३३ किलो सुन प्रकरणमा फेरि अर्का एसपी पक्राउ

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख १२, २०७५
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १२ वैशाख- ३३ किलो सुन प्रकरणमा फेरि अर्का एसपी पक्राउ परेका छन् ।
  • सुन काण्ड र सनम शाक्य हत्या प्रकरण छानविन समितिले एसपी विकास खनाललाई पक्राउ गरेको हो ।
  • सुन र हत्या प्रकरण छानबिनका लागि बनाइएको उच्चस्तरीय छानविन समितिले एसपी खनाललाई आन्तरिक हिरासतमा राखेको हो ।

काठमाडौं, १२ वैशाख- ३३ किलो सुन प्रकरणमा फेरि अर्का एसपी पक्राउ परेका छन् । सुन काण्ड र सनम शाक्य हत्या प्रकरण छानविन समितिले एसपी विकास खनाललाई पक्राउ गरेको हो ।

सुन र हत्या प्रकरण छानबिनका लागि बनाइएको उच्चस्तरीय छानविन समितिले एसपी खनाललाई आन्तरिक हिरासतमा राखेको हो । खनाललाई नक्सालस्थित १ नम्बर गणमा राखिएको छ।

गृह मन्त्रालयकै निर्देशनमा मंगलबार रातिदेखि खनाललाई पक्राउ गरी प्रहरीकै आन्तरिक हिरासतमा राखिएको हो । सुन तस्करीका नाइके गोरे भनिने चुडामणी उप्रेतीसँग उनको सम्बन्ध देखिएको प्रहरी स्रोतले जनाएको छ। उनी सोमबार मात्रै बयानका लागि मकवानपुरबाट काठमाडौं आएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?