको सूचनाका आधारमा हवल्दार हजरालाई प्रहरीले पक्रेको हो । पक्राउ गरी अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया