चीनबाट १३ हजार मेडिकल सामग्री ल्याइयो

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र १६, २०७६
|
|
६४ पटक हेरिएको
Shares
चीनबाट १३ हजार मेडिकल सामग्री ल्याइयो

सारांश

  • काठमाडाैं।
  •  राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजमार्फत चीनको ग्वाङजाओबाट मेडिकल सामग्री नेपाल ल्याइएको छ।
  • औषधि उपचारजन्य सामग्री लिन निगमको वाइडबडी जहाज शनिबार दिउँसो ग्वाङ्जाओ गएको थियो।

काठमाडाैं।  राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजमार्फत चीनको ग्वाङजाओबाट मेडिकल सामग्री नेपाल ल्याइएको छ। औषधि उपचारजन्य सामग्री लिन निगमको वाइडबडी जहाज शनिबार दिउँसो ग्वाङ्जाओ गएको थियो। मेडिकल सामग्री बोकेर आएको वाइडबडी जहाज आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको निगमले जनाएको छ । उक्त जहाज आज बिहान ५ः०० बजे काठमाडौँ आइपुगेको थियो।

निगमका अपरेशन विभाग प्रमुख दीपु जुहार्चनका अनुसार ग्वाङ्जाओबाट करिब १३ हजार स्वास्थ्य सामग्री ल्याइएको छ। जुहार्चनले निगमका लागि शनिबार विशेष दिन भएको सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस पोष्ट’ गरेका छन्। उनले देश लकडाउनको अवस्थामा शनिबार निगमले बिहानदेखि लुक्लामा अलपत्र ७० विदेशी पर्यटकको उद्धार, नेपालगञ्जबाट कोभिड–१९ का स्वाब नमूना ल्याई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण र चीनको ग्वाङ्जाओबाट लगभग १३ हजार केजी स्वास्थ्य सामग्री एयरलिफ्ट गरी काठमाडौँ ल्याएको बताएका छन्।
 
वाइडबडी जहाजले कोभिड–१९ परीक्षण गर्ने किट र पिपीइलगायतका औषधिजन्य सामग्री ल्याएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अत्यावश्यक औषधि र अन्य मेडिकल उपकरण ल्याइएको जानकारी दिए। एक लाख पिपीई, ५० हजार कोभिड परीक्षण किट तथा व्यक्तिगत सुरक्षा उपकरण ल्याइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बढी मोबाइल प्रयोगले ब्रेन ट्युमर
बढी मोबाइल प्रयोगले ब्रेन ट्युमर
थुनामा रहेका सांसदले संसद्‌काे हैसियतबाट काम गर्न नपाउने
थुनामा रहेका सांसदले संसद्‌काे हैसियतबाट काम गर्न नपाउने
नेकपाको सरकार नभएको भए देश संकटमा पर्ने : प्रधानमन्त्री ओली
नेकपाको सरकार नभएको भए देश संकटमा पर्ने : प्रधानमन्त्री ओली
मेडिसिटीलाई एनएबीएच मान्यता प्राप्त, शिक्षा र स्वास्थ्यमा लगानी बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
मेडिसिटीलाई एनएबीएच मान्यता प्राप्त, शिक्षा र स्वास्थ्यमा लगानी बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
सभामुखमा सुवास नेम्वाङ दोहोरिने
सभामुखमा सुवास नेम्वाङ दोहोरिने
स्थानीय तहका शैक्षिक अधिकार व्यवस्थित गर्न निर्देशिका
स्थानीय तहका शैक्षिक अधिकार व्यवस्थित गर्न निर्देशिका
विद्यालय भवन निर्माणमा सहयोग जुट्यो
विद्यालय भवन निर्माणमा सहयोग जुट्यो
काठमाडौं परिसरको प्रवक्ताको जिम्मेवारी अब एसपी दानबहादुर थापालाई।
काठमाडौं परिसरको प्रवक्ताको जिम्मेवारी अब एसपी दानबहादुर थापालाई।
प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बने जनताले महसुस गर्ने काम गर्छौँ : नेता पाण्डे
प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बने जनताले महसुस गर्ने काम गर्छौँ : नेता पाण्डे
यसकारण नेपाली हवाई सेवा अझै युरोपियन युनियनको प्रतिबन्धमा
यसकारण नेपाली हवाई सेवा अझै युरोपियन युनियनको प्रतिबन्धमा

तपाईंले छुटाउनुभयो कि?